|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
Classifieds» | |
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
कांग्रेसमा संसदीय दलको नेताकालागि बिबाद चर्किदै छ काठमाडौं, June 30, 2008- राष्ट्रपतिमा दावी गरेको दोश्रो ठूलो नेपाली कांग्रेसले अझैसम्मपनि आफ्नो संसदीय दलको नेता चुन्न सकेको छैन । चौंथो ठूलो दल मधेशी जनअधिकार फोरममा जस्तै नेपाली कांग्रेसमापनि संसदीय दलको नेता को बन्ने भन्ने बिषयमा तीब्र बिबाद देखिएको छ । विवादकै कारण संसदीय दलको नेता चयन हुन नसकेको बताइएको छ । संसदीय दलको नेताकालागि शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री केबी गुरुङ्गलगायतका नेताहरुबीच आन्तरिक प्रतिस्पर्धा छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संसदीय दलको नेता हुने चाहनापनि अझै मरिसकेको छैन । तर मूलतः पाँच वर्षअघि विभाजित कांग्रेसका पूर्व समूहका नेताहरु आपसी प्रतिस्पर्धामा छन् । कोइरालाले नै संसदीय दलको नेता हुन्छु भनेमा उनीसँग कसैले प्रतिस्पर्धा गर्ने छैनन् । तर उनी नभएको खण्डमा सबैभन्दा बरिष्ठ नेताको हैसियतले संसदीय दलको नेताको दावी देउवाले गर्नेछन् । तर देउवालाई संसदीय दलको नेता स्वीकार्न उपसभापति पौडेल र महामन्त्री केबी गुरुङ्ग तैयार छैनन् । यसमध्ये गुरुङ्गले संविधान सभाको अध्यक्ष पद समेत ताकेका छन् । जेष्ठ सदस्यको हैसियतले संविधान सभाको अध्यक्षता गर्दै आएकाले गुरुङ्ग आफै संविधान सभाको अध्यक्ष बन्न पाउने आशामा छन् । तर देउवा भने उपसभापति गोपालमान श्रेष्ठलाई संविधान सभा अध्यक्ष बनाउने योजनामा छन् । यदि देउवा पक्ष उपसभापति श्रेष्ठलाई संविधान सभाको अध्यक्ष बनाउने योजनामा सफल भएभने संसदीय दलमा देउवाले गुरुङ्गको सामना गर्नुपर्ने हुन्छ । किनभने आफूलाई संविधान सभाको अध्यक्ष बनाउन देउवाले रोकेमा गुरुङ्गले देउवा विरुद्ध संसदीय दलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली कांग्रेसको संसदीय दलमा कसको बहुमत छ भन्ने स्पष्ट भैसकेको छैन । टिकट वितरण गिरंदा देउवा पक्षका ४० प्रतिसत र कोइराला पक्षका ६० प्रतिसतलाई उम्मेदवार बनाइएपनि जितेर आउनेहरु धेरै देउवा पक्षका थिए । तर समानुपातिक कोटाबाट कोइराला पक्षका धेरै सभासद् बनेर आएका छन् । त्यसैले संसदीय दलमा कुन पक्ष कति बलियो छ भन्ने कुरा चुनावबाटमात्र देखिनेछ । चुनावद्धारा संसदीय दलको नेता चयन भएमा त्यसले झनै भावनात्मक दुरी बढाउने चिन्ता कार्यकर्ताहरुलाई छ। -Sitaram Baral in Kathmandu |
|
| <> | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||