Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल
































































































































































































News from Nepal: नेपाली खबरहरु


Govindaraj Joshi, KP Oli, Ishwar Pokharel, Pradip Nepal, Vijaykumar Gachchhadar & Sujata Koirala.

क-कस्ले घर ठड्‍याए, क-कस्ले पजेरो चढे?

काठमाडौं, April 19, 2008-बिदेसमा मरि मरि काम गर्ने नेपालीले काठमाडौंमा घर बनाउन हम्मे पर्छ। तर नेपालमा जनताको राजनीति गर्ने नेताहरुले एक एक होइन दुइ-चारवटा घर कसरी ठड्‍याए? एमाले र काङ्रेसका भ्रष्ट नेताहरुको हार 'माओवादी भर्सेस खाओबादी' मा किन परिणत भयो? पढ्नुहोस् हाम्रा सम्पादन सहयोगी सिताराम बरालको बिशेष रिपोर्ट:

लोकतान्त्रिक आन्दोलन सफल भएको तीन महिना नपुग्दै भ्रष्टचारसम्बन्धी मुद्धा हेर्ने विशेष अदालतले २०६३ असारमा लोकतन्त्रकै हुर्मत लिने खालका निर्णयहरु धमाधम गर्यो । र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेका केही पात्रहरुलाई विशेष अदालतले मुद्धा जिताइदियो । सारा जनताले भ्रष्टाचारी भनेर चिनेका खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुले मुद्धा जिते ।

भ्रष्टाचारको प्रमाण खोजेर मुद्धा दायर गर्ने अख्तियारले प्रमाण पुर्याउन नसकेको भन्दै विशेष अदालतले अख्तियारलाई हराएको थियो । मुद्धा खुमबहादुरहरुले जितेका थिएनन् नेपालमा मौलाउँदै गरेको भ्रष्टाचारी प्रबृत्तिले जितेको थियो । र मुद्धा एक्लो अख्तियारले हारेको थिएन भ्रष्टाचारको विरुद्धमा रहेका नेपाली जनताले हारेका थिए । जनता निराश भए ।

फैसलाको भोलिपल्ट काठमाडौंका केही हाँस्यव्यङ्गकर्मी कलाकारहरुले पानीमा रुझ्दै एउटा मलामी-जुलुश निकाले । र पशुपति आर्यघाटतिर लागे । जुलुशले विशेष अदालतलाई लासको रुपमा बॊकेको थियो । त्यहाँ शोकधुनपनि बजाइएको थियो । शोकधुनको बोल थियो- 'गोविन्द जय जय', 'खुमबहादुर जय जय', 'यो देशमा अब सज्जनका दिन गए ।' त्यो जुलुश भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई नै जिताउने नेपालको न्याय प्रणालीविरुद्धको व्यङ्ग थियो ।

तर नेपाल न हो, यहाँ जसरी शासन सत्तामा बस्नेहरुले जनताको कुरा सुन्दैनन् त्यसैगरी न्यायाधिसको कुर्चीमा बस्नेहरुले सजाय भोग्नुपर्नेहरुलाई सजायको फैसला गर्दैनन् । विशेष अदालतका हर्ताकर्ताहरुले 'शोक जुलुश' आफैलाई गरेको व्यङ्गको भाषा कि बुझेनन् कि त बुझेरपनि बुझ पचाए । अदालतबाट त्यसपछिपनि चिराजीवी वाग्लेलगायतका भ्रष्टाचारको आरोप लागेकाहरुलाई चोख्याउँदै गयो ।

तर जनताको अदालतले भने उनीहरुलाई दोषी ठहर गरेको छ । भ्रष्टाचार विरुद्धको न्यायिक अदालतमात्र होइन राजनीतिक पार्टीहरुको अदालतबाटसमेत सफाइ पाएर जनतासँग भोट माग्न पाएका चिराजीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्का, इश्वर पोखरेल, प्रदीप नेपाललगायतका अधिकांस भ्रष्ट नेताहरु यो चुनावमा पराजित भएका छन् भने आफ्‍नो भ्रष्टाचारी छवि लुकाउन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर बिजय गच्छदार जस्ता भ्रष्‍ट विजयी बन्न पुगेका छन्।

