Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

आफू नाङ्‍गिए पछि अरुलाई पनि नङ्याउने

काठमाडौं, March 24, 2008-'माधव कमरेडले त एक रुपियाँ दाम मात्रै चढाउनु भएको हो तर...प्रचण्ड कमरेड त झन १८ असोजको कदमपछि ज्ञानेन्द्रसँग सत्ता भागवण्डाको तयारी नै गर्नु भयो ।'

यो भनाइ हो- नेकपा माओवादीका पूर्व पोलिटब्यूरो सदस्य रविन्द्र श्रेष्ठको । नेकपा एमालेका नवप्रवेशी केन्द्रिय सदस्य श्रेष्ठले माधव नेपालले राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री बन्नको निमिक्त दाम चढाएको सन्दर्भमा उक्त कुराको खुलासा गरेका हुन्‌।


Rabindra Shrestha. Photo: Santa Gaha Magar

चैत १० गते काठमाडौंको नयाँ बानेश्वरमा आयोजित एमालेको चुनावी सभालाई सम्वोधन गर्दै श्रेष्ठले भने 'माधव कमरेडले त एक रुपियाँ दाम मात्रै चढाउनु भएको हो तर क्रान्तिकारी भन्ने प्रचण्ड कमरेडले झन १८ असोजको कदमपछि ज्ञानेन्द्रसँग सत्ता भागवण्डाको तयारी नै गर्नु भयो ।'

श्रेष्ठका अनुसार राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते शाही कदम मार्फत जनताको शासनाधिकार आफ्नो हातमा लिएपछि माओवादीले राजालाई रोल्पाको थवाङमा बोलाएर सो प्रश्ताव गरेका थिए । ज्ञानेन्द्रलाई सेरोमोनियल राजा बनाउने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमती भएको थियॊ । शाही नेपाली सेनाको परमाधिपति ज्ञानेन्द्र तथा जनमुक्ति सेनाको सुप्रिम कमाण्डर प्रचण्ड मध्ये कसले सेनाको नेतृत्व लिने भन्ने विषयमा कुरा नमिलेपछि भागबण्डाको खेल कार्यन्वयन हुन सकेन श्रेष्ठले भने ।

जनताका छोराछोरीलाई युद्धमा होमेर प्रचण्ड आफू चाँहि युद्धकालको १० वर्ष मध्ये साढे आठ वर्षसम्म भारतमा बसेको श्रेष्ठको दाबी थियो । काँग्रेस एमालेले नदी नाला बेच्दा चर्को विरोध गर्ने माओवादी सम्मिलित सरकारले पनि कर्णाली र अरुण बेचेको उनले बताए ।

दुबै पार्टीले 'नयाँ जनवाद' छाडिसकेकाले एमाले र माओवादीमा केहि फरक नभएको श्रेष्ठको भनाई थियो । माओवादी एमालेमा समाहित भए प्रचण्ड राष्ट्रपति बन्न सक्ने विचार पनि उनले व्यक्त गरे ।

एमाले महासचिव माधव नेपालले समेत सम्वोधन गरेको त्यो सभामा भावी नेपालको संरचना कस्तो हुने आदिवासी जनजाति दलित महिला मधेशी र अल्पसंख्यकको अधिकार के हुने भन्ने विषयमा कसैले एक शब्द खर्च गर्न उचित ठानेनन्‌ ।

-Santa Gaha Magar in Kathmandu






























तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®