Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

























































































News from Nepal: नेपाली खबरहरु

संबिधान सभाको चुनाव घोषणा पत्र चिरफार-
नव जनवादी मोर्चा नेपाल

प्रथम राष्ट्रपति यही देशको मूलवासी अर्थात आदिवासी हुनुपर्ने
-गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह

संबिधानसभा निर्वाचन बिशेष काठमाडौं ब्युरोबाट


मोर्चाको घोषणा-पत्र सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह
Ramraja Prasad Singh releasing his party Naba Janabadi Morcha Nepal's election manifesto. Photo: Santa Gaha Magar

काठमाडौं,
March 17, 2008-
महिलालाईसमेत राष्ट्रपति बनाउनुपर्ने प्रावधान संविधानमा अनिवार्य रुपले राख्नुपर्ने प्रस्तावसहित नव जनवादी मोर्चा नेपालले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पञ्‍चायती कालमा मृत्युदण्डको सजाय पाएका नवजनवादी मोर्चा नेपालका प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले प्रथम राष्ट्रपति यही देशको मूलवासी अर्थात आदिवासी हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।

माओवादीले झैं कार्यकारी अधिकारसहितको राष्ट्रपतिको प्रावधान यो पार्टीलेपनि राखेको छ । यो अध्यक्षतात्मक प्रणालीको हुने बताइएको छ । राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुनुपर्ने धारणा सार्वजनिक गर्दै पार्टीले निर्वाचित राष्ट्रपति सोझै जनताप्रति उत्तरदायी हुनुपर्नेपनि बतँएको छ । राष्ट्रपतिको उम्मेदवार कम्तिमा ३५ वर्ष नाघेको हुनुपर्ने शर्तपनि यो पार्टीले राखेको छ । पार्टीले आफ्नो घोषणा पत्रमा प्रधानमन्त्री रहने व्यवस्था प्रस्तुत गरेको छैन ।

राष्ट्रपतिको व्यवस्था- भिन्न प्रस्ताव
राष्ट्रपतिका सम्बन्धमा अन्य पार्टी भन्दा बिल्कूलै भिन्न प्रस्ताव अघि सारेको छ । जस अनुसार राष्ट्रपति देशका तीन भौगोलिक क्षेत्र हिमाल पहाड र तराईबाट पालैपालो चुनिनेछन् । 'प्रथम निर्वाचित राष्ट्रपति हिमालबाट महिला भएको स्थितिमा दोश्रो राष्ट्रपति पहाडबाट पुरुष हुनेछन्' घोषणा पत्रमा भनिएको छ- 'समान रुपमा तेश्रो राष्ट्रपति मधेशबाट महिला हुनेछन् र चौंथो राष्ट्रपति हिमालबाट पुरुष हुनेछन् ।' राष्ट्रपतिको निर्वाचनमा दलित सहभागितामा पनि जोड दिइएको छ ।

महिला र पुरुषको यो क्रमचक्र हरेक ५-५ वर्षमा हुनुपर्ने बताउँदै घोषणा पत्रमा शक्तिशाली राष्ट्रपतिलाई तानाशाहीतन्त्र लागु गर्न वा मनपरी शासन चलाउनबाट रोक्न नियन्त्रण र सन्तुलनको व्यवस्था अधिन दुई सदनको व्यवस्था लागु हुने र उच्च सदन-सिनेटको अध्यक्षँता उपराष्ट्रपतिले गर्ने बताइएको छ । 'हाम्रो घोषणा पत्रले महिला र पुरुषलाई शासनसत्तामा बराबरीको हक अधिकार दिएको छ' गणतन्त्रवादी नेता सिंहले भन्नुभयो- 'बरावरीको अधिकार दिइयो भनेमात्र राष्ट्रपति पदको पनि मर्यादा रहन्छ ।'

उहाँले आफू र आफ्नो दल संविधान सभाबाट बन्ने संविधान कालजयी बन्नुपर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो- 'जनताको भावना संविधानमा प्रतिबिम्बित हुनसक्यो भने अमेरिकामा झै्र नेपालको संविधानपनि कालजयी बन्नेछ ।' शासनसत्तामा महिला र पुरुषलाई समान अधिकार दिने गरी राष्ट्रपतिको व्यवस्था संविधानमा गरिएमा त्यो संसारकै उत्कृष्ट तथा मानवीय संविधान हुने दावीपनि उहाँले गर्नुभयो । गणतन्त्रवादी नेता सिंहले यो देशको प्रथम राष्ट्रपति यही देशको मूलवासी अर्थात आदिवासी हुनुपर्ने कुरामा जोड दिनुभयो ।

