|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अन्तत: नेपालबाट दास प्रथाको अन्त भो? सति, कमाराकमारी र कमैया प्रथा पछि अब हलिया प्रथा उन्मुलनको घेाषणा काठमाडौँ, September 6, 2008- सरकारले देशबाट हलिया प्रथा उन्मुलन भएको घेाषणा गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो । गणतान्त्रिक नेपालका कुनैपनि नागरिक कसैकोपनि दास भएर बस्न नहुने निष्कर्षका साथ सरकारले यो निर्णय गरेको हो । खासगरी नेपालको सुदुर पश्चिममा हलिया प्रथा छ । साहुको ऋण लिएर त्यो ऋण तिर्न नसक्नेहरुलाई साहुहरुले हलो जोत्ने नोकरको रुपमा हलिया राख्दै आएका छन् । ऋण नतिरुन्जेलसम्म उनीहरु हलियाको हलिया नै बस्नु पर्ने चलन छ । हलियाहरु अधिकांस दलित जातिका छन् । एक अनुमानित तथ्याङ्क अनुसार नेपालमा हलियाहरुको संख्या १ लाख भन्दा बढि छ । गरिवी र चर्को व्याजदरकाकारण उनीहरुले साहुहरुको ऋण तिर्न नसकेका हुन् । हलिया प्रथा उन्मुलनको माग गर्दै केही महिना यता उनीहरु आन्दोलित थिए । जानकारी अनुसार आजको मन्त्री परिषद्को बैठकले हलियाहरुले तिर्नुपर्ने ऋण सरकारले तिरिदिने निर्णय गरेको छ भने उनीहरुको उचित व्यवस्थापनको जिम्मा पनि सरकारले नै लिनेछ । यसकालािग विशेष कार्यक्रम ल्याउने योजनामा सरकार छ । नेपालको इतिहासमा जङ्गबहादुरले सति प्रथाको अन्त्य गरेका थिए भने चन्द्र शमशेरले कमाराकमारी राख्न नपाउने घोषणा गरेका थिए । त्यसबेला देशभरिका कमाराकमारीहरुलाई वाराको अमलेखगन्जमा पुनस्र्थापना गरिएको थियो । यद्यपी कमैया प्रथा, हलिया प्रथा लगायतका विभिन्न रुपका दासप्रथा भने नेपालमा जीवितै थियो । यसमध्ये कमैया प्रथा उन्मुलनको घोषणा २०५८ मा देउवा सरकारले गरेको थियो । यद्यपी उनीहरुको उचित पुनस्र्थापना भने हुन सकेन । दास प्रथा अन्त्यका दृष्टिले मन्त्री परिषद्ले आज गरेको निर्णय अत्यन्त महत्वपूर्ण मानिएको छ । -Sitaram Baral in Kathmandu |
|
|
Read our related news: हरियो डाँडा माथि हलो जोत्ने साथी लागे अब आन्दोलनतिर |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||