|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
लौ सुनौं प्रचन्डका नयाँ कुरा "ज्ञानेन्द्रलाई राजाकै रुपमा नारायणहिटीमा राख्ने निर्णयमा कांग्रेस र एमाले पुगिसकेका रहेछन्' -माओवादी अध्यक्ष प्रचण्ड 'संविधान सभा निर्वाचनमा हार्नेहरु गणतन्त्र घोषणाको त्यो दिन टार्न पाए हुन्थ्यो भन्दै थिए' गणतन्त्र घोषणापछि पार्टीद्धारा शहीद मन्चमा आयोजित बिजय सभालाई शुक्रबार सम्बोधन गर्दै आक्रोसित मुद्रामा माओवादी अध्यक्ष प्रचण्डले भने- 'हामीले निकै ठूलो पहल लिएपछिमात्र त्यो दिन गणतन्त्रको घोषणा सम्भव भएको हो, जनताले गणतन्त्रकालागि यत्रो जनादेश दिइसक्दापनि गणतन्त्र घोषणाकालागि हामीले अन्तिमसम्म लडाईं लडिरहनुपर्यो ।' राष्ट्रपतिको अधिकारसम्बन्धी बखेडा झिकेर नेपाली कांग्रेस र नेकपा एमाले गणतन्त्र घोषणालाई टार्न खोजिरहेको आरोप प्रचण्डको थियो । 'आफूले राष्ट्रपति नपाउने भए ज्ञानेन्द्रलाई राजाकै रुपमा नारायणहिटीमा राख्ने निर्णयमा कांग्रेस र एमाले पुगिसकेका रहेछन्' प्रचण्डले भने- 'हिजो हामीले राष्ट्रपतिको रुपमा घोषणा गरेर चुनाव लड्दा मलाई भित्ते राष्ट्रपनि भन्नेहरु माओवादीले चुनाव जितेपछि र्याल चुहाउन थालेका छन् । कतिसम्म भने राष्ट्रपतिको नारा लिएर चुनावमा गएको माओवादीलाई राष्ट्रपति बन्न नदिने बरु राजा राख्नेजस्तो निर्णयमा उनीहरु पुगेका रहेछन् त्यसैले लाखौं जनता गणतन्त्रको उत्सब मनाउन सडकमा निस्केका बेला हामीले १५ गते दिउसै गणतन्त्रको घोषणा गर्न सकेनौं ।' 'कांग्रेस र एमालेको घोषणा पत्र हेरियो भने राष्ट्रपति भन्ने शब्द मुस्किलले पाइन्छ अहिलेपनि उनीहरुको नशा र रगतमा राजाबाद छ, ज्ञानेन्द्रलाई हटाएपछि कांग्रेस र एमालेका नेताहरु छोटे राजा हुने दाउमा छन्' प्रचण्डले भने- 'हिजो अन्तरिम संविधान निर्माण गर्ने बेला हामीले राष्ट्रपतिको प्रस्ताव गर्दा राष्ट्रपति बन्न नचाहनेहरु अहिले त्यो पद कब्जा गर्न खोज्दैछन् । तर उनीहरु सफल हुनेछैनन् ।' कसैकोपनि बहुमत नआएको स्थितिमा सहमतिकालागि प्रधानमन्त्री नै राष्ट्राध्यक्ष हुने अहिलेकै व्यवस्था कायम राख्नुपर्ने माओवादीको अडान भएपनि गणतन्त्र घोषणाकालागि अन्तरिम राष्ट्रपतिमा सहमति जनाइएको उनले बताए । बिजय सभामा उपस्थित माओवादी नेताहरु 'तर यसको मतलब अरु कसैलाई राष्ट्रपति बनाउन हामीले सहमति जनाएका छौं भन्ने होइन, त्यस्तो सहमति भएको छैन र कदापि हुनेपनि छैन, जनताले चुनावमा हराएकाहरुलाई राष्ट्रपति बनाइदिने पक्षमा माओवादी छैन, चुनावमा हारेकाहरुलाई राष्ट्रपति बनाउनु जनताको मतको अपमान हुनेछ' प्रचण्डको भनाई थियो- 'राष्ट्रपतिको दाबी गर्ने नैतिक अधिकार माओवादीसँगमात्र छ, राष्ट्रपतिको हकदार माओवादीमात्र हो । किनभने माओवादी संविधान सभाको