|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं,
April 15, 2008-एमाले
महासचिव माधव नेपाललाई रौतहटबाटपनि पराजित गर्दै नेकपा माओवादी ले आफ्नो
विजय यात्रालाई अरु अघि बढाएको छ । घोषित २ सय ११ सिटमध्ये माओवादीले १ सय
१५ सीटमा विजय हासिल गरेको छ भने कांग्रेसले ३२, एमालेले ३०, मधेशी
जनअधिकार फोरमले २१, तमलोपाले २, सद्भावनाले २, नेमकिपाले २, जनमोर्चाले १,
स्वतन्त्रले १ स्थानमा विजय हासिल गरेका छन् ।एमाले महासचिव काठमाडौं- २ का अलवा रौतहट- ६ बाटपनि पराजित हुनु भएको छ । त्यहाँ माओवादीका देवेन्द्र पटेलले १० हजार १ सय ३३ मत पाएका छन् भने एमाले महासचिव नेपालले जम्मा ८ हजार ९ सय ८६ मत ल्याई पराजय भोग्नु परेको छ । रौतहट- ३ मापनि माओवादीका प्रभु शाह विजयी भएका छन् । Madhav Kumar Nepal. Photo courtesy: UML.Org.np २०५६ को निर्वाचनमा डडेलधुराबाट २० हजार भन्दा बढि मतान्तरले विजयी कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुरा र कन्चनपुर- ४ बाट झिनो मतलेमात्र विजयी बन्नुभएको छ । कन्चनपुरमा उहाँले १२ हजार ८ सय २४ मत पाउनु भयो भने माओवादीका हरिश ठगुल्लाले ११ हजार ७ सय ७५ मत पाउनु भयो । डडेलधुरामा उहाँले २० हजार ५ सय २९ मत पाउनु भएको छ भने माओवादीका खगराज भट्टले १९ हजार १ सय ६१ मत पाउनु भएको छ । जानकारी अनुसार माओवादीका अत्याधिक मत बदर भएपछि नेता देउवाले डडेलधुराबाट विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी माओवादीका भट्टले भनेका छन्- 'चुनावी अनुभवका कारण मतदाताहरुलाई मतदान प्रकृयाबारे सिकाउन नसक्दा हामी प्राविधिक रुपले पराजित भएका हौं । तर देउवाले यो क्षेत्र छाड्नु भएमा उपनिर्वाचनमा हामी विजय बन्नेछौं ।' प्रत्यक्षतर्फको सिटमा बढत हासिल गरेको नेकपा माओवादी ले समानुपातिकको मत गणनामापनि नेका र एमालेलाई उछिनेको छ । सोमबार बेलुकीसम्म देशव्यापी मतगणनाको परिणाम अनुसार माओवादीले ३ लाख ३३ हजारभन्दा बढि मत ल्याएको छ भने नेकाले २ लाख ३५ हजार र नेकपा एमाले ले २ लाख २० हजार मत ल्याएको छ । निर्वाचन आयोगका अनुसार यो १८ क्षेत्रको गणनाबाट प्राप्त परिणाम हो । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®