|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रियताको अंश माओवादी पार्टीमा बढी, नेतृत्व
भने ढुलमुले? कार्यक्रममा सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष र अन्य नेताहरु Photo: Sitaram काठमाडौं, August 28, 2008- 'माओवादी राष्ट्रियताको अंश बोकेको पार्टी हो अरु पार्टीमा राष्ट्रियताको सानो अंशपनि बाँकी छैन' राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने- 'राष्ट्रियताको अंश माओवादी पार्टीमा भएपनि माओवादी नेतृत्वपनि राष्ट्रियताको सम्बन्धमा ढुलमुले देखिन थालेको छ । राष्ट्रियताको सन्दर्भमा अन्य दलभन्दा आफूहरु माओवादीसँग नजिक रहेकोपनि उनले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल तथा उपराष्ट्रपति परमानन्द झाले पद तथा गोपनियताको शपथ लिएका बेला दौरा सुरुवाल नलगाएको उनले कडा शब्दमा आलोचना गरे । 'पोशाकमा राष्ट्रियता हुँदैन त्यो त कपडाको टुक्रामात्र हो भनेर दौरा सुरुवालको आलोचना गर्न थालिएको छ' थापाको भनाई थियो- 'यसो भन्नेहरुले भोलि नेपालको राष्ट्रिय झण्डापनि कपडाको टुक्रा हो योपनि चाहिन्न भनिदिन सक्छन् ।' राप्रपा नेपालका अध्यक्ष थापाले कर्मचारीतन्त्रले माओवादी सरकारलाई असहयोग गरेको ठोकुवा गरेका छन् । माओवादी नेतृत्वको सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमाले ले बेइमानी चरित्र प्रदर्शन गरेको आरोपपनि थापाले लगाएका छन् । मन्त्रीहरुको मर्यादाक्रम सम्बन्धी विवाद माओवादी नेतृत्वको सरकारलाई अप्ठेरो पार्नमात्र एमालेले सिर्जना गरेकोपनि उनले बताएका छन् । राप्रपा नेपाल काठमाडौंको जिल्ला सम्मेलनको उद्घाटन गर्दै थापाले उपरोक्त कुरा बताएका हुन् । 'अरु बेला जुन पार्टीको सरकार बनेपनि अद्धितीय रुपले सहयोग गर्ने कर्मचारीतन्त्रले माओवादीलाई भने असहयोग गर्न थालेको छ' थापाले भने- 'कोशीमा जुन समस्या आयो त्यो असहयोगको कारणले सिर्जित समस्या हो, यदि कर्मचारीले समयमै यससम्बन्धी सूचना दिएको भए यस्तो समस्या आउने थिएन।' |
|
|
उनले सेना र प्रहरीले भने माओवादीलाई सहयोग गर्न
थालेको बताए । 'कोशीको समस्यामा परेकाहरुलाई राहतकालागि सुरक्षा अंगहरु
जसरी खटिए माओवादीले त्यसको सर्हाना गर्नुपर्छ' थापाले भने-
'कर्मचारीतन्त्र माओवादीलाई असफल पार्न थालेको छ यसप्रति माओवादी सचेत
हुनुपर्छ नत्र कर्मचारीतन्त्रको असहयोगी व्यवहारका कारण माओवादी सरकार
अप्ठेरोमा पर्न सक्छ ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||