Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

नेता र कार्यकर्ताहरु गाउतिर लागे, रित्तिदैछ काठमाडौं
काठमाडौं, February 28, 2008-फागुन १३ गते प्रत्यक्षँ निर्वाचन अन्तर्गतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेपछि मुलुकको ध्यान अव संविधान सभा निर्वाचनतर्फ केन्द्रित भएको छ । उम्मेदवारी दर्ता कार्य उत्साहवर्धक भएको बताउँदै निर्वाचन आयोगलेपनि उम्मेदवारसम्बन्धी अन्य कार्यक्रमहरु सार्वजनिक गरेको छ । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ र हात्ती लस्किंदै गर्छ भन्ने उखान झैं निर्वाचन आयोगले उम्मेदवारी दर्ता सम्बन्धी अन्य कार्यक्रम सार्वजनिक गरेपछि निर्वाचन विरोधीहरु हच्किएका छन्।

आयोगले सोमबारमात्र २ सय ४० वटै निर्वाचन क्षँेत्रमा परेका उम्मेदवारहरुको सूची प्रकासित गरी उम्मेदवारविरुद्ध उजुरी दिने म्याद आज फागुन १५ तोकेको थियो भने फागुन १६ गते उजुरी परेका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्नेछ । फागुन १७ र १८ गते उम्मेदवारहरुले चाहेमा उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आयोगले १८ गते अन्तिम नामावली प्रकासित गरी १९ गते निर्वाचन चिन्ह प्रदान गर्नेछ ।

राजनीतिक पार्टीबाट उम्मेदवारी दिनेहरुले पार्टीकै चुनाव चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारहरुकालागि आयोगले बेग्लै चिन्ह प्रदान गर्नेछ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकासित भएपछि उनीहरुलाई आचार संहिता लाग्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगमा ३९ पार्टीहरुले उम्मेदवारी दिएका छन् । चुनाव हुन्छ कि हुँदैन भन्नेमा आशंका व्यक्त गरिएकै बेला देशभरिका २ सय ४० वटै निर्वाचन क्षँेत्रमा पहिलेका निर्वाचनमा झैं परेको उम्मेदवारी दर्ताले आमजनतामा अब चािहं चुनाव हुने नै भयो भन्ने विश्वास पलाएको छ ।

आन्दोलनकारीमाथि दबाव
मधेशमा समेत उत्साहवर्धकरुपले उम्मेदवारी दर्ता भयो । आन्दोलनरत संयुक्त मधेश लोकतान्त्रिक मोर्चाले आफ्ना माग पुरा नभई संविधान सभाको चुनाव हुन नदिने बताएपनि निर्वाचनप्रतिको उत्साहकाकारण उम्मेदवारी दर्ता नै गर्न नसक्नेगरी उनीहरुले अवरोध पुर् याउन सकेनन् । सप्तरी सुनसरी सिरहा लगायतका जिल्लामा उनीहरुले अवरोध सिर्जना गर्न खोजेपनि मधेशका अधिकांस जिल्लामा ठूला पार्टीहरुले भव्यजुलुश सहित आ-आÏनो उम्मेदवारी दर्ता गरे ।

मधेशका निर्वाचन क्षँेत्रहरुमा अधिकांस मधेशी उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेकाले मधेश संविधान सभाको निर्वाचनकै पक्षँमा छ भन्ने देखिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा लगायतका सशस्त्र संगठनहरुलेपनि उम्मेदवारी दर्तामा खासै अवरोध पुर् याउन सकेनन् ।