जनताले भ्रष्ट भनेर चिनेकाहरुलाई पार्टीको तर्फबाट टिकट दिने र भ्रष्टाचारी प्रबृत्तिको संरक्षँण गर्न मूल जिम्मेवार एमाले महासचिव माधव नेपाल र कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले समेत यो चुनावमा नमीठो पराजय भोग्नु परेको छ । जनताको अदालतभन्दा शक्तिशाली अदालत हुँदो रहेनछ भन्ने कुरा यो चुनावले प्रमाणित गरेको छ ।

भ्रष्टहरु नै पार्टीका प्यारा

भ्रष्टाचारी नेताहरुलाई राजनीतिक पार्टीहरुले कार्वाही गरेर जनताको विश्वास जित्नु त परै जाओस् बरु उनीहरु नै यो चुनावमापनि पार्टीका प्यारा भए । अदालतले सुनपानी छर्केपनि जनताले भ्रष्टाचारी भनेर चिनेकाहरुलाई एमाले, कांग्रेसजस्ता ठूला पार्टीहरुले उनीहरुलाई चुनावमा उम्मेदवार बनाइदिए । यो जनताप्रति घात गर्नेहरुलाई जनताले बदला लिने मौका बन्‍यो ।

करोडौं कमाएका र जनताले भ्रष्टाचारी भनेर चिनिएका नेपाली कांग्रेसका खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरन्जीवी वाग्ले थिए भने एमालेका खड्क (केपि) ओली, इश्वर पोखरेल, प्रदीप नेपाल आदि थिए । तनहुँका गरिव जनताको मतबाट जितेर आएका जोशीले अमेरिकामा पेट्रोल पम्प खोलेको जनताको आँखामा लुकेको थिएन । चिराजीवी वाग्लेका छोरा देबेन्द्र वाग्लेले एक आनाको एक करोड पर्ने पाँच आना जग्गा ठमेलमा किन्न सकेको पर्यटन व्यवसाय गरेरमात्र हो भनेर जनताले पत्याउन सक्ने अवस्था थिएन ।

आफूलाई सर्वाहारा पार्टीको नेता बताउने इश्वर पोख्रेलले धुम्बाराहीमा र प्रदीप नेपालले महाराजगन्‍ज र मातातीर्थमा सुन्दर महलहरु कसरी बनाए भन्नेपनि जनतालाई थाहा थियो । एमाले महासचिव माधव नेपालको कोटेश्वरको महल उनकी श्रीमति गायत्री नेपाललाई विहेमा दिएको दाइजोबाट बनेको हो भनेपनि अरु भ्रष्टाचारीलाई बोकेकाले उनको कुरा जनतालॆ पत्याएनन् । केपी ओलीले भक्तपुरको दधिकोटमा बनाएको सुन्दर महल उनकी श्रीमतिको जागिरबाट बनेको हो भन्ने कुरामापनि जनतालाई पत्यार लागेन ।

माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धले नेपाली जनतामा जति चेतना ल्यायो ८ वर्षअघि ०५६ सालसम्म नेपाली जनतामा यति चेतना आइसकेको थिएन । 'यिनीहरु आफ्‍‍ना नेता होइनन्' भन्ने जनतालाई नलागेको होइन । जनताले छनौट गर्नसक्ने नेताहरु थिएनन् । त्यसैले जनताले 'चोरहरुहरुको हुलबाट सबैभन्दा असल चोर छान्नु परेको' भन्ने चर्चा त्यतिबेलै चलेको थियो ।

भ्रष्टाचारकैकारण गोविन्दराज जोशी, चिराजीवी वाग्लेहरु पार्टी महाधिवेशनमा केन्द्रीय समितिको चुनावमा पराजित भएका थिए । एमालेभित्रपनि इश्वर पोखरेल, केपी ओलीजस्ता नेताहरुको विरोध हुन थालेको थियो । तर पार्टी पंक्तिबाट विरोधका बाबजुद उनीहरुलाई फेरि टिकट दिइयो । जोशीको गृहजिल्ला तनहुँका कार्यकर्ताहरुले पार्टी केन्द्रको विरोध गरे । तर उनीहरुको कुनै सुनुवाई भएन ।

