|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीलाई समानुपातिकमा दोश्रो स्थानको
काङ्रेसभन्दा ११ लाख मत बढी काठमाडौं, April 24, 2008-संविधान सभाको निर्वाचनमा प्रमुख प्रतिद्धन्दी नेपाली कांग्रेसलाई ८३ सिटले उछिन्दै प्रथम स्थान हासिल गरेको नेकपा माओवादी समानुपातिक तर्फपनि नेपाली कांग्रेसलाई करिव ११ लाख मतले उछिन्दै प्रथम स्थान हासिल गरेको छ । सदर भएका १ करोड सात लाख ३४ हजार ६ सय ५१ सय मतको अन्तिम मत गणना सिकंदा माओवादीले कांग्रेसलाई त्यति धेरै मतान्तरले उछिनेको हो । विहीबार विहान सकिएको अन्तिम मत गणना अनुसार माओवादीको पोल्टामा ३१ लाख ४४ हजार २ सय ४ मत परेको छ । नेपाली कांग्रेसले माओवादी भन्दा १० लाख ७४ हजार ३ सय ११ कम मत पाएको छ । निर्वाचन आयोगका अनुसार दोश्रो स्थानमा रहेको कांग्रेसले २२ लाख ६९ हजार ८ सय ९३ मत पाएको छ । तेश्रो स्थान हािसल गरेको एमालेको पोल्टामा २१ लाख ८३ हजार ३ सय ६० मत परेको छ । चौंथो बढि मत मधेशी जनअधिकार फोरमले पाएको छ । कूल मतमध्ये फोरमले ६ लाख ७८ हजार ३ सय २७ मत पाएको छ भने तराई मधेश लोकतान्त्रिक पार्टीले ३ लाख ३८ हजार ९ सय ३० मतका साथ पाँचौं स्थानमा छ । छैटौं स्थानमा रहेको राप्रपाले २ लाख ६२ हजार ४ सय ५६ मत पाएको छ । नेकपा माले २ लाख ४३ हजार पाँच सय ४३ मतका साथ सातौं स्थानमा छ भने नेपाल सद्भावना पार्टीले १ लाख ६७ हजार ५ सय १७ मत ल्याएर आठौं स्थान ओगटेको छ । जनमोर्चाले १ लाख ६४ हजार ३ सय ८१ नेकपा संयुक्त ले १ लाख ५४ हजार ९ सय ६८ राप्रपा नेपालले १ लाख १० हजार ५ सय १८ मत ल्याएर आफूलाई क्रमशः नवौ, दशौं र एघारौं स्थानमा उभ्याएका छन् । राष्ट्रिय जनशक्ति पार्टीले १ लाख २ हजार १ सय ४७ राष्ट्रिय जनमोर्चाले १ लाख ६ हजार २ सय २४ नेमकिपाले ७४ हजार ८६ मत पाएर बार् हौं तेर्हौं र चौधौं स्थान ओगटेका छन् । यी मध्ये राप्रपा माले संयुक्त राप्रपा नेपालले प्रत्यक्षतर्फ एकसिट पनि जितेका छैनन् । एक सिटपनि नजितेका जनमुक्ति पार्टी नेपाः राष्ट्रिय पार्टी जनता दल परिवार दललगायतका पार्टीले पनि समानुपातिकतर्फबाट संविधान सभामा प्रतिनिधित्व गर्ने देखिएको छ । मत गणनाको प्रारम्भिक चरणमा माओवादीको मत संख्या कम र प्रतिसत बढि भएपनि अन्तिम मत गणनासम्म आईपुग्दा माओवादीको मत परिणाम बढेको छ भने प्रतिसत घटेको देखिएको छ । माओवादीको मत प्रतिसत सुरुवाती अवस्थामा ३३ प्रतिसतसम्म देखिएपनि अन्तिम मतगणनासम्म पुग्दा प्रतिसतका हिसावले उसले २९.३ मतमात्र पाएको छ । नेपाली कांग्रेसले २१.१ प्रतिसत नेकपा एमाले ले २०.३ फोरमले ६.३ तमलोपाले ३.१ राप्रपाले २.४ नेकपा माले ले २.३ प्रतिसत मत पाएका छन् । मत प्रतिसतसँगै समानुपातिकतर्फबाट कुन पार्टीले कति सिट ल्याउँछन् भन्ने हिसावकितावपनि सुरु भएको छ । प्रत्यक्षतर्फको अगुवा गरेको माओवादीले नै समानुपातिकतर्फपनि अगुवाई गर्ने देखिएको छ । नेकपा माओवादी ले १ सय देखि १ सय ५ नेकाले ७२ देखि ७४ स्थान एमालेले ६८ देखि ७१ स्थान फोरमले २० देखि २२ तमलोपाले १० देखि १२ राप्रपाले ७ वा ८ नेकपा माले ले पनि ७ वा ८ नेकपा संयुक्त ले ६ वा ७ सद्भावनाले ४ वा ५ सिट पाउने स्थिति देखिएको छ । प्रत्यक्षँतर्फ ९ वटा पार्टीले विजय हासिल गरेकोमा समानुपातिकतर्फबाट कूल २२ पार्टीले संविधान सभामा प्रतिनिधित्व गर्नेछन् । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®