Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from UK

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बेलायती ४ हजार लिम्बुहरुको भेलामा डा. आरजु देउवा


Dr. Arju Deuba with Chumlung UK members. Photos courtesy: Suhim

Oxford, UK, July 21, 2008- गत १९ जूलाईका दिन विगत बर्षरुमा झै वेलायत भरि छरिएर रहेका लिम्बूहरुको भेला आसफोर्डमा सम्पन्न भयो । भेलाले किरात याक्थुङ चुम्लुङ वेलायतको नयाँ कार्य समितिलाई औपचारिक नेतृत्व हस्तान्तरण गर्दै सुखद बार्षिक वि.वि.क्यू. पार्टी सम्पन्न गर्यो ।

उक्त कार्यक्रमको प्रमुख अथिति महिला नेतृ सभासद डा. आरजु देउवा र वेलायतका लागि नेपाली राजदुत मुरारीराज शर्मा विशेष अथितिको रुपमा उपस्थित
हुनु भएको थियो ।

महिला समस्या विषयक बैठकको लागि वेलायत आएको वेला नेपाली दाजुभाई, दिदीबहिनीहरुसंग भेट गर्न पाउदा आफूलाई अत्यन्तै खुसि लागेको कुरा डा. देउवाले बताउनु भयो । झण्डै ४ हजार नेपालीहरुको उपस्थिती रहेको भेलालाई सम्बोधन गर्दै राजदुत शर्माले वेलायतमा नेपालीहरुको उपस्थिती र रचनात्मक कार्यले अरु धेरै सम्भावना रहेको विचार ब्यक्त गर्नुभयो ।

उक्त विशाल भेलामा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने महानुभावहरुलाई सम्मान पनि गरिएको थियो। वेलायत भ्रमणमा आउनु भएका साहित्यकार धनहाँङ लिम्बू र सभासद देउवालाई चुम्लुङका पूर्व अध्यक्ष श्रीप्रसाद लिम्बूले कदर पत्र प्रदान गर्नु भयो ।
 

त्यस्तै गरि मिक्फूला लाजे इङघङका सम्पादक टंक बनेम, अनलाइन विश्व वेभक्याम नेपाली कविता प्रतियोगिता सम्पन्न गर्राई नेपाली साहित्यमा नयाँ आयाम थपे वापत अनलाइन नेपाली साहित्य मंचका सम्पादक विश्वास दीप तिगेला, उच्च शिक्षा अध्यान गरि विगत केही महिना देखि काठमाडौं बीर अस्पतालमा डाक्टरको रुपमा कार्यरत मिलन सुब्बालाई पनि किरात याक्थुङ चुम्लुङ नेपालका उपाध्यक्ष नरकुमारी लिम्बूबाट कदरपत्र प्रदान गरिएको थियो ।



कार्यक्रममा वेलायतका विभिन्न संघसंस्थाका आमन्त्रित प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । भेलालाई फक्स्टोन टाउन काउन्सिलर धन गुरुङ, किरात याक्थुङ चुम्लुङ काठमाडौ जिल्ला अध्यक्ष कृष्णा सुब्बा लगायतले सम्बोधन गर्नु भएको थियो ।



नवंनिर्वाचित चुम्लुङका अध्यक्ष रिटायर्ड क्याप्टेन बमबहादुर लिम्बूको नेतृत्वमा बनेको नयाँ कमिटिलाई फूलमाला लगाई दिएर पूर्व अध्यक्ष श्रीप्रसाद लिम्बूले कार्यभार औपचारिक हस्तान्तरण गर्दै शुभकामना दिनु भयो साथै वहाको पालामा कमिटि भित्र वा बाहिर रहेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसको लगतै नबनिर्वाचित अध्यक्षले पूर्व कमिटिका अध्यक्ष, महासचिव लगायत कमिटिका सदस्यहरुलाई फूलमाला दिएर विदाई गर्नुभयो । वहाहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै आफ्नो कमिटिले पनि सोहि पदचाप पछ्याउने र अरु यथासम्भव काम गर्दै लिम्बूहरुको साझा आस्थालाई सहि नेतृत्व गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

लिम्बूवान स्वायत्त राज्य प्राप्ति अर्न्तर्गतको शैक्षिक जागरण कार्यक्रमको लागि अघिल्लो कमिटीले गरेको सहयोगलाई निरन्तरता दिने बताउनु भयो । आगामी ९ अगष्टमा चुम्लुङले पहिलो पटक यलम्बर रनिड्ग कप फूटबल प्रतियोगिता आयोजना गरेको सम्बन्धमा पनि सबैलाई निमन्त्रणा गर्नु भयो ।



लिम्बू भाषाका गीत, हाक्पारे, पालामबाट शुरु भएको कार्यक्रमको बीचबीचमा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुरु देखिनै ढोल नाचको आकर्षण रहेको थियो भने नानीहरुको डोरि तान्ने प्रतियोगिताले रोचकता थपेको थियो । साहित्यकार धनहाँड लिम्बू आफूले लेखेको लिम्बूवानका कथाहरु पुस्तक हस्ताक्षर गर्दै बिक्रिवितरण गरिरहेका थिए भने यस बर्षको सामुहिक धान नाचमा अत्यन्तै ठूलो सहभागिता थियो । लिम्बू भेषभूषालाई प्रोत्सान गर्ने उद्देश्यले लिम्बू पोषाक प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा कृणा लिम्बू प्रथम हुनु भएको थियो । उपस्थित पाहूनाहरु पनि च्याब्रुङ भिरेर मच्चिमच्चि नाचे पछि सास्कृतिक विभागका प्रमुख सेरु लिम्बूले यस बर्ष पनि धेरै धन्यवाद बटुले ।



लाखौ नेपाली रहेको अनुमान गरिएको वेलायतको जनगणना गर्न सेन्टर फर नेपाल स्ट्डिजका निर्देशक डा. गोविन्दप्रसाद दाहल आफ्नै सानी छोरीको सहयोग लिइ गणनाको फाराम वितरण गर्न र नाम टिपाउन दिनभर ब्यस्त थिए । भेलाका सम्पूर्ण क्रियाकलाप वेलायतका नेपालीहरु माझ चर्चित फोटोग्राफर मिलन तमुले क्यामेरामा कैद गरेका थिए ।



चुम्लुङका पूर्व अध्यक्ष श्रीप्रसाद लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पूर्व महासचिव राजेन लिम्बूले संचालन गरेका थिए । स्मरण रहोस चुम्लुङ वेलायतको कार्यवधि २ बर्ष रहे पनि अघिल्लो कमिटी दोस्रो पटक पनि चुनिएको थियो र ४ बर्ष कार्यकाल पूरा गरेको थियो।

-सुहिम याक्थुङ (Suhim Yakthum, Kent, UK)
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®