Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल





















































































































News from Nepal: नेपाली खबरहरु

'आदेश देऊ प्रचण्ड बदला लिन तैयार छौं'-माओवादी कार्यकर्ताहरु


Gangabahadur Bhujel, a Maoist member who was shot dead by police in Solu with paid homage by garlands of flowers and petals before the cremation ceremony in Aryaghat, Kathmandu. Photo: Sitaram Baral

बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं,
March 27, 2008-
अबको १३ मा हुन गई रहेको चुनावमा जनताको भोटको होइन हतियार र पाखुरे मुठभेडको शक्ती प्रदर्शन हुने संकेत हालै भएका घटनाहरुले पुष्‍टी गर्दछ।

नत्र भने, पूर्वको सोलुमा मारिएका माओवादी कार्यकर्ता गंगाबहादुर भुजेल र घाइते भएका कांग्रेस उम्मेदवार बलबहादुर केसी दुइटैलाई काठमाडौं ल्याउनु के जरुरी थियो? पूर्वमा के कुनै अस्पातल नै छैनन्‌ जहाँ घाइतेको उपचार हुन सकोस्‌ र मर्नेको पोष्टमार्टम हुन सकोस्‌?


Photo: Sitaram Baral

सोलुमा बुधबार मारिएका माओवादी कार्यकर्ता गंगाबहादुर भुजेलको पशुपति आर्यघाटमा ठूलो जनसमूहकाबीच दाहसंस्कार भएको छ । दाहसंस्कार कार्यक्रममा उपस्थित आक्रोसित माओवादी नेता-कार्यकर्ताहरुले हत्याको बदला लिने चेतावनी दिएका छन् । उता हत्याको आरोप लागेका सोलुका कांग्रेस उम्मेदवार बलबहादुर केसी उपचारपछि शुक्रबार चैत्र १५ जिल्ला फर्कंदैछन् ।


Ganagabahadur Bhujel's body covered with Maoist baner. Photo: Santa Gaha Magar

माओवादी शीर्ष नेता एबं सूचना तथा सन्‍चारमन्त्री कृष्णबहादुर महराले भुजेललाई अन्तिम विदाई गरेका थिए । स्वर्गीय भुजेलको शवमा उनका पिता चेतबहादुर भुजेलले दागबत्ती दिए । चक्रपथस्थित शंखपार्कबाट निस्केको शबयात्रामा काठमाडौं उपत्यकाका हजारौं माओवादी नेता-कार्यकर्ता सहभागी थिए ।


Father Chetbahadur Bhujel giving "Daag Batti" to his son Ganagabahadur Bhujel. Photo: Sitaram Baral

विगत १ महिना यता देशभरि १० भन्दा बढि जिल्लास्तरीय नेता, कार्यकर्ता गुमाएको माओवादीका कार्यकर्ताहरुले 'आदेश देऊ प्रचण्ड बदला लिन तैयार छौं' भन्ने नारा लगाएका थिए । श्रद्धान्‍जली सभामा माओवादी नेता महराले कपिलबस्तु र सोलुमा गरी नेकाका उम्मेदवारकै संलग्नतामा आफ्नो पार्टीका दुई कार्यकर्ताको हत्या भएको बताउँदै राजावादीहरुद्वारा माओवादीलाई युद्धमा फर्काउने षडयन्त्र हुन थालेको आरोप लगाए ।


Maoist leaders paying homage to late Gangabahadur Bhujel before his final rites. Photo: Santa Gaha Magar




Chetbahadur Bhujel with other mourners. Photos: Sitaram Baral

कार्यक्रममा सोलुका माओवादी उम्मेदवार एबं किराँत नेता गोपाल खम्बु किराँतीले घटनाकाबारे जानकारी दिएका थिए । पार्टीले एक महिना अघि तय गरेको कार्यक्रम स्थलमा कांग्रेसले एक हप्ता अघि कार्यक्रम तय गरेको र कार्यक्रमस्थलमा माच बनाउँदै गर्दा एक्कासी आक्रमण भएको बताए । उनका अनुसार घाइते अवस्थामा रहेका गंगामाथि कांग्रेस उम्मेदवार केसी आफैले गोली चलाएका थिए ।


Nepali Congress candidate Balbahadur KC in Teaching Hospital, Kathmandu after the treatment. Photo: Santa Gaha Magar

मृत्यु भएका माओवादी कार्यकर्ता भुजेललाई विहीबार विहान ९ बजे सोलुबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । शिक्षण अस्पतालमा पोष्टमार्टमपछि शबयात्रा सुरु भएको थियो ।

संविधानसभा निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दलहरुवीच विभिन्न ठाउँमा भिडन्त भईरहेको छ । यसले निष्पक्ष र स्वतन्त्रत निर्वाचन हुने कुरामा आशङ्का उब्जाएको छ । उनीहरुका यस्ता िहंसात्मक कृयाकलापले जनता वाक्कदिक्क भएका छन् । आपसी झडपका कारण हुनुपर्ने जति निर्वाचनको माहोल तात्न सकेको छैन ।

दलहरुका यस्ता गतिविधिले निर्वाचन आयोगको आचार संहिताको धज्जी उडाएको छ । परिवर्तनका पक्षधर सबैको सहभागितामा संविधान बनाउने तर्फ भन्दा दलहरु सत्ता लिप्साकै खेलमा लागेको स्पष्ट देखिन्छ ।


-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®