![]() |
|||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीलाई मिडियाले उछिट्टो काढेकोमा प्रचन्डको
गुनासो बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं,
March 24, 2008-चुनाव-क्रममा
दिन प्रतिदिन आफ्नो कार्यकर्ताको हत्या हुन थालेपछि माओवादी अध्यक्ष
प्रचण्डले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग हत्याराहरुलाई कार्वाहीको
माग गरेका छन् । आफ्नो कार्यकर्ता र समर्थकहरुको हत्याका समाचारलाई स्थान
नदिने नेपाली सञ्चारमाध्यमहरुले माओवादीका साना गल्ती उछालेर उत्तेजक
स्थिति सिर्जना गरेकोमा गुनासोपनि गरेका छन् ।शनिवार कपिलबस्तुमा शिवपुजन कुर्मीको हत्यासमेत गर्दा चुनाव प्रकृया सुरु भएयता ७ माओवादी नेता- कार्यकर्ताको हत्या भैसकेको छ । प्रचण्डले आइतवार विहान प्रम कोइरालासँग आफ्नो कार्यकर्ताको हत्या गर्नेहरु चिनिएका व्यक्ति भएको उल्लेख गर्दै कार्वाही नभएकोमा गुनासो गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई कोइरालाले कार्वाहीको बचन दिएका थिए । CPN Maoist Chairman Prachanda aka Pushpa Kamal Dahal. File foto. Photo: Smita Magar कपिलबस्तुमा शनिवार माओवादीका जिल्ला नेता शिवपुजन कुर्मीको हत्या त्यस क्षेत्रका कांग्रस उम्मेदवार दीपकुमार उपाध्यायको नेतृत्वमा भएको माओवादी दावी छ । माओवादी प्रतिकार समिति कपिलबस्तुका पूर्व अध्यक्ष प्रितम पाण्डेले हत्या गरेको देखिएको छ । शाही शासनकालमा माओवादीविरुद्ध प्रयोग गर्न सेनाले हतियार समेत दिएका पाण्डे हाल कांग्रेससम्बद्ध तरुण दलको जिल्ला उपाध्यक्षँ रहेको खुलाशा भएको छ । संविधान सभा निर्वाचनको पूर्वाधार तैयार पार्न भएको २३ बुँदे सहमति कार्यान्वयन नभएकोमापनि प्रचण्डले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । २३ बुँदे सहमतिमा युद्धकालमा मारिएका माओवादी पक्षधरहरुलाई राहत उपलब्ध नगराइएकोमा माओवादीले आपत्ति जनाएको छ । माओवादीबाट मारिएकाहरुलाई भने सरकारले राहत उपलब्ध गराइसकेको उल्लेख गर्दै प्रचण्डले राज्यबाट मारिएकाहरुलाई पनि तत्काल राहत उपलब्ध गराउन अनुरोध गरेका थिए । विहान प्रधानमन्त्रीलाई भेटी आफ्नो पार्टीका नेता कार्यकर्ताको हत्यारामाथि कार्वाही माग गरेका प्रचण्डले बेलुकी आयोजित सञ्चारकर्मीहरुसँगको साक्षत्कार कार्यक्रममा सञ्चारमाध्यमहरुले आफूहरुमाथि पूर्वाग्रह साँधेकोमा गुनासो गरे । 'हाम्रा कार्यकर्ता र उम्मेदवारमाथि आक्रमण हुँदा मिडियाले त्यसलाई स्थान िदंदैन' उनले भने- 'माओवादीबाट सानो गल्ती भयो भने त्यसलाई बढाइचढाई गरिन्छ ।' प्रधानमन्त्रीलाई भेटेर माओवादी अध्यक्ष उदयपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्न गएका थिए । त्यहाँपनि उनले माओवादी पक्षधरहरुको बढ्दो हत्याप्रति आक्रोस र चिन्ता व्यक्त गरेका थिए । जताततैबाट माओवादीलाई कमजोर बनाउने प्रयास सुरु भएको भन्दै उनी निकै दुखित देखिएका थिए । 'हाम्रो देशको मिडियाले माओवादी सच्चिएको छैन भनेर हामीलाई खेद्ने गरेको छ' उनको भनाई थियो- 'तर सांसदलाई किन्ने अनि थाइलैण्ड र बैङ्कक पुर्याएर बेच्ने आफ्नो छोराछोरीलाई विदेशमा लगी पढाएर स्वदेशी पूँजी विदेशमा थन्क्याउनेहरुलाई चािहं सच्चिनु पर्छ भनेर भन्दैन । देशलाई संविधान सभा र गणतन्त्रमा ल्याउन संघर्ष गरेका हाम्रा सानातिना गल्ती कमजोरीलाई भने प्रेसले खोजी खोजी उछाल्छ ।' व्यस्त कार्यक्रमहरुबीच सन्चार समूहद्धारा काठमाडौंमा आयोजित साचारकर्मीहरुसँगको अन्तर्कृयामा उनले संविधान सभा चुनावमा सात पार्टीबीच नै तालमेल गरेर जाने मौखिक सहमति भएपछि २३ बुँदे समझदारी भएको खुलासा गर्दै माओवादी अध्यक्ष प्रचण्डले विदेशीहरुको उक्साहटमा त्यो सहमति भाँडिएको आरोप लगाए । सहमति तोड्नमा प्रमुख जिम्मेवार एमाले रहेको उनको भनाई थियो । उता वानेश्वरमा आयोजित चुनावी सभामा एमाले महासचिव माधव नेपालले माओवादी व्यवहारका कारण तालमेल हुन नसकेको आरोप लगाएका छन् । उनको भनाई थियो- 'माओवादीले हाम्रा सभाहरुमा हस्तक्षेप गरिरहेको छ यो स्थितिमा कसरी तालमेलको वातावरण बन्न सक्छ ' -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®