![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नयाँ कोत पर्बहरुको श्रृंखला बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 19, 2008-मध्यपश्चिमको बाँकेमा एकजना बामपन्थी उम्मेदवारको हत्या भएको छ । उम्मेदवारको हत्यापछि अध्यक्ष प्रचण्डको विशेष आतिथ्यमा नेपालगन्जमा बुधवार हुने भनिएको सभा नेकपा माओवादीले स्थगित गरेको छ । दाङ्गको घोराहीमा मंगलबार भएको सभापछि नेपालगाजको सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष त्यसतर्फ लागेका थिए । Kamal Prasad Adhikari, Jana Morcha candidate from Banke-2 who was killed by the members of Terai Janatantrik Mukti Morcha (Jwala Group) हत्या गरिएका उम्मेदवार राष्ट्रिय जनमोर्चाका हुन् । सो पार्टीका बाँके- २ का उम्मेदवार कमलप्रसाद अधिकारीमाथि अज्ञात समूहले मंगलबार मध्यरातमा गोली चलाएको थियो । दर्जनौं गोलीबाट घाइते उनलाई भेरी अञ्चल अस्पताल पुर्याइएको थियो । बुधबार बिहान अस्पतालले अधिकारीको निधन भएको जनाएको छ । हत्याको जिम्मेवारी कसैले लिएको छैन । राष्ट्रिय जनमोर्चाको नेतृत्व बरिष्ठ कम्युनिष्ट नेता चित्रबहादुर केसीले गरेका छन् । मोहनविक्रम िसंहले नेतृत्व गरेको नेकपा मसालले राष्ट्रिय जनमोर्चालाई चुनाव लड्ने मोर्चाको रुपमा प्रयोग गर्दै आएको छ । जानकारी अनुसार अधिकारी तर्फबाट बाँके- २ को उम्मेदवारका अलावा पार्टीको जिल्ला समितिका उपसभापति थिए । अधिकारीको हत्यापछि नेकपा माओवादी ले बुधबारकालागि नेपालगाजमा आयोजना गरेको चुनावी सभा स्थगित गरेको छ । सो चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड नेपालगाज पुगिसकेका छन् । माओवादीले चुनावी सभालाई शोक सभामा बदल्ने बताएको छ । माओवादी अध्यक्ष प्रचण्डले चुनाव बिथोल्न दरवारिया तत्वले नेता र उम्मेदवारहरुको हत्या समेत गर्न सक्ने सूचना आफूहरुलाई प्राप्त भएको बताउँदै आएका छन् । गत हप्ता प्रम गिरिजाप्रसाद कोइरालालेपनि सो सूचना प्राप्त भएको आफूलाई बताएका प्रचण्डले मंगलबार दाङ्गको सभामापनि यही कुरा बताएका थिए । माओवादीले आफ्ना उम्मेदवारकालागि वाइसीएलबाट भारीमात्रामा सुरक्षाको व्यवस्था गर्दै आएको छ । उम्मेदवार अधिकारीको हत्या भएपछि हत्या-श्रृङ्खला अरु बढ्ने सम्भावना देखिएको छ । तराईमा सशस्त्र संघर्षरत मधेशी समूहहरुले आफ्ना गतिविधिलाई पश्चिमतर्फ स्थानान्तरण गरेको देखिएको छ । पूर्वी तराईमा उनीहरुले चुनाव भाँड्न सक्ने देखिएपछि सरकारले पूर्वी तराईमा सुरक्षा परिचालन व्यापक बनाएको छ । तर उनीहरुले पश्चिम तराई पुगेर उम्मेदवारको हत्या गरेका छन् । यसै बिच, घाइते अवस्थामा रहेकाबेला अधिकारीले आफूमाथि गोली चलाउने उनीहरु नै रहेको बताएपछि हत्याको जिम्मेवारी कसैले नलिएपनि प्रहरीले तत्कालै सर्च गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला िसंह का होली केवट र बुल्लन नामका कार्यकर्तालाई गिरफ्तार गरेको छ भने अशोक र सिकन्दर नामका कार्यकर्ताको खोजी तीब्र पारेको छ । प्रहरीले दुईजनालाई सर्चको क्रममा पक्राउ तथा बाँकी दुईको खोजी तीब्र पारेको हो । अधिकारीको हत्यापछि नेकपा माओवादी ले बुधबारकालागि नेपालगाजमा आयोजना गरेको चुनावी सभा स्थगित गरेको छ । सो चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड नेपालगाज पुगिसकेका थिए । शोक मनाउन चुनावी सभा स्थगित भएपछि माओवादी अध्यक्ष प्रचण्ड अधिकारीको शबयात्रामा सहभागी भए । उनको शवयात्रामा हजारौंको संख्यामा बाँकेबासीहरु सरिक भएका छन् । कुनै उम्मेदवारको मृत्यु भएमा चुनाव स्थगन गरी अर्कै चुनावी कार्यक्रम निर्धारण गर्नुपर्ने व्यवस्था निर्वाचन ऐनमा भएकाले सो क्षेत्रमा निर्धारित मिति चैत्र २८ गतेको निर्वाचन नहुने भएको छ । तर हत्याको श्रृङ्खला यसैगरी बढ्दै जाने हो भने मधेश र पहाडका कतिपय क्षेत्रमापनि निर्वाचन स्थगित हुनेसक्ने सम्भावना देखिन्छ । पछिल्लो खबर अनुसार, सो क्षेत्रमा पुन उम्मेदवारी दर्ताकालागि चैत्र १० को मिति निर्वाचन आयोगले तोकेको छ । सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेपछि आगामी चैत्र २८ गते नै सो क्षेत्रमा निर्वाचन हुने भएको छ । उता हत्याको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूह ले लिएको छ । चुनावमा भाग नलिन गरिएको अनुरोध नमानेकाले हत्या गरिएको दावी मोर्चाका बाके इन्चार्ज भगत िसंहले बताएका छन् । अधिकारीको हत्यामा संलग्न भुलन केवट र होली केवट पूर्व माओवादी कार्यकर्ता भएको बताइएको छ । दुबै जना माओवादी त्यागी जनतान्त्रिकमा प्रवेश गरेको बताइएको छ । उनीहरुले यसअघिपनि अधिकारीमाथि तीन पटक आक्रमण प्रयास गरेका थिए । हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको छ । बुधवार काठमाडौंपनि विरोध प्रदर्शन गरिएको थियो । माइतीघर मण्डलामा पुगेर गरिएको सभामा दुर्गा पौडेललगायतका बक्ताले शान्ति सुरक्षा व्यवस्था गर्न नसकेकोमा सरकारको कडा आलोचना गरेका थिए । राजमोले अधिकारीलाई शहीद घोषणा गरेको छ । Photos: Sitaram Baral |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®