दुई महिना अघि यूएसनेपाल अनलाईनडटकमलाई दिनुभएको अन्तर्वार्तामा पनि गणतन्त्रवादी नेता सिंहले अहिले घोषणा पत्रमा उल्लेख गरिए अनुसार नै हिमाल पहाड र तराईबाट क्रमैसँग महिला र पुरुषलाई राष्ट्रपति बनाउनुपर्ने कुरा उल्लेख गर्नुभएको थियो ।

घोषणा पत्रमा निर्वाचित राष्ट्रपतिले आफ्नो मन्त्री मण्डलको चयन देशका प्रमुख बुद्धिजीवी, कानूनविद्, पर्यावरणविद, संस्कृतिविद्, साहित्यकार, इतिहासकार, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, प्रबुद्ध पत्रकार एबं देशका गन्यमान्य व्यक्तिहरुबाट गर्ने प्रावधान राखिएको छ भने अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावित गर्ने राष्ट्रपतिको कुनैपनि प्रस्ताव सहमति समझदारी वा सम्झौतालाई दुवै सदनको दुई तिहाईबाट अनुमोदन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

विद्यार्थीकालमा विसं २०१७ सालदेखि नै गणतन्त्रको आवाज बुलन्द गर्दै आउनुभएका गणतन्त्रवादी नेता सिंहले गणतन्त्र स्थापनार्थ २०४२ असारदेखि सशस्त्र संघर्षको सुरुवातपनि गर्नुभएको थियो । यसै प्रयोजनस्वरुप नारायणहिटी दरवार र राष्ट्रिय पाचायत भवनमा बम विस्फोट गरिएको थियो । त्यसबापत सिंहसहित जनवादी मोर्चाका चारजना नेता-कार्यकर्ता लाई पन्‍चायती सरकारले मृत्युदण्डको सजायपनि सुनाएको थियो ।


Ramraja Prasad Singh during our earlier interview in January, 2008. Photo: Sitaram Baral

सदनको प्रारुप
घोषणा पत्रमा केन्द्रमा दुई सदन हुने व्यवस्था गरिएको छ । 'केन्द्रमा संसदको तल्लो सदन प्रतिनिधि सभा र माथिल्लो सदन सिनेट हुनेछन् भने संघ राज्यहरुमा एउटा प्रतिनिधि सभा र र अर्काे माथिल्लो सदन- गणसभा हुनेछ जसमा सदस्यहरुको संख्याको सन्दर्भमा पुरुष र महिलाहरुको संख्या बरावर हुनेछु घोषणा पत्रमा भनिएको छ- 'सिनेट प्रतिनिधि सभा भन्दा बढि शक्तिशाली हुने हुँदा उसको एक तिहाई सदस्यहरु हरेक ५-५ वर्षमा सेवा निबृत भई नयाँ सदस्यहरु निर्वाचन प्रणाली अधिन सिनेटमा समावेश हुनेछन् । प्रतिनिधि सभाको निर्वाचन जनताबाट प्रत्यक्ष रुपमा हुनेछ ।'

राज्यको सिनेटको प्रतिनिधित्व गणराज्यका प्रतिनिधिहरुबाट हुने बताउँदै हिमाल पहाड र तराईमा बसोबास गर्ने जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक, जातिहरुबाट राज्यको सिनेटमा प्रतिनिधित्व गराइने मोर्चाले बताएको छ । 'सदनमा तिनीहरुको प्रतिनिधित्व समानुपातिक आधारमा हुनुपर्नेछ' घोषणा पत्रमा भनिएको छ- 'सदनमा सहभागिताकालागि अल्पसंख्यक समुदाय अपाङ्ग एबं पिछडिएको बर्गकालागि निश्चित आरक्षणको व्यवस्था गरिनुपर्छ ।'

जनताबाट निर्वाचित प्रतिनिधिहरुले जनहित अनुरुप काम नगरेमा फिर्ता बोलाउन सकिने व्यवस्थापनि यो पार्टीले गरेको छ । घोषणा पत्रमा भनिएको छ- 'जनताबाट निर्वाचित प्रतिनिधिहरुका कृयाकलापका सन्दर्भमा ६ महिनासम्म उनीहरुका कामकाज र व्यवहारमाथि निगरानी गर्ने र उनीहरुद्धारा जनहितका कार्य नगरिएको वा आचरण स्वच्छ नरहेको देखिएमा निजलाई निश्चित प्रकृया अन्तर्गत फिर्ता बोलाउन सक्ने अधिकार निर्वाचकमा सुरक्षित रहने छ ।'

संघीय राज्य
नव जनवादी मोर्चालेपनि आफूलाई संघीय राज्यको पक्षमा उभ्याएको छ । उसले भनेको छ- 'संघीय राज्यहरुका सन्दर्भमा तीन वटै राज्यहरुका कार्यकारी प्रमुख गवर्नर हुनेछन् । जसलाई जनताले निर्वाचित गर्नेछन् । कुनै राज्यको गभर्नर महिला भएको अवस्थामा अर्को पालिको गभर्नर पुरुष हुनेछन् यो चक्र हरेक ५-५ वर्षमा बदलिइरहनेछ ।'

