![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: Madhesi Jana Adhikar Forum Manifesto |
||
|
यो लेख PDF
संविधान सभाको निर्वाचनका लागि मधेसी जनअधिकार फोरम नेपालको घोषणापत्र-२०६४ ![]() ![]() चुनावी घोषणापत्र सार्वजनिक गर्दै मधेशी जनअधिकार फोरमका नेताहरु । Madhesi Jana Adhikar Forum leaders releasing their party's election manifesto. Photo: Santa Gaha Magar श्रद्देय दिदी-बहिनी एवं दाजु-भाइहरु मधेसी जनअधिकार फोरम नेपालको घोषणापत्र जारी गर्दाको यस बखतमा हामी महान मधेसी आन्दोलनका दौरान आफुलाई बलिदान गर्नु भएका सम्पूर्ण वीर मधेसी शहीदहरुलाई श्रद्धाका साथ स्मरण गर्न चाहन्छौं । ऐतिहासिक मधेस आन्दोलनका दौरान आज पर्यन्त अंगभंग घाइते हुनु भएका थुनामा यातना सहनु परेका धनजनको क्षति व्यहोर्नु परेका तथा कुनै पनि प्रकारबाट आन्दोलनमा योगदान पुर्याउनु भएका सबैको उच्च मूल्यांकन गर्दै हार्दीक सम्मान व्यक्त गर्न चाहन्छौं । हामी ती अग्रजहरुका प्रति पनि नतमस्तक छौ जसले नेपालमा मधेसीहरुले भोग्नु परेका विभेदका बिरुद्ध अतितमा मधेसी समुदायलाई जगाउदै बिभिन्न आन्दोलनहरुलाई नेतृत्व दिनु भयो । मधेस आन्दोलनमा उहाँहरुको योगदान स्मरणीय छ । मुलुकको लोकतान्त्रिक आन्दोलन तथा त्यस आन्दोलनको मूलमर्मलाई पुरा गर्न भएको मधेस आन्दोलनमा सहयोग पुर्याउनु हुने सम्पूर्ण मुलुकका सबै नागरिकहरुका प्रति पनि हार्दीक अभिनन्दन गर्न चाहन्छौं । मधेश जनअधिकार फोरमका नेताहरु राजधानीमा आयोजित कार्यक्रममा पार्टीको निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै । क्रमश: विजय गच्छेदार (3rd from left), उपेन्द्र यादव, जयप्रकाश गुप्ता र शरदिसंह भण्डारी Photo: Sirab विगतका दुबै मधेस आन्दोलनका दौरान पूर्ण इमान्दारी तथा बलिदानी भावनाका साथ लाग्नु भएका मधेसी जनअधिकार फोरमका सबै स्तरका नेता कार्यकर्ता तथा सदस्यहरुका प्रति अभिवादन प्रकट गर्दछौं । संयुक्त मधेसी मोर्चा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सबै दलहरु तथा त्यस दलका नेता कार्यकर्ता साथीहरुका प्रति पनि सम्मान प्रकट गर्न चाहन्छौं । हाम्रो संकल्पः नेपाली जनताद्वारा वि.सं. २०६२/६३ को लोकतान्त्रिक आन्दोलन र वि.सं. २०६३ माघको मधेसी जनविद्रोहका दौरान निरंकुश र सामन्ती राजतन्त्रलाई अन्त गरेर लोकतान्त्रिक गणतन्त्र (Democratic Republic) को स्थापना गरी स्वतन्त्रता समानता सामाजिक न्याय र शान्तिका पक्षमा अभिव्यक्त अग्रगामी राजनीतिक सोच चिन्तन र आकांक्षाहरुलाई संस्थागत गर्दै त्यसको संरक्षण एवं सम्बद्र्धन गर्ने ऐतिहासिक दायित्व आज सम्पूर्ण राष्ट्रका सामु आई परेको छ। लोकतान्त्रिक प्रणाली केवल राजनीतिक नभएर सामाजिक-आर्थिक विषयबस्तुलाई समाविष्ट गरेर राजनीतिक आधारमा समेत स्थापित भएको हुनुपर्दछ । लोकतन्त्रमा नागरिक र राजनीतिक अधिकारहरुसंगै सामाजिक आर्थिक धार्मिक सामुदायिक