|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एक सय अर्ब वैदेशिक सहायता आउने निश्चित |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तर बजेट बिरोधको चर्को स्वर जारी काठमाडौँ, September 20, 2008- संविधान सभाको बैठकमा अर्थमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार पेश गर्नुभएको बजेटमा उल्लेखित विनियोजित रकममध्ये ४७ अर्ब रुपैयाँ बैदेशिक ऋणबाट परिपूर्ति गर्ने कुरा असंभव रहेको बजेटका आलोचकहरुले बताइरहेका बेला अर्थसचिव रामेश्वर खनालले यसै वर्ष एक सय अर्ब वैदेशिक सहायता आउने निश्चित भइसकेको बताएका छन् । उनले नेपालकालागि थप दुई सय अर्बको प्रतिबद्धता भइसकेको जानकारी िदंदै बैदेशिक ऋणको कोणबाट हेर्दा बजेट कार्यान्वयनमा कुनै समस्या नरहेको दावीपनि गरेका छन् । अर्थविदहरुले भने बजेट अति महत्वाकांक्षी भएको भन्दै यसबाट मुलुकले ठूलो घाटा व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने नीति ल्याएको भन्दै आन्दोलनको चेतावनीसमेत दिएका छन् । अर्थ सचिव रामेश्वर खनाल र राष्ट्रिय योजना आयोगका डा. दीपेन्द्रबहादुर क्षेत्री Photos: Sitaram बजेट आएको भोलिपल्ट शनिवार रिपोर्टस्र क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थसचिव रामेश्वर खनालले ठोकुवा गरे- 'आन्तरिक राजश्व र उल्लेख्य वैदेशिक सहायताबाट बजेट कार्यान्वयन गरिनेछ किनभने एक सय अर्बको वैदेशिक सहायता आउने भइसक्यो, दुई सय अर्बको प्रतिवद्धता प्राप्त भएको छ, आन्तरिक राजश्वमा उच्च बृद्धि गरेर बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।' वैदेशिक सहयोगको सदुपयोग गर्न सरकार प्रतिवद्ध भएर लागेको बताउँदै अर्थसचिव खनालले सरकारसँग बजेट कार्यान्वयनकालागि लागि उपयुक्त संयन्त्र भएको दावीपनि गरे । निजी क्षेत्रको भूमिकालाई नजरअन्दाज नगरिएको बताउँदै सचिव खनालले कतिपय खास अवस्थामा निजी क्षेत्र प्रभावकारी नहुने भएकाले सोही अनुरुपको नीति लिइएको बताए । उनले भने- 'राजनीतिक परिवर्तन भएकाले जोखिम मोलेर भएपनि महत्वाकांक्षी बजेट बनाइएको हो, यो बेलामा पनि जोखिम नलिए कहिले लिने र कहिले देशलाई आर्थिक क्रान्तिको बाटोमा दोहोर्याउने हो ?' |
|
|
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका नेपाली कांग्रेसका सभासद् डा. नारायण खड्काले भने सरकारलाई यति ठूलो आकारको बजेट ल्याउने जनादेश नै नभएको दावी गरे । 'संविधान निर्माण प्रकृयालाई ओझेलमा पार्नेगरी बजेट ल्याइएको छ' माओवादी नेतृत्वको सरकारप्रति आरोप लगाउँदै डा. खड्काले भने- 'माओवादीले शब्दजाल बुनेर जनतालाई दिग्भ्रमित पार्नेगरी बजेट ल्याएको छ ।' माओवादी कार्यकर्ता पोस्ने उद्देश्यले बजेट कनिका छरेजसरी रकम छरिएको बताउँदै उनले भावी अर्थमन्त्रीलाई अप्ठ्यारो पर्नेगरी ल्याइएको बजेट कार्यान्वयन हुनैनसक्ने जिकिरपनि गरे । स्मरणीय छ, नेपाली कांग्रेसले माओवादी नेतृत्वको सरकारले ल्याएको बजेटको आलोचना गरेको छ । कांग्रेसका तर्फबाट अर्थमन्त्री बनिसकेका डा. रामशरण महत, महेश आचार्य आदिलेपनि बजेटको सार्वजनिक आलोचना गरिसकेका छन् । अर्का अर्थविद् डा. विश्वम्भर प्याकुरेलले बजेट अति महत्वाकांक्षी