Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मधेश स्वायत्त प्रदेशको मुद्दा कुनै हालतमा नछाड्ने

काठमाण्डौं, November 20, 2008- मधेशी जनअधिकार फोरमका अध्यक्षसमेत रहेका परराष्ट्रमन्त्री उपेन्द्रले मधेशको अधिकार सुनिश्चित गर्न विगतमा भएको सम्झौता कार्यान्वयनमा बेवास्ता भइरहेको बताउँदै मन्त्री यादवले आफूहरुले मधेशको माग सम्बोधनका लागि पहल गरिरहेको बताए ।

'हामी मधेशको मुद्दा सम्बोधन गर्न सरकारमा गएका हौं' यादवले भने- 'सकेनौं भने एक मिनेट पनि सरकारमा बस्दैनौं ।' मधेश स्वायत्त प्रदेशको मुद्दा कुनै हालतमा नछाड्ने बताउँदै उनले मधेशी जनताको सहभागिता राजनीति, प्रशासन, सेना, प्रहरीका अलावा राज्यको सबै निकायमा सुनिश्चित गर्न संघर्ष जारी राख्ने बताए ।

यसै बिच परराष्ट्रमन्त्री यादवले दायित्व निर्वाह गर्न नसक्ने राजदूतहरुलाई सरकारले फिर्ता बोलाउने बताएका छन् ।

अघिल्लो महिना सरकारले अमेरिका र भारतकालागि नेपाली राजदूतहरु क्रमशः डा. सुरेश चालिसे र डा. दुर्गेशमान िसंहलाई राजनीतिक कारणले फिर्ता बोलाइएको बताउँदै मन्त्री यादवले सरकारले अर्हाएको जिम्मेवारी पुरा गर्न नसक्ने राजदूतहरुलाई फिर्ता बोलाइने बताएका हुन् ।

बिमस्टेकको सम्मेलनमा भाग लिएर नेपाल फर्केका परराष्ट्रमन्त्री यादवले भारतका विदेशमन्त्री प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणमा दुई देशबीच विद्यमान समस्याको हल गर्नेबारे गम्भीर छलफल हुने जानकारीपनि दिएका छन् । मुखर्जी नेपाली समकक्षी यादवको निमन्त्रणामा मंसीर ९ गते नेपाल आउँदैछन् । मुखर्जीको नेपाल भ्रमणका अवसरमा सीमा अपराध नियन्त्रण, सीमा समस्यालगायतका विषयमा छलफल गरी दुई देशबीचको सद्भाव वृद्धिको आधार तयार गरिने जानकारी उनले दिए ।

आर्थिक क्रान्तिका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड िदंदै मन्त्री यादवले सरकार त्यसका लागि गम्भीर भएको बताए । उनले भने- 'विदेशीहरु जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा लगानीका लागि इच्छुक छन् तर उनीहरुले सुरक्षाको प्रश्न उठाएका छन् ।' सरकारले सुरक्षाको वातावरण बनाउन गम्भीरता देखाइरहेको उनको भनाई थियो ।

मधेशी जनअधिकार फोरमका अध्यक्षसमेत रहेका यादवले सरकारको कामकारबाही सन्तोषप्रद नभएको टिप्पणीसमेत गरेका छन् । 'सरकारको नेतृत्वकर्ता नेकपा माओवादीले गल्ती सच्याउने पहल नगरे मधेशी जनअधिकार फोरम सरकारमा रहनसक्दैन' मन्त्री यादवले भने- 'सरकारबाट भएका राजनीति नियुक्ति, कर्मचारीको सरुवा, बढुवा समावेशी छैन ।' आफ्नो दलले सरकारको कामकारबाही सुधार्न लगातार दबाब सृजना गरिरहने उनको भनाई थियो ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®