|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
मधेशी नेताका सुरक्षा परिषद सम्बन्धी कुरा काठमाडौं, June 25, 2008- सुरक्षा परिषदमा प्रतिपक्षी दलको नेता राख्नुपर्ने नेपाली कांग्रेसको मागप्रति मधेशी जनअधिकार फोरमले समर्थन जनाएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले सेना समायोजनको चुनौती बाँकी रहेकाले 'चेक एण्ड ब्यालेन्स' का लागि विपक्षी दलका नेता सुरक्षा परिषदमा रहनु आवश्यक भएको बताएका हुन् । यादवले भनेका छन्- 'सुरक्षा परिषदमा विपक्षी दलको सहभागिता अनिवार्य छ, सेना समायोजन गर्ने बेलामा मनोमानी हुन नदिनपनि विपक्षी दलका नेतालाई सुरक्षा परिषदमा स्थान दिनुपर्छ ।' सुरक्षा परिषदको संरचनामा व्यापक परिवर्तन ल्याउनुपर्नेमासमेत जोड दिएका फोरम अध्यक्ष यादवले माओवादी सेनालाई नेपाली सेनामा गाभ्न नहुने बताए । 'अन्य विकल्प खोजेर समायोजन गर्नुपर्छ' यादवले भने- 'नेपाली सेना कुनै दल, जाति, क्षेत्र विशेषको होइन यद्यपी नेपाली सेनालाई राष्ट्रिय सेना निर्माणको अवधारणा अनुसार यसको संरचना बलियो बनाउनुपर्छ ।' नेपाल सद्भावना पार्टी आनन्दीदेवी सम्बद्ध विद्यार्थी मन्चका नेताहरु फोरम प्रवेशको अवसरमा आयोजित कार्यक्रममा यादवले उपरोक्त कुरा बताएका हुन् । राष्ट्रपतिलगायत अन्य पद विशेषमा अलमलिएर संविधान निर्माणलाई अवरुद्ध बनाउन नहुने बताउँदै अध्यक्ष यादवले संविधान सभाको निर्वाचन प्रकृयाबाट प्रमुख पदको चयन गर्दा लोकतान्त्रिक प्रणालीको संस्थागत विकासको बाटो खुल्ने तर्क गरे । सहमतिका नाममा संविधान सभालाई उपेक्षा गरे दुरगामी असर पर्ने चेतावनीपनि उनले दिएका छन् । मधेशबादी दलहरुले राष्ट्रपति चयन लगायतका विषयमा सहमति जुटाएर देशलाई चाँडो भन्दा चाँडो संघीयतामा नलगे मधेशमा फेरि आन्दोलन हुने चेतावनी िदंदै आएका छन् । कार्यक्रममा नेपाल सदभावना पार्टी आनन्दीदेवी सम्बद्ध नेपाल विद्यार्थी मन्चका सहअध्यक्ष राजेश झासहित एक दर्जन विद्यार्थी नेता फोरम प्रवेश गरेका थिए । प्रवेश गर्ने अन्यमा विद्यार्थी मन्चका कोषाध्यक्ष अमरजीत गुप्ता, सह-कोषाध्यक्ष वृजकिशोर गिरी, केन्द्रीय सदस्यहरु सन्तोष चम,न ओम मल्लाह, विक्रम ताजपुरिया, राजकिशोर राय, दिपेन्द्र चौवे, सतिश साह, महेन्द्र साह, माधवप्रसाद यादव, लालकिशोर शाह, भोगेन्द्र यादव र हरिप्रसाद सुक्ला छन् । -Vivek Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®