एवं संस्कृतिक आदि अधिकारहरुको प्रत्याभूति हुनुपर्दछ । राष्ट्र अहिले समावेशी एवं सहमतिमूलक संविधानसभाको माध्यमबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि नयाँ लोकतान्त्रिक संविधान निर्माण गर्ने युगान्तकारी अभियानमा लागि परेको छ । विगत २३९ वर्ष देखि राज्यसत्ता अथवा राज्य व्यवस्थाले आन्तरिक उपनिवेशवादी नीति (Policy of Internal Colonialism) अपनाएर तराईका आदिवासी थारु लगायत सम्पूर्ण मधेसी समुदाय माथि गर्दै आएको दमन शोषण उपेक्षा उत्पीडन अन्याय असमानता जस्ता घोर विभेदमूलक कि्रयाकलापसंगै आन्तरिक उपनिवेशवादलाई अन्त (Decolonisation) गर्नु परेको छ । त्यसैले विभिन्न जाति भाषा धर्म संस्कृति पेशा वर्ग समुदाय एवं क्षेत्रहरुका नेपाली जनताद्वारा विगतमा गरिएका जनआन्दोलन एवं मधेसी समुदायद्वारा जनविद्रोहमा अभिव्यक्त गरिएको भावनाहरु एवं राजनीतिक आकाँक्षालाई आत्मसात गर्दै मानवअधिकार कानूनी शासन सहमतीय तथा सहभागितामूलक एवं समावेशी लोकतन्त्र (Participatory, Consensus and Inclusive Democracy) का आधारभूत मूल्य एवं मान्यताहरुलाई प्रत्याभूति दिने खालको ूसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालूको स्थापना गर्नु अत्यावश्यक भई सकेको छ । त्यसैले भौगोलिक जातीय भाषिक सामाजिक र सांस्कृतिक विशिष्टता विविधता एवं समरुपतासंगै जनसंख्या र आर्थिक संभाव्यताहरु समेतलाई ध्यानमा राखेर क्षेत्रीय आधारमा राज्यको पुर्नसंरचना गरेर आत्मनिर्णयको अधिकार (Right to Self–Determination) संगै क्षेत्रीय स्वायत्तता (Regional Autonomy) युक्त संघीय शासन प्रणाली अन्तर्गत मधेसः स्वायत प्रदेश -Madhes : an Autonomous State) अर्थात तराईवासीहरुलागि स्वायत्त राज्यको स्थापना गरी स्थायी शान्ति विकाश सम्पन्नता एवं समृद्धि प्राप्त गर्ने पवित्र उद्देश्य राखी मधेसी जनअधिकार फोरम नेपाल संधर्षरत रहेको छ । मधेसी जनअधिकार फोरमको योगदानः आज हाम्रो देश इतिहासको एक नयाँ मोडमा उभिएको छ । यही चैत्र २८ गते हुने संविधान सभाको निर्वाचनले मुलुककै इतिहासमा नेपाली जनतालाई पहिलो पटक आफ्नो संविधान आफैले लेख्ने मौका प्राप्त हुदैछ । यस संविधान सभाको महत्व आजसम्मका एकात्मवादी एवं केन्द्रिकृत राज्य व्यवस्थाका पृष्ठपोषकहरुका भन्दा हाम्रो लागि बढी छ । खासगरी मधेसी समुदायको लागि राज्यको रुपान्तरण अहम् महत्वको विषय भएकाले संविधान सभाको निर्वाचन गराउने सन्दर्भमा हामी बढी जिम्मेवार तथा गंभीर रहदै आएका छौं । साथै संविधान सभा वास्तविक रुपमा सार्थक होस् भन्ने अभिप्रायबाट ऐतिहासिक मधेस आन्दोलनको नेतृत्व गरी संविधान सभाबाट बन्ने नयाँ संविधानकालागि ठोस आधारहरुको प्रत्याभूति पाएका छौं । जनआन्दोलन-२ पछिको सात दलीय गठबन्धनको सरकार राज्यको संरचना र राज्य व्यवस्थाको रुपान्तरणको सवालमा निरुद्देश्य थियो । संविधान सभामा नेपाली जनताको समानुपातिक प्रतिनिधित्वको