संघीय राज्यको संरचनाकालागि भाषिक ऐतिहासिक र जातीय आधारलाई आधार बनाइनुपर्ने कुरामा यो दलले जोड दिएको छ । इतिहासमा रहेका खसान, थरुहट, मगरात, तमुवान, तामाङ्गसालिङ्ग, खम्बुवान, लिम्बुवान, नेवाः, तराई-मधेश, लोवा भोट र कोचिला आदि हुनसक्ने कुरा घोषणा पत्रमा उल्लेख छ भने क्षेत्रीय आधार अन्तर्गत धार्मिक एबं सांस्कृतिक आधारमा अल्पसंख्यक समुदायहरुको प्रतिनिधित्वलाई समावेश गरिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

केन्द्र र संघको शक्तिको निर्धारण बेग्लाबेग्लै हुनुपर्ने कुरामा जोड दिदै राज्यहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा गणतन्त्रवादी नेता सिंहले जोड दिनुभएको छ । घोषणा पत्रमा भनिएको छ- 'रक्षा, मुद्रा र विदेशी मामिलासम्बन्धी विषयहरु केन्द्र सरकारको अधिकार मातहत रहने र राजनैतिक, आर्थिक, सांस्कृतिक आदि विषय स्थानीय सरकारको अधिन रहने गरी स्वतन्त्र एबं सार्वभौमसत्ता सम्पन्न स्वायत्त गणराज्य निर्माण गर्नु नव जनवादी मोर्चाको उद्देश्य हो ।'

यसैगरी न्यायपालिकाको स्वतन्त्रतालाई ग्यारेन्टी गर्दै प्रमुख न्यायाधिसको छनौट प्रकृया राष्ट्रपतिकै निर्वाचन प्रकृया अन्तर्गत गरिनुपर्ने कुरा घोषणा पत्रमा उल्लेख छ । कानूनको विधिसम्मत प्रकृयामा जोड दिदै कुनैपनि व्यक्ति व्यक्तिगत स्वतन्त्रता र सम्पत्तिबाट बन्‍चित हुन नहुने व्यवस्था संविधान सभाले निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

यो पार्टीले सामाजिक सौहाद्र्धतामार्फत् संविधान सभा निर्वाचनमा भाग लिन आग्रह गरेको छ । संविधान सभा निर्वाचनमा हिमाल, पहाड र तराई तीनै क्षेत्रका जनता मिलेर संविधान निर्माण गरिएमा राजतन्त्रको सजिलै निर्मूल हुने बताएको छ । घोषणा पत्रमा भनिएको छ- 'यस्तो स्थितिमा हामीलाई राजतन्त्र निर्मूल पार्न गार्हो पर्नेछैन र हामी राष्ट्रपतीय शासन प्रणाली अपनाउन समर्थ हुनेछौं ।'

४ पृष्ट लामो घोषणा पत्र सटिक खालको छ । अन्य पार्टीले जस्तो यो पार्टीले विकास निर्माणको सपना बाँडेको छैन । संविधान सभा नयाँ संविधान निर्माण गरी राजनीतिक प्रणाली तय गर्ने प्रकृया भएको बताउँदै पार्टीले संविधान सभामा विकास निर्माणका मुद्धा उठाइनु नाजायज भएको बताएको छ ।

मोर्चाका अध्यक्ष रहनुभएका गणतन्त्रवादी नेता सिंहले गणतन्त्रकालागि गर्नुभएको लडाईंको दृष्टान्त प्रस्तुत गर्दै मोर्चाका महासचिव शंकरलाल श्रेष्ठले आफ्नो पार्टीका लागि गणतन्त्र पुरानै कुरा भएको बताए । गणतन्त्रमा नयाँ कुरा समावेश हुनुपर्ने बताउँदै उहाँले मुलुक गणतन्त्रको संघारमा रहेकाले महिला र हिमाल-पहाड-तराईलाई समान अधिकारसहितको गणतन्त्रलाई पार्टीले प्रमुख प्राथमिकता दिएको उनको स्पष्टोक्ति थियो । उनले भने- 'हाम्रो पार्टीका अध्यक्षज्यूको सपना नै गणतन्त्र भएकाले यो घोषणा पत्र उहाँले नै ड्राफ्‍ट गर्नुभएको हो । घोषणा पत्रमा नेपालका प्रथम गणतन्त्रवादी नेताको कस्तो गणतन्त्रको सपना देख्नुभएको छ त्यो कुरा उल्लेख छ ।'
-Sitaram Baral
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®