|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संविधान सभाकालागि दार्ही-जुँगा चिनो काठमाडौं, April 16, 2008-नेपाली जनताले आफ्नो भाग्यको फैसला आफै गर्ने संविधान सभाको चुनाव कति व्यग्रतापूर्वक पर्खेका रहेछन् र संविधान सभाकालागि कस्ता बाचा बाँधेका रहेछन् भन्ने कुरा पर्वतको एक घटनाले देखाएको छ । पर्वतका एक युवाले आन्दोलन सफल भएलगत्तै संविधान सभा चुनाव नहोन्जेलसम्म आफ्नो दार्ही र कपालसमेत नकाट्ने प्रण गरेका रहेछन् । संविधान सभाको चुनाव भई परिणाम आउन थालेपछि उनले मंगलबार कपाल र दार्ही जुँगा काटेका छन् । संविधान सभाका हितचिन्तक ती युवा हुन्- पर्वत रानीपानीका हरि न्यौपाने । उनले जनआन्दोलन सफल भएको भोलिपल्टै २०६३ बैशाख १२ गते संविधान सभा चुनाव नहोन्जेल कपाल र दार्ही जुँगा नकाट्ने प्रण गरेका थिए । तर राजनीतिक दलहरुबीचको झगडाका कारण विगत २ वर्ष उनको सपना पुरा हुन पाएन । चुनाव हुन नसक्दा सारा नेपालीका बढ्दै गएको निराशासँगै उनको कपाल र दार्ही-जुँगापनि बढ्दै गयो । अन्तत चैत्र २८ गते चुनाव भयो । मतदान रोकिएका कतिपय स्थानमापनि चुनाव हुने ग्यारेन्टी भयो । त्यसपछि उनले आफ्नो तपस्या सफल भएको निष्कर्ष निकाले । र बैशाख ३ मंगलबारका दिन करिव १ हात लामो दार्ही जुँगा र कपालसमेत खौरेका छन् । न्यौपाने नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दल पर्वतका उपाध्यक्ष हुन् । उनको कपाल संविधान सभामा पर्वत- १ बाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले काटिदिएका थिए । चुनावकालागि पालेको उनको कपाल काटेजस्तै अबसामन्तवादको जरा काट्नुपर्ने कुरा संविधान सभा सदस्य जोशीले बताए । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®