भएको भन्दै आलोचना गरेका छन् । साक्षात्कार कार्यक्रममा सहभागी भएका डा. प्याकुरेलले बजेटको आलोचना गर्दै भने- 'यदि म अर्थमन्त्री भएको भए २ खर्बभन्दा बढीको बजेट बनाउन्नथें ।' गाविसहरुमा १५ देखि ३० लाख रकम दिने निर्णयले भ्रष्टाचारलाई बढावा दिने बताउँदै प्याकुरेलले रुग्ण उद्योग उठाउने तौरतरिका गलत भएको बताए । कानुनी जटिलतालाई नबुझी बजेट बनाइएको बताउँदै प्याकुरेलले भने- 'प्राविधिक रुपमा बजेट निकै कमजोर छ, साना किसानको ऋण मिनाहा गर्ने नाममा अव्यवहारिक नीति बनाइएको छ ।' राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलाई ऋण मिनाहा गर भन्ने अधिकार सरकारसँग नभएको उनको भनाई थियो । उनले सरकारको बजेट विस्तारवादी अर्थतन्त्रको शैलीबाट आएको आरोपपनि लगाए । स्मरणीय छ, डा. प्याकुरेल नेपाली कांग्रेस निकट मानिन्छन् । नेपाल चेम्बस्र अफ कमस्रका अध्यक्ष सुरेन्द्रबीर मालाकार सबैभन्दा कडा प्रतिकृया भने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारको थियो । मालाकारले बजेट नियन्त्रणमुखी भएको बताउँदै बजेटको शख्त आलोचना गरे र निजी क्षेत्रलाई नियन्त्रण गर्ने नीतिमा पुनराबलोकन नगरिए उद्योगी, व्यापारीहरुले आन्दोलन गर्ने चेतावनीपनि दिए । 'बजेटमा उल्लेखित भ्याट कार्यान्वयनको अनुगमन टोली खटाउने विषयले बजारमा आतंकको अवस्था सृजना गर्नेछ' उनले चेतावनीको भाषामा भने- 'अव्यवहारिक रुपमा सम्पत्ति कर लगाउन खोजिएको छ, यसबाट उद्योगी व्यवसायी सशंकित भएका छन् ।' राजश्व रोक्ने नाममा प्रशासन लगाउने कदम सकारात्मक मान्न नसकिने बताउँदै मालाकारले सरकारको तर्फबाट आतंक मच्चाउने गरी काम गरिए आन्दोलनको विकल्प नहुने बताएका थिए । निजी क्षेत्रलाई समेत सशंकित बनाउने नीति ल्याएकोले यो स्थितिमा वैदेशिक लगानीको सम्भावना न्यून रहेको उनको भनाई थियो । २५ अर्बको आन्तरिक ऋण उठाउने लक्ष्यले मुद्रास्फिीतिमा कम्पन उत्पन्न हुने दावीपनि उनले गरे । कार्यक्रमका अर्का बक्ता एबं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरे । बजेटले सत्तारुढ दलहरुबीच द्वन्द्व बढाउने बताउँदै बजेट बक्तव्यमार्फत् सरकारले ऋण मिनाहाको कुरा गरेपनि ऋण मिनाहा कसलाई गर्ने भन्ने टुंगो लगाउन कठिन हुने आशंका गरे । उनको भनाई थियो- 'विगतमा असफल भएको कार्यक्रम अहिले बजेटमा ल्याइएको छ ।' नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न सरकार ग्यारेन्टी बस्ने काम गलत भएको बताउँदै डा. शर्माले रुग्ण उद्योगलाई उठाउने शैली पनि गलत भएको बताए । एमालेका डा. डिल्लीराज खनाल Photos: Sitaram सत्तारुढ एमालेका पूर्व सांसद एबं अर्थविद् डा. डिल्लीराज खनाललेपनि बजेट जोखिमपूर्ण, नियन्त्र र सन्तुलनमा समस्याग्रस्त रहेको बताए । उनले भने- 'बजेटमा अन्तरविरोधहरु छन् यसले सत्तारुढ दलहरुबीच विवाद ल्याउनसक्छ ।' माओवादी निकट अर्थविद् एबं राष्ट्रिय योजना आयोगका सदस्य डा. दीपेन्द्रबहादुर क्षेत्रीले बजेट कार्यान्वयन भइछाड्ने दाबी गरे । उनको भनाई थियो- 'बजेट कार्यान्वयन हुन्न भन्नु जनविरोधी कुरा हो, न्यायपूर्ण वितरणमा आधारित रही बजेट ल्याइएको छ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||