पार्टी केन्द्रले चुनाव दिएर पठाएपछि यी भ्रष्ट नेताको चुनाव प्रचारका क्रममा अत्यन्त रोचक घटनापनि घटे । यसमध्ये तनहुँमा घटेको एउटा घटना उल्लेखनीय छ । तनहुँ- १ का उम्मेदवार जोशीको प्रचारकालागि सो क्षे‍‍त्रको गजौंडे भन्ने स्थानमा चैत्रको दोश्रो हप्ता एक सभाको आयोजना गरिएको थियो । उनको पक्षमा भोट माग्न गाउँमा प्रतिष्ठित मानिने नेका समर्थक अवकासप्राप्त शिक्षक रुपबहादुर अधिकारीलाई बोलाइयो ।

जोशीको पक्षमा भोट माग्न बोलाइएका अधिकारीले उल्टो जोशीको मुख रातो हुने गरी बोले । उनले भनेका थिए- 'जोशीजीलाई जनताले भ्रष्टाचारी भनेर चिन्छन् । उनीमाथि राजतन्त्र जोगाउन खोजेको आरोप छ । यस्ता मान्छेलाई किन पार्टीले टिकट दिएको होला भनेर जनताले हामीलाई प्रश्न सोध्छन् । हामीले के जवाफ दिने? भोट दिने जनता यहाँ छन् त्यसैले जवाफ तपाईं आफैले दिनुहोस् ।'

जोशीको पक्षमा बोल्न बोलाइएका गुरुले प्रतिकूल भाषण गरिदिएपछि कांग्रेससम्बद्ध महिला संघकी अध्यक्ष रामप्यारी आलेलाई बोल्न लगाइयो । उनलेपनि उस्तै कुरा बोलिन्- 'पार्टीले यस्तो उम्मेदवार उठायो कि उहाँ जोशी को पक्षमा बोल्दा उल्टै हाम्रो पो इज्जत जाने भयो । त्यसैले जनतालाई के भनेर चित्त बुझाउनु पर्ने हो जोशी आफैले बुझाउनुस् । हामी तपाईंको पक्षमा बोल्न सक्ने स्थितिमा छैनौं ।'

माओवादी भर्सेस खाओवादी

१६ वर्ष शासन गरेका संसदवादी पार्टीका अधिकांस उम्मेदवारहरुले यसरी जनताको आक्रोसको सामना गर्नुपर्यो । संविधान सभा निर्वाचनमा एकातिर १० वर्षे जनयुद्धको क्रममा गाउँमा जनताकै सुखदुखमा बिताएका गरिव माओवादी उम्मेदवारहरु खडा थिए भने अर्कातिर महल र पजेरो जोडेका उम्मेदवाहरु खडा भए । संसदवादी पार्टीबाट असल र इमान्दार नेतापनि नउठेका होइनन् । तर उनीहरुको मूल नेतृत्व भ्रष्टाचारमा मुछिएकाले त्यसको शिकार इमान्दारहरुपनि बन्नुपर्यो । चुनाव 'माओवादी भर्सेस खाओवादी' मा परिणत भयो ।

झापामा एमालेका शीर्ष नेता केपी ओलीको पराजयको प्रमुख कारण यही थियो । उनले १४ हजार ९ सय ५९ मत पाए भने उनलाई पराजित गर्ने माओवादीका विश्वदीप लिङ्देनले १६ हजार ९९ मत पाए । उनले भक्तपुरको दधिकोटमा बनाएको भव्य महलको तस्वीरले उनलाई चुनावमा पराजित गरेको थियो । ०५१ मा मन्त्री भएलगत्तै उनले झापामै अर्को भव्य महल ठड्याइसकेका थिए ।

भ्रष्टाचार गर्ने र प्राप्त रकमबाट चुनाव जित्दै आएका गोविन्दराज जोशी प्राध्यापन पेशा छोडेर जनयुद्धमा होमिएका माओवादी उम्मेदवार सुरेश आलेमगरको निकटतम प्रतिद्धन्दीपनि हुन सकेनन् । माओवादी उम्मेदवार आलेले १७ हजार ७ सय ६६ मत पाए भने जोशीले १० हजार ७ सय ४४ मतमात्र पाए । दोश्रो स्थानमा रहेका एमालेका एकबहादुर रानाले १० हजार ५ सय ६६ मत पाए । जनअदालतले कति न्यायिक निर्णय गर्दो रहेछ भन्ने कुरा तनहुँ- १ को निर्वाचन परिणाम हेर्दा हुन्छ ।