उत्साहवर्धक उम्मेदवारी दर्तापछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोचर्ँलाई पनि चुनावमा भाग लिन दबाब बढेको छ । मोर्चामा संलग्न मधेशी जनअधिकार फोरम कुनैपनि हालतमा निर्वाचनमा जान नहुने पक्षँमा देखिएको थियो । आफ्ना मागहरु पुरा गर्न सरकार तैयार भएपछि पनि फोरमका अध्यक्षँ उपेन्द्र यादवले सोमबारको वार्तामा निर्वाचन १ महिना पर सार्न भन्दै नयाँ माग थपेको थियो । तर निर्वाचन सार्ने कुरामा सरकारले सहमति जनाएन । त्यो दिनको वार्ता भंग भयो ।
अन्य दिन वार्ताकालागि आन्दोलनरत पक्षलाई सरकारी पक्षँले नै बोलाउनुपथ्र्याे । तर निर्वाचन सार्ने मागका कारण सोमबार रातिको वार्ता भंग भएपछि आन्दोलनरत पक्षले नै पुन वार्ताकालागि तदारुकता देखायो । यसको एउटै कारण थियो उनीहरुको अवरोधका बाबजुद मधेशमा सफलतापूर्वक सम्पन्न भएको उम्मेदवारी दर्ता कार्य । निर्वाचनको विरोध गर्दा मधेशी जनताबाट कटिने संभावना मधेशी मोर्चाका नेताहरुले देखे । र आफूहरुपनि संविधान सभा निर्वाचनको पक्षँमा रहेको बताउन बाध्य भए ।

रित्तिदैछ काठमाडौं
उम्मेदवारी दर्ता लगत्तै देशव्यापी रुपमा निर्वाचनको पक्षँमा माहौल सिर्जना भएको छ । राजनीतिक पार्टीहरु बैठक भेला र सभाहरुमा व्यस्त हुन थालेका छन् । काठमाडौंबाट जिल्ला फर्किनेहरुको संख्या बढ्न थालेको छ । यसअघि काठमाडौंका गल्ली-गल्लीमा भेटिने राजनीतिक दलका नेताहरु जिल्लातर्फ लागिसकेका छन् । प्रत्यक्षँ निर्वाचनमा उठेकाहरु त जाने भैहाले समानुपातिकतर्फका उम्मेदवारको सूचिमा परेकाहरुपनि आफ्नो गृह जिल्ला जान थालेका छन् । विहान विहान हुने चिया गफहरुमा चुनाव हुने नहुने कुराको चर्चा हुन्थ्यो भने अव कसले जित्छ भन्ने कुराको चर्चा हुन थालेको छ ।

अन्तरिम व्यवस्थापिका-संसदको सदस्य रहेका अधिकांस विधायकहरुले आ-आफ्नो पार्टीबाट टिकट पाएका छन् । कोही प्रत्यक्षँतर्फ लडेका छन् भने कोही समानुपातिक तर्फ । उनीहरुपनि अधिकांस जिल्लातर्फ लागेका छन् । यसअघि संसदको बैठक नहुँदापनि िसंहदरवारतिर रुमल्लिएको देखिने सांसदहरुलाई काठमाडौंमा भेट्टाउन आजकल मुस्किल पर्छ । जानकारी अनुसार सबै पार्टीका गरी ६८ जना सांसदलेमात्र प्रत्यक्षँ तर्फको टिकट पाएका छैनन् । प्रत्यक्षँतर्फको टिकट नपाएपनि अधिकांस समानुपातिकतर्फबाट उम्मेदवार बनेका छन् ।

समानुपातिकतर्फका उम्मेदवार बन्नेहरुले आफ्नो जिल्लाका प्रत्यक्षँ तर्फका उम्मेदवारको प्रचारमा कत्तिको सघाउँछन् र समानुपातिक तर्फको मतदानमा पार्टीको पक्षँमा कत्तिको मतलाई प्रभावित पार्न सक्छन् यही चुनावपछि संविधान सभा सदस्य छनौटको आधार बनाइने भएकाले समानुपातिक तर्फका उम्मेदवारहरुपनि जिल्लातर्फ लागेका हुन् । स्मरणीय छ समानुपातिकतर्फ जुन पार्टीले जति प्रतिसत मत पाउँछ मत प्रतिसतकै आधारमा निर्वाचन आयोगमा पेश गरिएका ३ सय ३५ मध्येबाट उनीहरुले संविधान सभा सदस्यको चयन गर्न पाउँछन् ।
-Sitaram Baral in Kathmandu




तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®