|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीले अघी सारेको
नयाँ सरकार बनाउने प्रस्ताबहरु के के हुन्? काठमाडौं, May 26, 2008-माओवादीले राष्ट्रपतिय अधिकार सहितको प्रधानमन्त्री आफ्नो दलले पाउनु पर्ने र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई २५ दलको राजनितिक संरक्षकको रुपमा राख्ने प्रश्ताव गरेको छ । माओवादीले संविधानसभा चुनाव अघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राष्ट्रपतिको रुपमा अघि सारेको थियो । संविधानसभाबाट सबै भन्दा ठूलो दल बनेको नेकपा माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रश्ताव गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जेठ ११ गते सरकार बनाउन पहल गर्न औपचारिक आव्हान गरेको भोलि पल्ट बसेको माओवादी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। जेठ १३ गते बस्ने प्रमुख तीन दलको बैठकमा प्रस्तुत गर्न लागिएको प्रश्तावमा माओवादीले तीन विकल्प अघि सारेको छ । पहिलो विकल्पमा माओवादी नेतृत्वमा सरकार बनाउने र त्यसको लागि सहयोग गर्न अन्य दलहरुलाई आग्रह गर्ने, दोस्रो सहमती नभए माओवादीको एकल सरकार बनाउने र तेश्रो सहमती बन्न नसकेमा प्रतिपक्षमा बसेर सघाउने निर्णय गरिएको छ । माओवादीको उक्त प्रश्ताव अनुसार सरकारमा माओवादी, काँग्रेस, एमाले, फोरम र तमलोपा गरी ५ दल सहभागी हुनेछ । वर्तमान सरकारको नेतृत्व गरी रहेको दोस्रो ठूलो दल काँग्रेसलाई उपप्रधानमन्त्री दिने र उपप्रधानमन्त्री नलिए संविधान सभाको अध्यक्ष दिने माओवादी प्रश्ताव छ । तेस्रो ठूलो दल एमालेलाई उपप्रधानमन्त्री र संविधानसभा अध्यक्ष मध्ये एक पद दिइनेछ । अन्तरिम सरकारमा आफूले पाएका मन्त्रालय काँग्रेसलाई दिने र काँग्रेसले लिएका मन्त्रालय आफूले पाउनु पर्ने प्रश्ताव माओवादीले प्रश्तुत गर्दैछ। प्रश्तावमा नेकपा एमालेलाई पहिलाकै मन्त्रालय तथा फोरम र तमलोपालाई सात दलीय गठबन्धनका साना घटकले पाएको मन्त्रालय दिइने उल्लेख छ । माओवादी, काँग्रेस र एमालेको जेठ १२ गते बालुटारमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि माओवादीलाई सहमतीको मस्यौदा ल्याउन भनिएको थियो । बैठकमा काँग्रेस र एमालेले संविधान संशोधन हुनु पर्ने र माओवादीले संविधान संशोधन नगरी सरकार बनाउनु पर्ने अडान राखेका थिए । सरकार गठन र विघटन गर्न आवश्यक दुई तिहाईको संवैधानिक प्रावधान हटाउँदा सरकार अस्थिर हुने तथा संक्रमण काल हटाउन र नयाँ संविधान बनाउन स्थायी सरकार चाहिने माओवादीको तर्क छ । काँग्रेस र एमालेले दुई तिहाईको यो प्रावधानले निरंकुशता जन्मन सक्ने दाबी गरेको छ । काँग्रेसले सहमतीको लागि भनेर अघि सारेको सम्पक्ति फिर्ता, माओवादी भातृसंगठनमा सुधार लगायतका सात बुँदालाई माओवादीले काँग्रेसको वार्गेनिङ टुल मात्रै भएको बुझेको छ । -Santa Bagam Magar in Kathmandu - यसै बिच, सत्ता छाड्नुपर्ने स्थितिमा रहेको कांग्रेस र सत्ताको नेतृत्व गर्न लागेको माओवादीबीचको सम्बन्धमा चिसोपना आएपनि माओवादी र एमालेबीच भने भित्री सम्बन्ध केही कसिलो भएको बुझिएको छ । श्रोतका अनुसार आइतबार बसेको एमाले केन्द्रीय सचिवालयको आइतबारको बैठकले माओवादी ज्यादतिका विरुद्धमा गर्ने भनेको प्रदर्शन स्थगित गरेको छ भने सरकारमा जाने निर्णयसमेत गरेको बताइएको छ । सरकारमा एमालेको तर्फबाट संविधान सभा दलका उपनेता विष्णु पौडेलले नेतृत्व गर्ने र मन्त्री परिषद्मा किरण गुरुङ्ग, सुरेन्द्र पाण्डे, राधा ज्ञवाली, लालबाबु पण्डित वा प्रद्युम्न चौहान आदिलाई पठाउने आन्तरिक निर्णय गरेको एमाले निकट श्रोतले बताएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®