सबैभन्दा शर्मनाक पराजय चिराजीवी वाग्लेको भएको छ । उनी करिव ३० हजार मतान्तरले गोर्खा- १ मा माओवादी उम्मेदवार पार्वती थापामगरबाट पराजित भएका छन् । उनलाई पराजित गर्ने माओवादी उम्मेदवारले त्यस क्षे‍‍त्रमा प्राप्त गरॆको मत देशभरिका उम्मेदवारले पाएको दोश्रो धेरै मत हो । उनले ४० हजार ६ सय ६ मत पाएकी छन् भने वाग्लेले ९ हजार १ सय २ मतमात्र पाएका छन् ।

भ्रष्चारको मुदा लागेका खुमबहादुर खड्काको हविगतपनि त्यस्तै भएको छ । ०५१ मा दाङ्गको विजौरीमा एमाले कार्यकर्तामाथि आफैले गोली चलाएर बुथ कब्जा गरेका खड्काले यसचोटि निकै ठूलो मतान्तरकासाथ चुनाव हारेका छन् । उनले १० हजार १ सय ७५ मतमात्र पाउन सकेभने उनलाई पराजित गर्ने माओवादीका थारु नेता इन्द्रजीत चौधरीले १८ हजार ९३ मत पाए ।


Shivaraj Gautam

०५१ मा खड्काले चलाएको गोलीबाट घाइते भएका शिवराज गौतम (हेर्नुहोस्, गोली लागी घाइते अवस्थामा अस्पतालमा रहेका गौतमको तस्वीर) ले पनि दाङ्ग- ४ बाट अत्याधिक मतले चुनाव जितेका छन् ।

एमालेका इश्वर पोखरेलका सम्बन्धमापनि एउटा रोचक कहावत छ । ०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनले लाखौं कमाएका थिए । ०५६ मा उनको घरबाट १० लाख रुपैयाँ चोरी भयो । तर उनले प्रहरीमा उजुरी गरेनन् । कारण चोरी भएको रकम कुन श्रोतबाट आयो भनेर प्रश्न उठ्छ भन्ने डर थियो । यो कुरा पार्टी पंक्ति हुँदै मतदातासम्म पुग्यो । उनीपनि कांग्रेसका गणतन्त्रबादी नेता नरहरि आचार्यबाट पराजित भएका छन् । एमालेको बलियो संगठन रहेको काठमाडौं- ५ का जनताले स्वच्छ छविका कांग्रेस उम्मेदवार आचार्यलाई १३ हजार २ सय ४५ मत दिएर विजयी गराए भने पोखरेलले ९ हजार १ सय २० मतमा चित्त बुझाउनु परेको छ ।

Pradip Nepal and his two houses in Kathmandu.

एमालेका प्रदीप नेपाललेपनि यस्तै हविगत भोग्नुपरेको छ । कुनै समय आफूले लगाउने कट्टु र मोजा किन्ने पैसा नहुँदा काठमाडौंका पूर्व मेयर केशव स्थापितसँग पैसा माग्ने नेपालले काठमाडौं- ५ को महाराजगन्‍जको अलवा काठमाडौं- १० को मातातीर्थमा पनि भव्य महल ठड्याइसकेका छन् । (हेर्नुहोस्, उनको दुई महलका तस्वीर) ।


काठमाडौं- ५ र काठमाडौं- १० मा घर बनाएका उनी काठमाडौं- १ मा एमाले उम्मेदवार बनेर गएपछि यसअघि एमालेले जित्दै आएको सो क्षेत्रका जनताले उनको सट्टा ०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान िसंहका पुत्र प्रकाशमान िसंहलाई विजय बनाएर पठाएका छन् ।

धमिजा लाउडा काण्डमा मुछिएकी प्रधानमन्त्री कोइराला पुत्री सुजाता त अझ दोश्रो स्थानमापनि आउन सकिनन् । उनी सुनसरी- ५ मा फोरम अध्यक्ष उपेन्द्र यादवबाट भारी मतान्तरले पराजित हुँदै तेश्रो‍ स्थानमा पुगिन् । विजेता यादवले २३ हजार ९ सय ३९ मत पाए भने दोश्रो स्थानमा रहेका एमालेका महमद महफुल अन्सारीले ९ हजार ५ मत ल्याए । सुजाताले भने ८ हजार ८ सय ८५ मतमात्र पाइन् । चुनाव परिणामले सुजाताको राजनीतिक जीवनलाई समाप्तिको दिशातिर धकेलेको छ । भ्रष्टाचार गरी कमाएको पैसा बाँडेरपनि उनले चुनाव जित्न सकिनन् ।

