|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सगरमाथाको फेदीमा चल्यो
गोली, १ माओवादीको मृत्यु नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीपनि घाइते बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 27, 2008-सोलुखुम्बुको ताचिङ्ग गाविसको शिशाखोलामा गाविसमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीचकेा भीडन्तमा गोली चल्दा एक माओवादी कार्यकर्ता गंगा भुजेल (गजेन्द्र) को मृत्यु भएको छ । बुधबार चैत्र १३ भएको घटनामा माओवादीका जिल्ला सेक्रेटरी हिमाल गिरी (मिसाइल) सहित दर्जन कार्यकर्ता घाइते भएका छन् । घटनामा परी नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीपनि घाइते छन् । घाइते केसी र उनका भान्जा राजेन्द्र बस्नेतलाई उपचारकालागि काठमाडौं ल्याइएको छ । घटनाबारे अहिलेसम्मपनि गृह मन्त्रालय र स्थानीय प्रशासनले बिस्तृत जानकारी दिन चाहेको छैन । यसले घटनालाई थप रहस्यमय बनाएको छ । एकै ठाउँमा दुवै पक्षको कार्यक्रम जुधेपछि बुधबार बिहान एघार बजे सशस्त्र प्रहरीसहित सो स्थान पुगेका कांग्रेस उम्मेदवार केसी र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपका क्रममा केसीले साथमा रहेका सशस्त्र प्रहरीलाई गोली चलाउने आदेश दिएपछि माओवादी कार्यकर्ता गंगा भुजेल (गजेन्द्र) को गोली लागि मृत्यु भएको थियो । माओवादीको चुनाव प्रचार संयोजक बिकेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार मारिएका माओवादी कार्यकर्ता भुजेल पार्टीको जिल्ला कमिटी सदस्य थिए । नेपाली कांग्रेसले भने घटनामा आफ्नो उम्मेदवार केसीपनि गम्भीर घाइते भएको दावी गरेको छ । दुवै पक्षले घटनामा अर्कोलाई दोषी देखाएका छन् । नेपाली कांग्रेसले माओवादीले आक्रमण गरेपछि प्रहरीले गोली चलाउन बाध्य भएको दावी गरेको छ भने माओवादीका प्रचार संयोजक बिकेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आफ्नो कार्यकर्ताहरुले माच निमर्ँण गरिरहेका बेला हतियारसहित पुगेका कांग्रेस उम्मेदवार केसीको समूहले गोली चलाएको आरोप लगाइएको छ । घटना लगत्तै गृहमन्त्री कृष्णप्रसाद सिटौला घटनास्थल सोलु पुगेका छन् । गृहमन्त्री सिटौला सुरक्षा स्थिति बुझ्ने क्रममा पूर्वान्चलका जिल्लाहरुको भ्रमणमा व्यस्त छन् । कांग्रेसले घाइते केसीलाई काठमाडौं ल्याउने तैयार भैरहेको बताएको छ भने आक्रोसित माओवादी कार्यकर्ताहरुले अनिश्चितकालीन जिल्ला बन्दको आव्हान गरेका छन् । सगरमाथालाई काखमा राखेको सोलुमा लगातार तीन वटा चुनाव जित्दै आएका कांग्रेस उम्मेदवार केसीलाई यसपटक माओवादीले कडा चुनौति दिएको छ । त्यहाँ माओवादीले किराँत नेता गोपाल किराँतीलाई उम्मेदवार बनाएको छ । जिल्लामा अधिक संख्यामा किराँत र शेर्पाजातिको बसोबास छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®