Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from UK

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
खाडी मुलुक कतारमा मृत्‍यु पछि युबा मिलनको नाममा साहित्य पुरस्कारको स्थापना


Late Milan Dewan. Photos courtesy: Suhim

Kent, UK, July 21, 2008- अनलाइन नेपाली साहित्य मंच मार्फत मिलन देवान स्मृति साहित्य पुरस्कारको स्थापना भएको छ ।

साहित्य क्षेत्रका युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको रासि रु १० हजार रुपैया रहेको छ । यो पुरस्कार प्रत्यक बर्ष अनलाइन नेपाली साहित्य मंच (www.sahityaGhar.com) ले स्रष्टा छनौट गरि प्रदान गर्नेछ ।

वि. स. २०३४ साल असोज ९ गतेका दिन आमा जानुका देवान र वुवा गोविन्दबहादुर देवानको कोखमा जन्मेका मिलन देवान राजनैतिक दवावको कारण कतार पुगेका थिए । भगवानलाई पनि राम्रै मान्छे मात्र चाहिन्छ भने झै उनी कतार पुगेको १९ औ दिन अर्थात २०६३ पुष ३ गते (१८ डिसेम्बर ०६) मा उनको असमायिक निधन भएको थियो । फूटबल खेल्नु र साहित्य लेख्नु पढ्नुमा रुचि राख्ने उनी स्वाभिमानी ढृढ विचारका आस लाग्दा युवा थिए ।
  भाग्यमा भन्दा आफ्नै कर्ममा विश्वास राख्ने स्व. मिलन शालिन स्वभावका थिए । उनी छरछिमेक साथिभाईहरुको लागि पनि अनुकरणीय ब्यक्ति थिए ।

आफ्नै जन्म गाँउ धनकुटा बोधेको श्री मंगलादेवी प्राथामिक विद्यालयबाट अध्यान शुरु गरेका मिलनले केही बर्ष बुधुक माध्यामिक विद्यालयमा पनि अध्यान गरे र श्री सदन माध्यामिक विद्यालय धरानबाट एस. एल. सी. पास गरि प्लस टु अध्यान गर्दै थिए । तत्कालिन नेपालको राजनैतिक समस्याका कारण अन्तत केही समयको निम्ति विदेश जाने निधो गरेर कतार पुगेका थिए ।


तस्वीरमा तीन दाजुभाई गोलो कोरिएको स्व. मिलन कान्छाभाई

कान्छो छोरो कतार पुगेकोमा उनका आमाबुवा आपसमा खुसि बाँडिरहेका थिए तर दुर्भाग्यवस उनको मृत्यू भएको समाचारले सबैलाई स्तब्ध बनायो । गाँउघर, छरछिमेक, साथिभाई सबै असह्य पीडामा डुबे । मिलन गुमाउनुको पीडा आज पनि त्यतिनै दुखेको छ । अझ उनको परिवारमा विशेषत: चार्ड पर्व तथा उत्सवहरुमा उनको याद झलझलि आइ रहन्छ । उनको सगैका साथिभाई देख्दा पनि उनको सम्झनाले पिरोल्छ । उनको चीर आत्माले शान्ति पाओस भनि उनका परिवारले विभिन्न अवसरमा विभिन्न तरिकाले कामना गर्दै आएका छन् । साच्चै नै केही गरौं भन्ने उमेरमा भएको उनको देहान्तले सबैलाई शोकमा डुबाएको छ ।

स्व. मिलन जस्तै युवा स्रष्टा र्सजकहरुको प्रगति र उन्नतिको लागि मिलनका दाजुहरु आनन्द देवान (वेलायत), अमृत देवान (भारतीय सेना), दिदीहरु हरिमाया, रुपमणि र रमा लगायत परिवारको तर्फबाट भाई मिलनको स्मृतिमा मिलन देवान स्मृति साहित्य पुरस्कार स्थापना गरिएको हो । देशविदेशमा रहेका स्रष्टाहरु मध्येबाट छनौट गरि प्रत्यक बर्ष भदौ महिनामा पुरस्कृत स्रष्टाको नाम घोषणा गर्ने र असोजको पहिलो हप्ता पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

स्थापनाको पहिलो बर्ष यहि आउदो भाद्र महिना भित्र पुरस्कृत स्रष्टाको छनौट गरिने कुरा अनलाइन नेपाली साहित्य मंचद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मिलन देवान स्मृति साहित्य पुरस्कार स्थापना भएका सम्बन्धमा विज्ञप्ति:

यस अनलाइन नेपाली साहित्य मंच मार्फत मिलन देवान स्मृति साहित्य पुरस्कारको स्थापना भएको छ ।

साहित्य क्षेत्रका युवा स्रष्टालाई प्रदान गरिने यस पुरस्कारको रासि रु १० हजार रुपैया रहेको छ । यो पुरस्कार प्रत्यक बर्षयस मंच www.sahityaGhar.com ले देशविदेशका स्रष्टाहरु मध्य छनौट गरि प्रदान गर्नेछ ।

यो पुरस्कारको घोषणा यहि आउदो भदौमा गरिनेछ । यो पुरस्कारका प्रायोजक आनन्द देवान तथा वहाको परिवार रहनु भएको छ ।

विश्वास दीप तिगेला
सम्पादक
अनलाइन नेपाली साहित्य मंच, वेलायत
स्व. मिलन देवानबारेमा यस साइटको संघसंस्था परिचय अर्न्तगत रहेको लेख हेर्नुहोला ।

-सुहिम याक्थुङ (Suhim Yakthum, Kent, UK)
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®