नेताहरुलाई शिक्षा

पार्टी नेतृत्व सम्हालेरपनि भ्रष्टाचार रोक्न नसक्नेहरुले यो चुनावमा शर्मनाक पराजय भोग्नुपरेको छ । एमाले महासचिव माधव नेपाल रौतहट- ६ र काठमाडौं- २ दुबै निर्वाचन क्षेत्रमा पराजित भएका छन् । काठमाडौं- २ मा माओवादीका झक्कु सुवेदीले १३ हजार ८ सय ५८ मत ल्याएर उनलाई पराजित गरेका छन् भने सबैभन्दा सचेत मानिएको काठमाडौंको सो निर्वाचन क्षे‍त्रमा महासचिव नेपालले १२ हजार ३ सय २५ मतमात्र पाएका छन् ।

रौतहटमापनि महासचिव नेपालले यस्तै स्थिति भोग्नु परेको छ । त्यहाँ वाईसीएलका जिल्ला अध्यक्ष रहेका माओवादी उम्मेदवार देबेन्द्र पटेलले १० हजार १ सय ३३ मत ल्याई महासचिव नेपाललाई पराजित गरेका छन् भने नेपालले ८ हजार ९ सय ८६ मत ल्याएका छन् । गृहजिल्ला रौतहटमा वाइसीएल अध्यक्षबाट पराजित नेपाल आफ्‍नो हारको वास्तविक कारण खोज्नुको सट्टा 'वाइसीएल' विघटन गर्न दबाब िदंदैछन् ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको चुनावी हविगत एमाले महासचिव नेपाल भन्दा अझ बढि गएगुज्रेको देखिएको छ । उनी आफै भ्रष्टाचार त गर्दैनन् । तर खुमबहादुर खड्का, गोविन्दराज जोशीलगायतका भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिने काम उनीबाट हुँदै आएको छ । त्यसको परिणाम उनले बाँके- ३ मा भोगेका छन् जहाँ उनी तेश्रो स्थानमामात्र आउन सके । त्यहाँ मधेशी जनअधिकार फोरमबाट विजयी हुने सर्वदेश ओझाले १७ हजार ९ सय मत पाएका छन् भने दोश्रो स्थानमा रहेका माओवादी उम्मेदवार परमानन्द बर्माले ६ हजार ९ सय ७० मत पाएका छन् । कोइरालाले भने ५ हजार ९ सय ६९ मतमात्र पाएका छन् ।

Maoist leaders with sanddles

०४८ को चुनावमा चिल्ला सुकिला पन्‍च नेताका सट्टा चप्पल लगाएका कांग्रेस-एमालेका उम्मेदवारहरुलाई जनताले प्रतिनिधि सभामा विजयी बनाएर पठाएका थिए । यस पटकको चुनावमा जनताले कांग्रेस-एमालेका चिल्ला सुकिला नेताहरुलाई हराएका छन् । उनीहरुको स्थान जनताको बीचमा बसेर संघर्ष गरेका उनीहरुको घरदैलो चाहरिरहने र चप्पल लगाएर िहंड्ने माओवादीका उम्मेदवारले लिएका छन् । (हेर्नुहोस्, तस्वीर मकवानपुरमा माओवादीबाट विजयी कुमारी मोक्तान लगायतका उम्मेदवारहरु चप्पल लगाएर उपस्थित छन्)

जनता भनेको नेताहरुका शिक्षक हुन् । उनीहरुले ०४८ मा जुन सबक पन्‍चायती नेताहरुलाई दिएका थिए त्यस्तै सबक कांग्रेस, एमालेका नेताहरुलाईपनि यसपटक सिकाए । यो सबक भावी चुनावका लागि माओवादीलाई पनि हो । चप्पल लगाएर काठमाडौं आउन लागेका माओवादीका प्रतिनिधि सभा सदस्यहरुलेपनि कांग्रेस-एमालेले झै घर-घडेरी जोड्न थाले, उनीहरुको आर्थिक हैसियत बढ्न थाल्यो भने उनीहरुको हविगतपनि आगामी चुनावमा ०४८ मा पन्‍चहरुको र अहिले कांग्रेस-एमालेको जस्तै हुनेछ । यो चुनावको सबैभन्दा बढि शिक्षा‍ माओवादीले लिनुपर्ने देखिन्छ ।
Photos: Sirab & sources

-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®