Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from New York & Nepal: LGBT Community

अमेरिकामा ८८ लाख, नेपालमा एक लाख समलिङ्गीहरु
लौ यि कुरा नेपालका समलिङ्गीहरुको सुन्नै पर्ने भो


Sunilbabu Pant, known LGBT CA member
.

न्यूयोर्क, काठमाडौं,  May  24, 2008-तर पर्खनुस्, यता अमेरिकि सरकारले सन्‌ २००० देखी समलिङ्गी अर्थात 'LGBT' (lesbian, gay, bisexual and transgender) तथ्याङ्क लिन थाले देखी न्यूयोर्क राज्यमा मात्र सरकारी आँकडाअनुसार ३ लाख, ६४ हजार समलिङ्गी छन्‌ (सन्‌ २००४)। अझ न्यूयोर्क शहरमा चेल्सिया जस्ता उपशहर र गल्लीहरु पनि छन्‌ , जहाँ समलिङ्गीहरुको बाक्लो बसोबास र ब्यवसाय गर्ने थलोको रुपमा बिख्यात छन्‌।

पुरै अमेरिकामा यिनीहरुको सङ्ख्या (सरकारी आँकडाअनुसार) चाँही ७ लाख, ७६ हजार छ (सन्‌ २००५)। The Williams Institute को अनुमान अनुसार चाँही ८८ लाख अमेरिकनहरु समलिङ्गी छन्‌ जस मध्ये न्यूयोर्क राज्यमा ५ लाख, ९२ हजार छन्‌। उता हाम्रो देश नेपालमा भने झन्डै एक लाख भएको कुरा नेपाल को बर्तमान संबिधान सभा का एक मात्र (?) सम्लिङ्गी सभासद सुनिलबाबु पन्त ले जानकारी गराएका छन्‌।

अमेरिकाको ५० मध्ये मासाचुसेट राज्यले सन्‌ २००४ मा समलिङ्गी विवाहलाई बैधानिकता दिए पछि झन्डै १० हजार जोडीले कानुनी रुपमा बैबाहिक जिबनमा प्रबेस गरिसकेका छन भने हालै क्यालिफोर्निया राज्यले समलिङ्गी विवाहलाई बैधानिकता दिएको छ। उसो त यो बर्ष 'मदर्स डे' को अबसरमा आयोजना गरिएको America's Favorite Mom प्रतियोगिताका लागि समलिङ्गी जोडीहरुले एउटा अभियान नै चलाए 'बेस्ट आमा' बन्ने होड जित्नका लागि। नगरुन्‌ पनि किन- एक तत्थ्याङ्ककाअनुसार १७ प्रतिशत अमेरिकि समलिङ्गीहरुका बच्चा बच्ची छन्- कुनै आफ्नै पहिलेका श्रीमान-श्रीमती पट्‍टीबाट या कुनै गोद (एडप्‍ट) लिएर भा'का।
-प्रथा मगर (Comments? 551-358-7726)

तल हाम्रा बिशेष सम्पादन सहयोगि
सिताराम बरालको नेपाल रिपोर्ट पढ्नुहोस्:


Suman Gurung, President, Blue Diamond Society.

काठमाडौं,  May  24, 2008-समाजले हेयको दृष्टिले हेरेपनि दुई जना महिला तेश्रो लिङ्गीहरु सार्वजनिक भएका छन् । तेश्रो लिङ्गी हुनुपर्दाको पीडा कस्तो हुन्छ भन्नेबारे सार्वजनिक हुँदाको अवसरमा उनीहरुले खुलेर बताए । नील हीरा समाज (ब्लयू डायमण्ड सोसाइटी) ले गत सोमबार आयोजना गरेको 'महिला समलिङ्गी र तेश्रो लिङ्गीको हक अधिकार- अब बन्ने संविधानमा' विषयक अन्तकिर्रया कार्यक्रममा उनीहरु सार्वजनिक भएका हुन् । सो कार्यक्रममा महिला समलिङ्गीहरुले शिक्षा रोजगारीलगायतका बिषयमा विशेष अधिकारको मागसमेत गरे । यस सम्बन्धी व्यवस्था संविधान सभाले बनाउने नयाँ संविधानमै हुनुपर्ने उनीहरुको माग थियो । संविधान सभामा एकजना समलिङ्गीको प्रतिनिधित्व रहेको छ ।

