|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मलेसियाली नेपालीहरुको नयाँ नेतृत्व![]() Malaysian Nepalese NRN leaders. Photos courtesy: Devendra Malaysia, July 28, 2008- प्रवासी नेपालीहरुको विश्वव्यापी सन्जाल Non-Resident Nepalese Association (एनआरएन) को मलेसिया राष्ट्रिय समन्वय परिषद पुनर्गठन भएको छ । एनआरएनका केन्द्रीय उपाध्यक्ष डि. एम. हिराचनको उपस्थितिमा पुर्नगठित उक्त परिषदमा नेपाली मूलका मलेसियन नागरिक शंकर बहादुरको अध्यक्षतामा १३ सदस्यीय मलेसिया राष्ट्रिय समन्वय परिषदको गठन भएको छ । जसमा कर्मा दोर्जे, भीम शेरचन, देवेन्द्र खापुङ लिम्बू, हाकिमकुमार श्रेष्ठ क्रमशः उपाध्यक्ष सचिव सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा भवानीशंकर तिवारी, विश्व राई, सुनिल चालिसे, शान्ति थापा, खुम राना, जीवन देवान, बालकृष्ण केसी, देव छन्त्याल रहेका छन् । हालसम्म ४४ राष्ट्रहरुमा एनआरएन गठन भएको र प्रवासी नेपालीहरुको लागि हकहितको आवाज एक स्वरमा दिन सक्षम भइसकेको र अब मलेसियाको नयाँ समितिले अझ प्रोत्साहन दिने कुरा केन्द्रीय उपाध्यक्ष डिएम हिराचनले बताउनु भयो । विभिन्न मुलुकमा रहेका नेपालीहरुसँग प्रत्यक्ष अनुभूति बाँड्न, व्यापारिक नाता बढाउन तथा देश विकासको निमित्त प्रवासमा रहेका नेपालीहरुले कस्तो किसिमको सहयोग गर्न सक्छन् भन्ने कुराको आवाज दिन एनआरएन सक्षम रहेको बताउदै उपाध्यक्ष हिराचनले एनआरएनमा आवद्ध सदस्यहरुले पाउने सदस्यता पत्र महत्वपूर्ण हुनका साथै अन्यत्र देशका नागरिक भईसकेका नेपालीहरुले पनि उक्त कार्डबाट नेपालमा जग्गा खरिद गर्न, सम्पति जम्मा गर्न सक्ने कुरा पनि उक्त अवसरमा बताउनु भयो । भेलाले पूर्व अध्यक्ष सुरेश मानन्धरलाई लामो समयसम्म एनआरएन मलेसियाको आरोह अवरोहसँग जुध्दै पार गर्नुभएकोमा विशेष धन्यवाद पनि गरिएको थियो । साथै नवनिर्वाचित अध्यक्ष शंकर बहादुरले नेपाली मुलका मलेसियन नागरिक र नेपालबाट आएर विभिन्न कार्यमा संलग्न नेपालीहरुलाई एक आपसमा सहकार्य गराएर लाने विश्वास दिलाउनु भयो । -देवेन्द्र खापुङ लिम्बू, क्वालालम्पूर (Devendra Khapung Limbu in Malaysia) |
|
![]() |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||