Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

माओवादीका २९ कार्यकर्ता मारे पनि मधेसी फोरमसँग तालमेल

काठमाडौं, April 29, 2008-राजनीतिमा कोही स्थायी शत्रु हुँदैन भन्ने भनाईलाई चरितार्थ गर्दै माओवादी र मधेश जनअधिकार फोरम सहकार्यको चरणमा प्रवेश गरेका छन् ।

फोरम संयोजक उपेन्द्र यादवमाथि पटक-पटक माओवादी हमला प्रयास र रौतहटको गौरमा फोरमबाट सामुहिक रुपमा २९ कार्यकर्ताको हत्या भएको घटना बिर्सेंर हिजो दुबै पार्टीका नेताहरुले आगामी सरकार गठन कसरी गठन गर्ने भन्नेबारेमा सौहाद्र्धपूर्ण छलफल गरे । यो उनीहरुबीचको पहिलो औपचारिक कुराकानी थियो।

चुनावी धपेडीबाट विश्रामकालागि मकवानपुरको दामन पुगेका माओवादी अध्यक्ष प्रचण्ड संयोजक यादव लगायत अन्यसँग कुराकानीकालागि शनिवारै काठमाडौं आइपुगेका थिए । माओवादी नेता एबं बनमन्त्री मातृका यादवले संयोजक यादवसँग माओवादी नेतृत्वले कुराकानी गर्न चाहेको बताउँदै काठमाडौं बोलाएका थिए । उनीहरुबीच ठमेलको बैशाली होटलमा आइतबार कुराकानी भएको थियो ।

पूर्व एमाले कार्यकर्ता यादव मधेशी जनअधिकार फोरम स्थापना गरी ०५६ मा माओवादीमा प्रवेश गरेका थिए । फोरमलाई माओवादीले खुला मोर्चाको रुपमा प्रयोग गरेको थियो । मधेशी अधिकारप्रति फोरममार्फत् जागरण ल्याउन माओवादीकै भूमिका थियो । तर ०६० माघमा उपेन्द्रसँगै माओवादी नेता मातृका र सुरेश आलेमगर पक्राउ परेपछि माओवादी र उपेन्द्रबीचको सम्बन्ध चिसियो ।

मातृका र सुरेशलाई भारतले तत्काल नेपालमा सुपुर्द र उपेन्द्रलाई रिहा गरिदिएपछि आफ्ना नेताहरुको पक्राउमा उपेन्द्रको हात रहेको शंका माओवादीले गर्यो । उपेन्द्र भन्छन्- 'मातृका र सुरेशजीलाई सुपुर्दगी र मेरो रिहाईलाई आधार बनाएर मैले पक्राउ गराएको भन्ने अनर्गल आरोप लगाइयो । र मलाई मार्नेसम्मको निर्णय गरियो । माओवादी र फोरमबीचको सम्बन्ध बिग्रनुमा म होइन माओवादी पार्टी नै दोषी थियो । अब सम्बन्ध सुधारको क्रम सुरु भएको छ ।'

लोकतान्त्रिक आन्दोलनपछि फोरमको संगठन विस्तारको क्रममा नेपालगाज भैरहवालगायतका स्थानमा जाँदा माओवादी कार्यकर्ताहरुले यादवमाथि सांघातिक आक्रमण गरेका थिए । मधेश आन्दोलनको क्रममा मधेशमा माओवादी फोरमको निशाना बन्यो भने यसैक्रममा ०६३ चैत्र ७ गते रौतहटको गौरमा माओवादी र फोरमको कार्यक्रम एक ठाउँमा जुधेपछि माओवादी सभामा आएका माओवादीका २९ जना कार्यकर्ता र समर्थकको फोरम समर्थकहरुले निर्ममतापूर्वक हत्या गरे ।

निर्बाचित परिणामले भने दुबैलाई फेरि नजिक ल्याएको छ । सरकार गठनको तैयारीमा रहेको माओवादी नेतृत्वले माओवादी र फोरमजस्ता नयाँ शक्तिलाई नयाँ नेपाल निर्माणको अभिभारा सुम्पिएको बताउँदै बिगतका तीता घटनाहरु बिस्रेर सहकार्य गरी जानुपर्ने बताउँदै आएका थिए । गौर घटनाकाबारे भने छानबीन गरी दोषीमाथि कार्वाही गर्नुपर्ने माओवादीले राख्दै आएको छ । सो घटनाको निश्पक्ष छानवीनमा फोरमलेपनि सहमति जनाएको छ ।

आइतबारको वार्ता संविधान सभाको पहिलो बैठकबारे केन्द्रित थियो । करिव एक घण्टा लामो बार्तामा अन्तरिम संविधान संसोधन गरी अघि बढ्ने बारेमा छलफल भएको फोरम संयोजक यादवले बताए । यसैगरी मधेश मुद्धाका विषयमापनि छलफल भएको बताइएको छ । माओवादी र फोरम दुबैले मधेश मुद्धामा अर्को पक्ष प्रगतिशील रहेको बताउँदै आएका छन् ।

-Vivek Baral in Kathmandu


































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®