महिला समलिङ्गी अनुषा भुजेल मोरङ्ग र उनका श्रीमान् सुमन तामाङ्ग (महिला नै) सो कार्यक्रममा सार्वजनिक भएका थिए । कार्यक्रमको उद्घोषक सुमन आफै थिइन् । पुरुषको भेषमा सजिएकी उनले श्रीमति अनुषालाई महिला समलिङ्गीहरुले भोग्नुपरेको पीडा बोल्न बोलाइन् । यतिबेलासम्म उद्घोषक र बक्ता रहेका सुमन र अनुषा श्रीमान् श्रीमति हुन् भन्ने कार्यक्रमका श्रोताहरुलाई जानकारी थिएन । जब अनुषाले बोल्न सुरु गरिन् र आफूहरुको प्रेम सम्बन्ध एबं विवाहका बारे बताइन् अनि थाहा भयो- यो समलिङ्गी महिला जोडीले कति हण्डर र ठक्कर खाएर विवाह गरेको रहेछ ।

समलिङ्गी महिलाबीच कसरी आपसमा आकर्षण हुँदो रहेछ भन्ने सम्बन्धमा अनुषाले भनिन्- 'गाउँमा सामुदायिक बनको भेला थियो म पनि गएकी थिएँ । मेरो हालको श्रीमान सुमनपनि आउनु भएको थियो । हामीबीच आँखा जुध्यो । आँखा जुध्दा म आफैलाई कस्तो- कस्तो लाग्यो, मित्रताको भाव बढ्यो । तर त्यहाँ हामीबीच बोलचाल भएन । पछि मैले उहाँलाई पत्र पठाएँ । त्यसपछि पत्रमा भावना आदान प्रदान हुन थाले । पछि उहाँले प्रेमको प्रस्ताव राख्नुभयो । मलाई कस्तो होला भनेर डर लाग्यो । केटी भएपनि ममा कुनै केटाप्रतिपनि आकर्षण थिएन । म त केटी मान्छेसँग आकर्षित हुन थालेको थिएँ ।'

त्यसबेला अनुषालाई आफू महिला तेश्रो लिङ्गी समलिङ्गी हुँ भन्ने थाहा रहेनछ । प्रेम सम्बन्ध बढ्दै गएपछि सुमनले अनुषालाई विवाहको प्रस्ताव राखिन् । प्रेम बढ्दै गएपछि अनुषाको परिवारले त्यो सम्बन्धलाई अस्वीकार गर्यो । 'म विपरित लिङ्गीप्रति आकर्षित नै थिइन्, यो कुरा मेरो परिवारले बुझ्न सकेन' अनुषाले भनिन्- 'श्रीमान र मबीचको सम्बन्ध टुटाउन मेरो परिवारले सकेजति प्रयत्न गर्यो ।' पारिवारिक दबाबपछि यी दुबै समलिङ्गी केटीले घर छाडे । त्यसपछि सुरु भयो उनीहरुको जीवनको वास्तविक संघर्षको कथा ।

२०६४ पुष १४ गते उनीहरुले घर छाडेका थिए । दुईजनाबीचको विवाहकालागि घर छाड्नुबाहेक कुनै बिकल्पपनि थिएन उनीहरुकालागि । किनभने गाउँका सामान्य चेतनास्तरका उनीहरुका परिवारका सदस्यहरुले तेश्रो लिङ्गी भनेको के हो भन्ने जान्ने कुरा थिएन । दुबैका परिवारले समलिङ्गी होइन विवाहकालागि केटा खोजिदिन सक्थे । र उनीहरु दुबैले परिवारले खोजिदिएको केटालाई श्रीमान् मानेर बस्न सक्दैनथे । 'हामी जब भाग्यौं अनि विराटनगरको बगलामुखी मन्दिरमा गई बिहे गर्यौं' अनुषाको भनाई थियो- 'विहेपनि हामीले गुपचुप रुपले गर्यौं ।'

