|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मगरहरु लागे अब सङ्युक्त मोर्चा निर्माणतिर काठमाडौँ, भदौ २० । नेपालका आदिबासीहरुमा सबैभन्दा धेरै जन सङ्ख्या रहेका मगर जातिका राजनीतिक तथा सामाजिक संस्थाहरु एक महिनाभित्रमा साझा जातीय मुद्दा तय गरी सोको कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने संयुक्त मोर्चा निर्माण गर्ने निस्कर्षमा पुगेका छन् । नेपाल राष्ट्रिय मगर संघको कार्यालय पुतलीसडकमा शुक्रबार बिहान बसेको संयुक्त बैठकले साझा अवधारणा तयारीका लागि पाँच सदस्सीय संयन्त्र निर्माण गरेको छ । संयन्त्रमा नेपाल मगर श्वसाशित संघ 'एकीकृत' का वरिष्ठ उपाध्यक्ष लीलबहादुर थापामगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव सरुण बाँठामगर, नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष झकेन्द्र घर्तीमगर मगर, आमसन्चारकर्मी समाजका अध्यक्ष नरेश खपाङ्गीमगर र अधिवक्ता श्रीप्रसाद बुढाथोकीमगर रहनुभएको छ । संयन्त्रले मगर जातिका विभिन्न संस्थाबाट यसअघि लिइएका विभिन्न अवधारणाको अध्ययन गरी साझा अवधारणा तयार गर्ने बताइएको छ । शुक्रबारको बैठकमा नेपाल मगर श्वसाशित संघ 'एकीकृत' का वरिष्ठ उपाध्यक्ष लीलबहादुर थापामगरले विभिन्न संस्थाहरुको सुझावसहितको 'मगर आदिवासी जनजातिको संयुक्त मोर्चा निर्माण र तत्कालीन कार्यभार' विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणापत्रमा संयुक्त मोर्चा निर्माण कार्यदल गठन, साझा घोषणापत्रको तयारी, आचारसंहिताको तयारी, संघर्षको कार्यक्रम तर्जुमा लगायतका विषय समेटिएका छन् । संयुक्त मोर्चालाई केन्द्रदेखि तल्ला निकायसम्म गठन गरिने अवधारणापत्रमा उल्लेख छ । बैठकमा प्रस्तुत अवधारणा पत्रलाई यसै साता सबै संस्थाहरुले आ-आफ्नो केन्द्रीय कमिटीको बैठकमा पेश गरी आधिकारिकता दिने पनि सहमति भएको छ । बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादीं, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एकीकृत पार्टीसित सम्वद्ध मगर संस्थाका प्रतिनिधि तथा नेपाल मगर संघ, नेपाल मगर विद्यार्थी संघ, मगर आमसाचारकर्मी समाजका प्रतिनिधिको सहभागिता रहेको थियो । -Smita Magar in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||