Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कोशी बाँध भत्कने क्रम बढ्‍दो
'सम्झौताअनुसार भारतले मर्मत र सुरक्षा गर्नुपर्छ -मन्त्री गुप्ता


कोशीको बाढीबारे जानकारी दिदै कृषिमन्त्री गुप्ता Minister Jayapraksah Prasad Gupta. Photo: Sitaram

काठमाडौं,  August 28, 2008- कृषि तथा सहकारी मन्त्री जयप्रकाशप्रसाद गुप्ताले क्षतिग्रस्त कोशीबाँध निर्माण गरेर विस्थापित भएकाहरुलाई उनीहरुको घर आँगनमा पुनस्र्थापना गर्न एक बर्षयता असम्भव भएको बताएका छन्।

करिव ५० हजार विस्थापितहरुलाई कम्तिमा एक बर्ष सुरक्षित राख्नकालागि राज्यले अहिल्यै योजना बनाउनुपर्ने कुरामा जोडपनि दिएका छन् ।

मन्त्री गुप्ताले कोशीको भयावह भेलका कारण तत्कालका लागि बाँध ममर्त एवं पुननिर्माण असम्भव भएको बताएका हुन् । मन्त्री हुनासाथ बाढीपीडित क्षेत्रतर्फ लागेर मंगलबारमात्र काठमाडौं फर्केका मन्त्री गुप्ताले कोशीको पीडामा राज्यले सम्बेदनशीलता देखाउन नसकेको पनि बताएका छन् ।

'कोशीबाँध तत्कालका लागि निर्माण असम्भव छ, बांध भत्कने क्रम बढेकाले थप समस्या आउने खतरा छ' आफू स्वयं कोशी किनारमा हुर्किएको उल्लेख गर्दै उनले भने- 'कोशीको भेललाई रोक्ने दिशामा सफलताको लक्षण देखिदैन ।' हालसम्म बाँध मर्मतका लागि प्राविधिक प्रयास नभएको उनको भनाई थियो ।

बाँध मर्मतका लागि सुख्खा याम कुर्नुपर्ने स्थिति रहेको बताउदै मन्त्री गुप्ताले भने- 'कोशीले आफ्नो बाटो बदल्ने संकेत देखिएको छ, कोशी बग्ने मुख्य बाटो नपहिलिएसम्म भेल रोक्नु असम्भव छ ।' मन्त्री गुप्ताले उनले कोशी बाँध पुननिर्माणका लागि भारतको प्रमुख दायित्व हुनेपनि बताएका छन् ।

मन्त्री गुप्ताको भनाई छ- 'सम्झौताअनुसार भारतले मर्मत र सुरक्षा गर्नुपर्छ । निर्माणको दायित्व उसैको हो ।' यद्यपी नेपाल र भारत दुवै देशले जिम्मेवारीका साथ बांध पुनर्निर्माणमा आफूलाई केन्द्रित गर्नुपर्ने बताउँदै उनले कोशी योजनासँग सम्बन्धित दुवै देशका अधिकारीहरुले समयमै सजग नगराउँदा दुर्घटना भएको बताए ।
 
भारतसँग बांध निर्माणबारे छलफल अगाडि बढेको बताउँदै मन्त्री गुप्ताले बांध निर्माणका लागि भारतले ठूला दुई कम्पनिसंग सम्झौता गरिसकेको सूचना पाएको जानकारीपनि दिएका छन् । भारतका उच्च अधिकारीहरु कोशीबांधको डुबान क्षेत्रमा आउन लागेको र उनीहरुसँग कोशी बाँधकाबारेमा पनि छलफल हुने जानकारपनि उनले दिए ।

मन्त्री गुप्ताका अनुसार बाँधका कारण आठ किलोमिटर लामो राजमार्गको खण्ड बगाएको छ । 'त्यसैले वैकल्पिक बाटोको खोजी भइरहेको छ' उनले भने- 'चतराबाट सुनसरीको बराहबाट कोशी तरेर उदयपुरको रामपुर निस्कने गरी बाटो बनाउन सकिन्छ ।' राज्यले कोशीको समस्यालाई समयमै नबुझ्दा भयावह अवस्था आएको उनको भनाई थियो ।

-Sitaram Baral in Kathmandu
  Read our related news:
»
कोशी सम्झौताअनुसार मर्मतको जिम्मेवारी भारतले लिनु पर्ने

» भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी गैरजिम्मेवारीका कारण जनता विपत्तिमा परेको आरोप
» बाँध टुट्‍दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो (3 photos)
» असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®