यो विहेपछि उनीहरुले विराटनगर- १५ स्थित कोशी ब्यारेजको एक भवनमा कोठा भाडामा लिए । र त्यहीं बस्न थाले । दुई जनाको जोडी टुटाउन परिवारले व्यापक खोजी गरिरहेको थियो । 'हाम्रो भूमिगत जीवन सुरु भैसकेको थियो' अनुषाले आफ्ना संघर्षमय दिनबारे बताइन्- 'साथमा रहेको अलि-अलि रकमपनि सकियो त्यसपछि बाहिर निस्क्यौं । र कामको खोजी गर्यौं ।' काम पाएनन् । त्यसपछि उनीहरु केही दिन भोकैपनि बसे । र पत्रिकामा समलिङ्गीहरुको संस्था 'नील हीरा समाज' को कार्यालय विराटनगरमापनि रहेको थाहा पाएपछि सम्पर्ककालागि त्यहाँ गए ।


Anusa and Suman

हाल उनीहरुलाई नील हीरा समाजले ड्राइभिङ्ग कोर्शको तालिम दिइरहेको छ । उनीहरु नील हीरा समाजको आश्रयमा छन् । तर ड्राइभिङ्ग कोर्श सिकिसकेपछि काम पाइने हो कि होइन भन्ने चिन्ताले उनीहरु डुबेका छन् । किनभने कुनैपनि काम खोज्दा महिला कि पुरुष हो भनेर सोध्ने र रेकर्ड राख्ने परम्परा छ । 'तेश्रो लिङ्गी वा समलिङ्गी भन्नासाथ हेयका दृष्टिले हेर्ने र कामै नदिने प्रचलन छ' सुमनले भनिन्- 'हामी अनिश्चिततामा बाँचिरहेका छौं ।'

हाल उनीहरुले बिहे गरेको परिवारले सुनिसकेको छ । तर परिवारले यसलाई हाँसोको रुपमा लिएको छ । उनी भन्छिन्- 'फोनमा मेरो श्रीमान् सुमन हो भन्दा उहाँहरु पत्याउँदै पत्याउनु हुन्न । कहीं केटी मान्छेको श्रीमान्पनि केटी नै हुन्छ भनेर पो भन्नुहुन्छ ।'

सुमन र अनुषा जस्तै महिला समलिङ्गीहरु कार्यक्रममा उपस्थित भएका थिए । 'यसै त समाजमा महिलाहरु पिछडिएका र शोषणको शिकार भएका छौं अझ हामी महिला समलिङ्गीहरुका पीडा धेरै छन्, हामीमाथि शोषणपनि धेरै छ' महिला समलिङ्गी बद्री पुनले भने- 'यसबीचमा दलित, मधेशी र जनजातिका समस्याका कुरा धेरै उठे तर अल्पसंख्यकका रुपमा रहेका हामी समलिङ्गीहरुको बारेमा कसैले कुरा उठाइदिएन ।'

वास्तवमा उनीहरु अब बन्ने नयाँ संविधानमा आफूहरुका हक, अधिकार र पहिचानको ग्यारेन्टी गर्नका लागि माग गर्दै सार्वजनिक भएका थिए । काठमाडौंमा महिला समलिङ्गीहरु भेटिएमा 'यही खोजेकी हैनस्' भन्दै प्रहरीहरुले बलात्कारसमेत गर्ने गरेका छन् ।