विषयमा उदासिन थियो । मधेसी जनअधिकार फोरमको नेतृत्वमा भएको मधेस आन्दोलनले आधारभूत रुपमा मुलुकमा रहेको राजतन्त्रको समाप्ति र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको मांगलाई राजनीतिक एवं संबैधानिक रुपमा स्थापित गरायो । प्रादेशिक संघीय संरचनाको संबैधानिक व्यवस्था मधेस आन्दोलनकै उपलब्धि हुन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनु पर्ने कुरा प्रति हामी दृढ रहदै आएका हौं । मधेस आन्दोलनकै कारणबाट निर्वाचन प्रणालीमा समानुपातिकको मात्रा थप हुन सकेको हो । संविधान सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनु पर्ने हाम्रो अटल मांग कै कारणबाट आंशिक रुपमै भएपनि मधेसका तथा केही अन्य जिल्लाहरुको निर्वाचन क्षेत्रमा बृद्धि भएको हो । संविधान सभाको निर्वाचनमा समानुपातिकको हकमा रहेको २० प्रतिशतको सीमालाई ३० प्रतिशतसम्म पुर् याउनु मधेस आन्दोलनका ठोस उपलब्धि हुन् । यस आधारभूत उपलब्धिहरुका साथै नागरिकता समस्याको समाधान सबै सरकारी सेवामा मधेसी लगायत अन्य समुदायलाई आरक्षण नेपाली सेनामा मधेसी युवाहरुको सामुहिक प्रवेशको प्रत्याभूति मुसलमान र थारु समुदायको चाडपर्वमा सार्वजनिक विदाको व्यवस्था जस्ता उपलब्धिहरु मधेसी जनअधिकार फोरमकै बलीदानीपूर्ण संघर्ष र दरो अडानका कारणबाट हामीले पाउन सकेका हौं । तसर्थ मधेस आन्दोलनले मधेसका लागि मात्र होइन मुलुककै राज्य ढाँचाको रुपान्तरणमा तथा वास्तविक रुपमा जनआन्दोलनको भावनालाई मूर्त तुल्याउन सर्वाधिक योगदान गरेको तथ्यलाई विस्रनु हुदैन । मधेस आन्दालनको उपलब्धिलाई संस्थागत गरौं: मधेस आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न सकिएन भने मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि व्यवहारमा संरक्षण गर्न सक्दैन । वि.सं. २०६३ साल माघको मधेस आन्दोलनका सार्थक परिणामहरुलाई भावी संविधानको आधारभूत मान्यताको रुपमा स्वीकार गराउन मधेसी जनअधिकार फोरम नेपालले हालैको फागुण १ गते देखि पुनः अर्को मधेस आन्दोलनको शंखनाद गरेको थियो । यस आन्दोलनको सफल अवतरणको रुपमा संयुक्त लोकतानित्रक मधेसी मोर्चा र नेपाल सरकारका बीच आठ सूत्रीय सम्झौता भई हामीले भावी राज्य संरचनाका सवालमा केही ठोस तथा आधारभूत संवैधानिक व्यवस्थाका प्रत्याभूति पाएका छौं । वास्तवमा भावी संविधानमा व्यवस्था गरिनु पर्ने सर्वाधिक महत्वपूर्ण विषयहरु नै मधेस आन्दोलनका उपलब्धिहरुलाई भावी संविधानमा स्पष्ट रुपमा उल्लेख गराउनु हो । यस कार्यभारको निर्वाहकालागि मधेसी आन्दोलनको नेतृत्वदायी राजनैतिक दल-मधेसी जनअधिकार फोरम नेपालका प्रतिनिधिहरुको संविधान सभामा उल्लेखनीय उपस्थिति रहनु वान्छनीय छ । मधेस आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्ने दिशामा यो एक मुख्य पूर्वाधार हो । बाँकी घोषणा पत्र पढ्नुहोस् |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®