सबैभन्दा ठूलो पार्टीमात्र होइन कांग्रेस र एमालेको कूल उचाई भन्दापनि अग्लो पार्टी हो, यी दुई पार्टीको सिट संख्या जोड्दापनि माओवादी बराबर पुग्दैन । यो स्थितिमा राष्ट्रपति माओवादी नै बन्छ, अरुलेसहमतिका नाममा राष्ट्रपतिको दाबी गर्न सुहाउँदैन ।' शहीदको सम्झनामा मुठ्ठी उठाउँदै कार्यक्रममा सहभागीहरु Photos: Sitaram संविधान सभा बैठकको पहिलो बैठकमै गणतन्त्र घोषणा गर्न कांग्रेस र एमालेले सिर्जना गरेको बखेडाबारे संविधान सभामै सभासद्हरुलाई आफूले जानकारी दिन चाहेको तर बैठक ढिलो भएका कारण भन्न नसकिएको बताए । 'गणतन्त्र कार्यान्वयन गर्न नदिन त्यसदिन कस्ता षडयन्त्र भए भन्ने जानकारी नेपाली जनतालाई दिन खुल्ला मन्चमा यो कार्यक्रमको आयोजना गरेका हौं' उनले भने- 'गणतन्त्र घोषणा गर्न नदिन अन्तिम समयसम्मपनि कांग्रेस र एमालेले खेलेको घिनलाग्दो खेलको प्रभाव पचासौं वर्षसम्म रहनेछ ।' त्यसदिन बरु राजाबादीहरुले गणतन्त्रको पक्षमा मतदान गरेर उदारणीय काम गरेको उनको भनाई थियो । स्मरणीय छ, राजावादी भनी चिनिएका राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीका सभासद्हरुलेपनि गणतन्त्रकै पक्षमा मतदान गरेका थिए । कांग्रेसभित्रै राजावादी भनेर चिनिएका तथा संविधान सभाको अध्यक्षता गरेका जेष्ठ सदस्य कूलबहादुर गुरुङ्गप्रति लक्ष्यित गर्दै उनले भने- 'राजावादीहरुले नै गणतन्त्र कार्यान्वयन भएको घोषणा गरे, विश्वको इतिहासमा नौलो घटना हो । त्यसैले गणतन्त्र घोषणामा राजावादीहरुपनि धन्यवादको पात्र छन् तर गणतन्त्र रोक्न कांग्रेस र एमालेले अन्तिमसम्म पनि प्रयत्न गरे यो कुरा सुनाउनु पर्दा हामीलाई खेद लागेको छ ।' अन्तरिम संसद निर्माण गर्दा सरकार गठन र हटाउनकालागि दुई तिहाई बहुमतको प्रावधान राख्ने कांग्रेस र एमाले अहिले त्यो प्रावधान हटाउन लागिपरेकोमापनि प्रचण्डले आश्चर्य प्रकट गरे । चुनावी परिणाम आउनुअघि कांग्रेस र एमाले सो प्रावधान हटाउने पक्षमा नरहेको बताउँदै उनले माओवादीले चुनाव जितेपछि संविधान संसोधनको माग गरेर कांग्रेस र एमाले अस्थिरता सिर्जना गर्न पुरानै संसदीय खेलमा लागेको दावी गरे । प्रचण्डको भनाई थियो- 'संविधान संसोधन गरेर साधारण बहुमत राखिनु भनेको सांसद किनबेच गर्ने सरकार बनाउने र ढाल्ने पुरानै खेल दोहोर्याउने षडयन्त्र हो, जनताका प्रतिनिधिहरुलाई खरिदबिक्री गर्ने प्रावधान राख्ने पक्षमा हामी छैनौं ।' 'संविधान सभा हिजोको संसद होइन यो नयाँ चिज हो' उनले दोहोर्याए- 'तर कांग्रेस र एमाले भने पुरानै सोचाईमा छन्, बुद्धिपनि पुरानै छ, कुकुरको पुच्छर बार्ह बर्ष ढुङ्ग्रामा राखेपनि जस्ताको तस्तै भन्ने उखान उनीहरुमा लागु भएको छ ।' काग्रेस र एमालेको यस्तै बुद्धिका कारण नेपाल र नेपाली जनता पछि परेको भनाई प्रचण्डको थियो । प्रचण्डले चुनाव हारिसकेपछिपनि कांग्रेस सत्ता छाड्ने र चुनाव जित्ने दललाई सत्ता हस्तान्तरण गर्ने पक्षमा कांग्रेस नदेखिएको बताउँदै यस्तो व्यवहारबाट विश्व सामु नेपाल बदनाम हुन पुगेको बताए । 