Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी छापामारहरुले २२ मध्ये ७ महिनाकोमात्र भत्ता पाए

काठमाडौँ, September 6, 2008- लोकतन्त्र ल्याउनकालागि ज्यानको बाजी थापेर लड्ने जनयुद्ध र जन आन्दोलनका घाइतेहरुकालागि खुसीको खबर छ ।

जनयुद्ध र जनआन्दोलनका दौरान घाइते र विस्थापित भएकाहरुकालािग सरकारले विशेष राहत कार्यक्रम ल्याउने भएको छ । शान्ति तथा पुनस्र्थापना मन्त्री जनार्दन शर्मा 'प्रभाकर' ले शनिवार आयोजित साक्षात्कार कार्यक्रममा यो कुराको जानकारी दिएका छन्।

'जनआन्दोलनका घाइतेको उपचारका लागि सरकारले व्यवस्था गर्नेछ, उनीहरुका बालबच्चाको पठनपाठनको जिम्मेवारीपनि अबदेखि सरकारले नै लिनेछ' मन्त्री शर्माले भने- 'माओवादी छापामारलाई दशैं अगावै यसअघि दिन बांकी सहितको तलबभत्ता दिइनेछ ।' माओवादी छापामारहरुले शिविरमा विताएका २२ मध्ये हालसम्म ७ महिनाकोमात्र भत्ता पाएका छन् ।

जनमुक्ति सेनाको डेपुटी कमाण्डरसमेत रहेका मन्त्री शर्माका अनुसार तलबभत्ता उपलब्ध गराउन प्रकृयाको सुरुवात भैसकेको छ । माओवादी छापामारहरुको व्यवस्थापनकालागि आफ्नो संयोजकत्वमा समिति गठन गरिएको बताउँदै उनले नयाँ राष्ट्रिय सेनाको निर्माण र त्यसमा नेपाली सेना एबं जनमुक्ति सेनाको समायोजनकालागि छिट्टै समिति बन्ने उनको भनाई थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले २९ भदौबाट गर्ने भारत भ्रमणका दौरान सन् १९५० को 'असमान सन्धि' बारे कुरा उठाउने बताउँदै मन्त्री शर्माले नयां परिस्थितिमा नयां आधारको सम्बन्ध स्थापना गर्नेबारे भारतमा विशेष कुराकानी हुने बताएका छन् । उनको कथन छ-'भारतसंग सन् १९५० मा भएको सन्धी पुनरावलोकन गर्नुपर्छ प्रधानमन्त्रीले भारत भ्रमणका दौरान त्यसबारे कुरा उठाउनुहुनेछ ।'

नेपाली जनतालाई परिवर्तनको अनुभूति दिलाउन सरकारले शान्ति अभियान थाल्न लागेको जानकारी िदंदै उनले यसक्रमा देशभर हजारौं युवा परिचालन गरेर शान्ति अभियान चलाइने बताए । शहरदेखि गाउँसम्म शान्ति मन्त्रालयले आफू मातहतका संयन्त्र परिचालन गर्ने र जनगुनासो संकलन गरेर संविधान सभा बैठकसम्म ल्याउने उनको भनाई थियो ।

-Sitaram Baral in Kathmandu








   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®