|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
"राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री,
गृहमन्त्री, अर्थमन्त्री र राज्य सन्चालनका अन्य पदहरु जनताको आदेश अनुसार
माओवादीले नै सम्हाल्न पाउनुपर्छ"
- प्रचण्ड Prachanda Photo: Sitaram काठमाडौं, June 15, 2008- गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपति मान्न माओवादी तैयार भैसकेको भन्ने नेपाली कांग्रेसको प्रचारलाई माओवादी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् । प्रचण्डले कोइरालालाई राष्ट्रपति बन्न-बनाउन जनताले संविधान सभा चुनावमा म्याण्डेट नदिएको बताउँदै सत्तालिप्सा नदेखाउन कांग्रेस र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आग्रहपनि गरेका छन् । 'चुनाव हारेको पार्टीका नेतालाई राष्ट्रपति बनाउनु भनेको जनताले संविधान सभा चुनावमा दिएको म्याण्डेटको अपमान गर्नु हो, हामी जनमतको अपमान गर्ने पक्षमा छैनौं' विभिन्न ७२ जिल्लाका गणतान्त्रिक मन्चहरुको बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने- 'राष्ट्रपति बारेको अडान छाडेर गिरिजाप्रसाद कोइराला वा अन्य कुनै व्यक्तिप्रति सकरात्मक भयौं भन्ने कुरा झूठो प्रचारमात्र हो, पुरानो पार्टी पुरानो नेता र पुरानो बिचार एबं मान्यता भएका मानिसहरुलाई कुनैपनि हालतमा राष्ट्रपति बनाइने छैन ।' आफ्नो पार्टीले सचेत हिसावले हिसाव किताव गरेर नै राष्ट्रपतिका सम्बन्धमा नयाँ प्रस्ताव ल्याएको बताउँदै प्रचण्डले निरन्तर गणतन्त्रकालागि लडेका मधेशी व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै गणतन्त्रबादी नेता रामराजाप्रसाद िसंहलाई नै राष्ट्रपति बनाउने अडानमा आफ्नो पार्टी रहेको कायम रहेको संकेत गरे । प्रचण्डले भने- 'निरन्तर गणतन्त्रकालागि लडेको राष्ट्रिय स्तरको मधेशी व्यक्तित्वलाई राष्ट्रपति बनाइयो भने मधेशलाई राष्ट्रिय भावना र राष्ट्रिय एकताबाट अलग्याउन खोज्नेका विरुद्ध लड्न सकिन्छ, यसबाट नयाँ राष्ट्रिय एकता जन्माउनपनि सकिन्छ र नेपाल टुक्र्याउन खोज्ने साम्राज्यवादी र विदेशी प्रतिकृयावादीहरुलाई जवाफपनि दिन सकिन्छ ।' सरकारका प्रमुख पदहरु माओवादीले सम्हाल्नुपर्ने जनादेश जनताले दिएको दावी गर्दै माओवादीले दिएका मन्त्रालयहरुमात्र कांग्रेस-एमालेले पाउने प्रचण्डले बताए । 'सरकारको टिम एकिकृत ढंगले माओवादीले सम्हाल्नुपर्छ भन्ने जनादेश जनताले निर्वाचनको माध्यमबाट दिएका छन् त्यसैले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री र राज्य सन्चालनका अन्य पदहरु जनताको आदेश अनुसार माओवादीले नै सम्हाल्न पाउनुपर्छ' कांग्रेस-एमालेप्रति निकै कडारुपमा प्रस्तुत भएका प्रचण्डले भने- 'कांग्रेस र एमालेले माओवादीले छाडिदिएको पदको जिम्मेवारीमात्र सम्हाल्ने हो जनताले कांग्रेस-एमालेलाई निर्वाचनको माध्यमबाट यही कुरा भनेका छन् ।' संविधान सभा निर्वाचनमा विजय हासिल गरेको माओवादीलाई सत्तामा पुग्न नदिने अन्तर्राष्ट्रिय स्तरको षडयन्त्र सुरु भएको बताउँदै प्रचण्डले ती षडयन्त्रलाई असफल पार्न माओवादी सक्षम रहेको बताए । माओवादी नेतृत्वमा सरकार बन्नासाथ जनतालाई परिवर्तनको महसुस हुने खालका कार्यक्रम ल्याउनेपनि उनले बताए । बृहद् शान्ति सम्झौता विपरित जनमुक्ति सेनाका हतियार बुझाउने र जनमुक्ति सेना विघटन गर्ने कांग्रेसको मागलाई अपराधको संज्ञा िदंदै प्रचण्डले चेतावनीको भाषामा भने- 'अझैपनि माओवादीलाई खेलाँची ठान्ने गरिएको छ, पछि जनताले यसको ब्याजसहित हिसावकिताव चुक्ता गर्नेछन् ।' उनले माओवादी पार्टी एकपछि अर्को बिजय हासिल गर्दै अघि बढेको पार्टी भएको स्मरणपनि गराए । उनले भने- 'यस्तो पार्टीसँग जिस्किन खोज्ने र खेलाँची गर्नेहरुले निकै ठूलो भूल गरिरहेका छन्' हामी यी दुष्प्रयत्नहरुलाई असफल पार्नेछौं र आफ्नो लक्ष्यमा पुगेरै छाड्नेछौं ।' प्रचण्डले माओवादीलाई सहजरुपले सत्ता नसुम्पे कांग्रेस र एमालेको नियतिपनि भूतपूर्व राजा ज्ञानेन्द्रकै जस्तो हुने चेतावनीपनि दिएका छन् । 'कांग्रेस र एमाले १० वर्षसम्म दरवारसँग मिलेर हामीलाई सिध्याउन खोजेकै हुन्ं, उनीहरु मिल्दापनि हामीले जित्दै आयौं' प्रचण्डले भने- 'अहिले त हामीलाई जनताले चुनावमै जिताएर पठाएका छन् यो स्थितिमा हामी विरुद्ध कोही लाग्यो भने उसकोपनि ज्ञानेन्द्रकै गति हुनेछ ।' जति लचक हुनुपर्ने हो माओवादी त्यति लचक भैसकेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनकालागि माओवादी आगामी तीन दिनसम्म लागिपर्ने र माओवादी नेतृत्वमा नयाँ सरकार गठन प्रकृया सम्भव नभएमा माओवादी मन्त्रीहरुको राजिनामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाइने बताए । 'हामीलेपनि छाडिदिएपछि यो सरकारको बैधानिकता रहनेछैन' प्रचण्डले भने- 'किनभने एमालेका मन्त्रीहरुलेपनि यसअघि नै राजिनामा गरिसकेका छन् त्यसपछि गिरिजाप्रसाद कोइरालालेपनि राजिनामा दिनुपर्ने हुन्छ ।' -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®