'कस्तो अचम्म ! हरुवाहरु जितेको नाटक गर्न थालेका छन्' प्रचण्डले भने- 'हामीलाई फेरिपनि घेर्न खोज्दैछन् तर कसले कसलाई घेर्दोरहेछ हेर्दै जानुहोला ।' अनेक बहानामा माओवादीलाई सत्ताबाट रोक्ने खेल हुन थालेको बताउँदै प्रचण्डले अबपनि नयाँ सरकार बन्ने बाटो खुला नगरिए माओवादीले बिद्रोहको आँधिबेहरी सिर्जना गर्ने चेतावनी सो बिजय सभामार्फत दिए । 'अहिलेसम्म हामीले गणतन्त्र भनेका छौं चुनावमा बिजय हासिल गरेको दुई महिना बित्न लागेपनि धैर्यता साँधिरहेका छौं तर बखेडा जारी रहे हामीलाई चुनाव जिताउने जनता सडकमा ओर्लनेछन्' उनले भने- 'त्यो बेला जनताले जनगणतन्त्रको घोषणा गर्नेछन् र माओवादीलाई सत्ताको बागडोर सुम्पनेछन् ।' ज्ञानेन्द्रको कुबुद्धिले गर्दा जेठ १५ गते आएको बताउँदै प्रचण्डले कांग्रेस र एमालेको बुद्धि नसप्रे 'अर्को जेठ १५' आउने र त्यसले ज्ञानेन्द्रलाई झैं कांग्रेस र एमालेलाईपनि बढार्ने चेतावनी दिए । माओवादी जनसेना र हतियारको व्यवस्था कसरी भन्ने कुरा बृहद शान्ति सम्झौतामा उल्लेख भएको बताउँदै जनसेना विघटन र हतियार नष्ट गर्ने वा सरकारलाई बुझाउने कांग्रेसका शर्त उसैकालागि घात सिद्ध हुने चेतावनी दिए । 'सहमति भैसकेका विषयमा उल्टा कुरा नगर्नुस्, सबै कुराको सहमति यसअघि भैसकेको छ' चेतावनीको भाषामा उनले भने- 'आफै सम्मिलित भएर गरेका निर्णय उल्ट्याएर माओवादीलाई भुङ्ग्रोमा पार्न खोज्नुभएको होला । अब हामी होइन नेपाली जनताको भुङ्ग्रोमा तपाईंहरु पर्नुहुनेछ । चुनावपछि तपाईंहरुको एक एक ब्यवहार नेपाली जनताले निगरानी गरिरहेका छन् । जनताको फैसलालाई उल्ट्याउन खोज्दा व्यहोर्नुपर्ने परिणामजस्तो दर्दनाक अरु कुनै हुनेछैन धेरै मुर्खना नगर्नुहोला ।' राजनीतिक घटनाक्रमलाई सहज ढंगले अघि बढ्न नदिए, माओवादीलाई सहज ढंगले सत्ता नसुम्पे र अनेक बखेडा निकालिरहे जनताले माओवादको पक्षमा आयोजना गर्ने बिद्रोहमा सेना र प्रहरीको साथ रहने उद्घोषपनि उनले गरे । 'मैलेपनि उनीहरुको मानसिकता बुझिसकेको छु' उनले भने- 'चुनाव हारेकाहरुलाई सेना प्रहरीले साथ दिनेरहेछन् कि जितेकालाई- त्यो जनबिद्रोह भएपछि देखिनेछ ।' संविधान सभा बैठकको पहिलो दिन विभिन्न जातजाति आ-आफ्नो भेषभूषामा सजिएर आएको घटनाले आफूलाई गौरवान्वित बनाएको बताउँदै संविधान सभालाई समावेशी बनाउन माओवादीको योगदान रहेको दावी प्रचण्डले गरे । 