|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कांग्रेसलाई राष्ट्रपति, एमालेलाई अध्यक्ष र
फोरमलाई प्रधानमन्त्री? Vijay Gachchhadar. Photo: Sirab काठमाडौं, July 23, 2008- मधेशी जनअधिकार फोरमका संसदीय दलका नेता विजयकुमार गच्छेदारले आफूहरुले नयां सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमबीच शक्ति बांडफाँडमा भएको लिखित सहमतिसँगै फोरमले सरकारको नेतृत्व गर्ने अलिखित सहमति भएको दावीपनि गरेका छन् । 'कांग्रेस र एमालेले फोरमलाई सरकारको नेतृत्वका लागि समर्थन गर्ने सहमति भएको हो' गच्छेदारले भने- 'समस्या पर्ला भनेरमात्र त्यसलाई सार्वजनिक नगरिएको हो ।' त्यो सहमतिको उल्लंघन भए गम्भीर संकट आउनसक्ने चेतावनी िदंदै गच्छेदारले सरकारको नेतृत्वका लागि माओवादी र फोरमलेमात्रै जनताको म्याण्डेट पाएको बताए। 'माओवादीले सरकारको नेतृत्व नगर्ने भनेको हो भने जनताको म्याण्डेटको आधारमा सरकारको नेतृत्व फोरमले गर्न पाउनुपर्छ' गच्छेदारले भने- 'सहमतिअनुसार फोरमले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्यो एमालेलाई संविधान सभा अध्यक्षमा सहयोग गर्छ तर फोरमलाई सरकारको नेतृत्व गर्न दिने शर्तमामात्र ।' सहमति कार्यान्वयन नभए संविधान सभा अध्यक्षमा एमालेलाई मत नदिने चेतावनी गच्छेदारले दिए । आफूहरुलाई सरकार गठनमा कांग्रेस र एमालेले दिएको विश्वास अनुसार 'घात' नगर्न अनुरोध गर्दै गच्छेदारले भने- 'नेपालमा धेरैपटक विश्वासघातको राजनीति भएको छ अब चािहं नहोस् ।' सहमतिको पालना भएमात्र देश र जनताले चाहेजस्तो हुने उनको भनाई थियो । माओवादीको नेतृत्वमा सरकार गठन होस् भन्ने पक्षमा आफूहरु अझै रहेको बताए । |
|
|
फोरमले सरकारको नेतृत्व गरे को प्रधानमन्त्री बन्छ
भन्ने प्रश्नमा उनको भनाई थियो- 'हामी व्यक्तिलाई ठूलो मान्दैनौं तर फोरमले
सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने दाबा गर्छौं ।' यद्यपी तराईका
आदिवासी-जनजाति समुदायका मानिसलाई प्रधानमन्त्री बनाउँदा राम्रो हुने
बताउँदै उनले प्रधानमन्त्रीका रुपमा अप्रत्यक्ष रुपले आफूलाई उभ्याए । -Vivek Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||