महिला समलिङ्गी भएपनि पुरुषको भेषमा रहेका बद्रीले भनिन्- 'नयाँ नेपालको अनुभव हामी समलिङ्गीहरुलाईपनि गराउनु पर्यो । त्यसकालागि सरकारले हामी समलिङ्गीहरुलाई राज्यका हरेक क्षेत्र र अवसरहरुमा केही सुविधाको व्यवस्था गर्नुपर्यो ।' महिला समलिङ्गी भएपनि बद्रीलाई कार्यक्रममा सहभागीहरुले 'दाई' को रुपमा सम्बोधन गरेका थिए । अनुषाको श्रीमान् बनेकी सुमनपनि कार्यक्रममा केटाको रुपमा नै उपस्थित थिइन् ।

समलिङ्गी हुनु कुनै अपराध होइन बरु यो प्राकृतिक कारण हो । एउटा पुरुष महिलासँग आकर्षित हुनु र महिला पुरुषसँग जसरी प्राकृतिक रुपले आकर्षित हुन्छन् त्यसरी नै समलिङ्गीहरुपनि महिला महिला समलिङ्गीसँग र पुरुष समलिङ्गीपनि पुरुष समलिङ्गीसँग आकर्षित हुन्छन् । यो कुनै यौन विकार होइन । तर यसलाई हाम्रो समाजले सकरात्मक रुपले लिने गरेको छैन । प्राकृतिक कारणले नै यस्तो हुने गरेको छ । तर यो कुरा समलिङ्गीका घर-परिवार र समाजले नबुझ्दा उनीहरु घरबाट र जागिरमा छन् भने जागिरबाटसमेत निकालिने गरेका छन् ।

जस्तो कि भक्ति शाह नामका एक सैनिक केही समयअघि समलिङ्गी भएकै आरोपमा ६० दिन सैनिक हिरासतमा यातनाकासाथ बसी रिहा भएका थिए । उनी हाल समलिङ्गीहरुको हक-अधिकार स्थापना गर्ने अभियानमा संलग्न रहेको बताइएको छ ।

हालैमात्र भारतमा लगी बेचिएका झापाको गौरीगन्‍ज निवासी १६ वर्षीय किशोर भागेर घर आईपुग्दा िहंजडा भएको आरोपमा घरबाटै निकालिएका छन् । आफ्नै परिवारबाट निकालिएपछि उनी इटहरी, सुनसरी स्थित समाज कल्याण समाजमा शरण लिएर बसेको जानकारी सार्वजनिक भएको छ ।

समलिङ्गीहरुको तर्फबाट संविधान सभामा प्रतिनिधित्व गरेका नील हीरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तका अनुसार करिव एक लाख समलिङ्गीहरु समाजको सम्पर्कमा आइसकेका छन् । तर समाजले हेयको दृष्टिले हेर्ने भएकाले सम्पर्कमा नआउनेको संख्या अझै ठूलो छ । बताइए अनुसार कुनैपनि समाजमा समलिङ्गीहरुको संख्या १० देखि १५ प्रतिसतसम्म हुन्छ । यति ठूलो संख्यामा समलिङ्गीहरुको संख्या रहेपनि सरकारी उच्च पदमा त के पियन पदमा समेत पहिचान खुलेका एकजना समलिङ्गी रहेको जानकारी संस्थासंग नभएको उनले बताए ।

'जागिरबाट निकालिने डरले उनीहरु खुलेर आउन सकेका छैनन्' उनले भने- 'समलिङ्गी हो भन्नासाथ िहंजडा भनेर जागिरै नदिने चलन छ । समलिङ्गी भन्ने थाहा पाएमा केटातिर राख्ने कि केटीतिर भनेर स्कूलबाट समलिङ्गीहरु निकालिनेसमेत गरेका छन् ।' पन्त आफैपनि पुरुष समलिङ्गी हुन् । उनलाई नेकपा संयुक्त ले संविधान सभामा पठाएको हो ।

-Sitaram Baral in Kathmandu and Pratha Magar in Jersey City, NJ, USA


Members of Blue Diamond Society.


LGBT members.


Anusha


Badri Pun Magar


Photos: Sitaram Baral
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®