'यति समावेशी प्रकृतिको सभा विश्वका कुनैपनि देशमा पाइन्न' प्रचण्डले भने- 'हाम्रो लडाईंले यो सम्भव भएको हो, समावेशी चरित्र हामीले ल्याएको भनेर अरु कसैले दावी नगरे हुन्छ ।' प्रचण्डले माओवादीले संविधान सभामा ऐतिहासिक जीत हासिल गरेपनि दम्भ प्रदर्शन नगर्न कार्यकर्तालाई चेतावनी दिए । 'सबैलाई हेरिसक्यौं अब एक चोटि माओवादीलाई हेरौं भनेर जनताले हामीलाई जिताएका छन्' प्रचण्डले भने- 'यदि हामीले दम्भ प्रदर्शन गर्यौं, सुख सुविधामा भुल्न थाल्यौं भने हाम्रो हालत कांग्रेस र एमालेको भन्दा गएगुज्रेको हुनेछ ।' उनले गाउँ-गाउँमा गएर जनताको पक्षमा काम गर्नपनि आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे । माओवादीसँग एकता प्रकृयामा रहेको नेकपा एकता केन्द्र-मसाल का महासचिव नारायणकाजी श्रेष्ठ 'प्रकाश' लेपनि सो बिजय सभालाई संबोधन गरेका थिए । सामन्तबादको प्रतिकको रुपमा रहेको राजतन्त्रको अन्त्यपछि अब विदेशी हस्तक्षेपबिरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको उनले बताए । 'संक्रमण र राजनीतिक तरलताको स्थितिमा विदेशी हस्तक्षेप बढ्छ' उनले भने- 'गणतन्त्रको नारा लगाइरहँदा हामीले राष्ट्रियताको नारापनि उत्तिकै जोडका साथ लगाउनुपर्छ ।' चुनावमा माओवादीले बिजय हासिल गरेकाले माओवादीको नेतृत्वमा संयुक्त सरकार बन्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको प्रकाशले बताए । माओवादीलाई सरकार गठनको नेतृत्व गर्न नदिइए जनता बिद्रोहको मनस्थितिमा रहेको उनको ठहर थियो । बरिष्ठ माओवादी नेता डा. बाबुराम भटराईको सभापतित्वमा भएको सो बिजय सभामा पार्टीका सचिवालय सदस्य बर्षमान पुन मगर 'अनन्त' र महिला नेतृ अमृता थापा मगरलेपनि बोलेका थिए । 'हिजोसम्म जनताले दाम राखेर राजा महाराजालाई ढोग्नुपर्ने बाध्यता थियो' माओवादी नेता अनन्तले भने- 'जनताको छोरो राष्ट्रपति बन्ने युगको सूत्रपात भएकोछ, अब हिजोका राजा महाराजाहरुले राष्ट्रपति बन्ने जनताको छोराछोरीलाई ढोग्नुपर्नेछ ।' महिला नेतृ एबं सभासद् अमृता थापामगरले संविधान सभा जनताको सहभागितामा नयाँ संविधान निर्माण गर्न बनेको बताउँदै कांग्रेस र एमाले भने अन्तरिम संविधानलाई संसोधन गरेर काम चलाउने योजनामा रहेको आरोप लगाइन् । सो सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बृषबहादुर शाही नेकपा माओवादीमा प्रबेश गरेका थिए । माओवादी विजय र गणतन्त्र घोषणाको उल्लासमा हजारौं माओवादी कार्यकर्ताहरु नाचगान गर्दै सभास्थल शहीद मन्च पुगेका थिए । कार्यक्रम चलिरहेका बेला सभास्थल बाहिर कम क्षमताको बम विस्फोट भएको थियो । सो विस्फोटनको जिम्मा रणवीर सेना नामक संस्थाले लिएको छ । कार्यक्रम स्थलमा भने माओवादीको युवा संगठन योंग कम्युनिष्ट लिगले सुरक्षाको कडा व्यवस्था गरेको थियो । -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®