Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नाम पछाडिको पुच्छर कुनै हालतमा नहटाइने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, October 23, 2008- नेकपा माओवादीका सचिवालय सदस्य सीपी गजुरेलले सेना समायोजनकालागि गठन हुन लागेको विशेष समितिको नेतृत्व आफ्नै दलले गर्ने बताएका छन् भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत र नेकपा एमालेका केन्द्रीय सदस्य रघुजी पन्तले समितिमा माओवादीको नेतृत्व रहन नहुने बताएका छन् ।

रिपोटस्र क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ठूला पार्टीका यी तीन नेताहरुले सेना समायोजनका विषयमा चर्काचर्की बहस गरे ।

माओवादी नेता गजुरेलले प्रधानमन्त्री र रक्षामन्त्री आफ्नै दलको भएकाले सेना समायोजनका लागि गठन हुने विशेष समितिको नेतृत्व पनि आफूहरुलेनै गर्नुपर्ने जिकिर गरेका थिए । 'सेना समायोजनको विशेष समितिको संयोजक हाम्रो दलको प्रतिनिधि रहनेछन्' उनले भने- 'किनभने नेपाली जनताले संविधान सभा निर्वाचनमा उल्लेख्य मत दिएर माओवादी दललाई सेना समायोजनलगायत महत्वपूर्ण निर्णयको जिम्मेवारी दिएका छन् ।' सेना समायोजनबारे अनावश्यक विवाद सृजना गरिएको उनको भनाई थियो ।

माओवादी जनसेनालाई नेपाली सेनामै समायोजन गरिने दाबी गर्दै उनले शान्ति सम्झौतामा सेना समायोजन स्पष्ट उल्लेख भएपनि त्यसलाई अपख्याख्या गर्न खोजिएको बताए । जनगणतन्त्र ल्याइछाड्ने दाबी गर्दै माओवादीले राष्ट्रिय पूँजीवादको विकास गर्ने गरी जनगणतन्त्र ल्याउने बताएका थिए । जनगणतन्त्रबारेपनि भ्रम फिजाइएको बताएका गजुरेलले आफ्नो दलको नाम पछाडिको पुच्छर कुनै हालतमा नहटाइने बताए ।

डा. बाबुराम भट्टराईको नामै किटेर उनले भने- 'भट्टराईजी दक्षिण अमेरिकाबाट आउनुभएकाले नाम फेर्ने भन्नुभएको होला तर उहाँले भन्दैमा नाम कुनैपनि हालतमा फेिरंदैन ।' नेकपा माओवादी भन्ने नामबाटै आफ्नो दलको प्रतिष्ठा बढेको जिकिर गर्दै त्यसबारे कुनै प्रस्तावसमेत नआएको दाबीसमेत उनले गरेका छन् । पार्टीको सहायक संगठन वाइसिएललाई कुनै हालतमा बिघटन नगरिने बताउँदै भनॆ- 'विघटन होइन वाइसिएलको सैन्य संरचना अझै आवश्यक छ ।'

गजुरेलको भनाईको प्रतिवाद गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सेना समायोजनको विशेष समितिमा माओवादीका प्रतिनिधि संयोजक रहन नहुने बताएका थिए । 'माओवादीको लडाकु दस्ताको पुनस्थापना गर्नुपर्ने भएकाले उसैले विशेष समितिको अध्यक्षता लिनु न्यायसंगत र व्यवहारिक हुँदैन' महतको भनाई थियो- 'माओवादीलेनै सेना समायोजनको विशेष समितिको नेतृत्व गर्नेभए कांग्रेस रहनुको कुनै अर्थ रहदैन माओवादीबाहेकले नेतृत्व गरेमात्र समितिमा बस्छौं हैन भने बस्दैनौं ।'

सहमतिबाट जाने हो भने माओवादीले विशेष समितिमा आफूबाहेकको दलका प्रतिनिधिलाई संयोजक बनाउन तयार हुनुपर्ने बताउँदै महतले माओवादी छापामारलाई नेपाली सेना बाहेकमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । छापामारको इच्छासमेत बुझी उनीहरुलाई समाजका विभिन्न क्षेत्रमा व्यवस्थापन गरे शान्ति सम्झौताको स्पीरिट अनुसार काम हुने उनले बताएका थिए । नेपाली कांग्रेस माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने दोहोर्याए ।

नेकपा एमालेका केन्द्रीय सदस्य रघुजी पन्तलेपनि सेना समायोजनको विशेष समितिमा माओवादी नेतृत्व हुनै नहुने जिकिर गरे । उनले भने- 'माओवादीले आफ्नै सेना समायोजन गर्न आफै समितिको नेतृत्वमा बस्नमिल्दैन ।' माओवादीबाहेक विशेष समितिमा जसले नेतृत्व गरेपनि आपत्ती नहुने बताए । माओवादीले सेनामा राजनीतिकरण गर्न खोजेको पन्तको आरोप थियो । छापामारलाई नेपाली सेनाबाहेकमा समायोजन गर्न उनलेपनि जोड दिए ।
  पन्तले नेपाली सेनाको प्रतिष्ठामा आंच पुर्याउने षड्यन्त्रहरु भइरहेको बताउदै भने- 'सेनामा विभाजन ल्याउने खेल भइरहेको छ त्यसो भए मुलुक बिखण्डन गर्नेहरुलाई ऊर्जा मिल्नसक्छ ।' सेनामा राजनीतिकरण गर्ने षड्यन्त्रलाई एमालेले चुप लागेर नहेर्ने बताउँदै पन्तले माओवादीले विद्रोही चरित्र नत्यागेको आरोपसमेतलगाए । पन्तको भनाई थियो- 'माओवादीले यस्तो व्यवहार नसुधारे एमाले सरकार छाडेर सडकमा आउनेछ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®