|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
खुरुक्क नहटे सेना लगाएर राजा हटाइने राजा ज्ञानेन्द्र सुध्रेर आए माओवादीले सदस्यता दिन तयार Rambahdur Thapa Magar 'Badal'. Photo: Sitaram Baral काठमाडौं, April 21, 2008-माओवादीका वरिष्ठ नेता रामबहादुर थापा मगर 'बादल' ले राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट शान्तिपूर्ण रुपले नहटे सेना लगाएर भएपनि राजालाई त्यहाँबाट हटाउने योजनामा रहेको खुलाशा गरेका छन्। सकेसम्म शान्तिपूर्ण रुपले राजा हटाउने पक्षमा माओवादी रहेको बताउँदै शान्तिपूर्ण प्रयास सम्भव नभए विकल्पको रुपमा सेना प्रयोग चेतावनी उनले दिएका छन् । आइतबार रिपोटस्र क्लबद्धारा आयोजित साक्षुकार कार्यक्रममा बोल्दै 'बादल' ले भने- 'संविधानसभाको पहिलो बैठकले निर्णय गरेपछिपनि नहटे सेना या अन्य शक्तिको प्रयोग गरेरै भएपनि हटाइनेछ ।' राजालाई अब पशुपतिनाथले पनि बचाउन नसक्ने उल्लेख गर्दै माओवादी नेता बादलले शान्तिपूर्ण माध्यमबाट राजतन्त्र समाप्तिको प्रयास जारी राखिने बताए । 'नारायणहिटीबाट शान्तिपूर्ण बहिर्गमनकालागि राजासंग भेट्ने प्रयासपनि गरेका छौं', बादलले भने- 'राजालाई दाम चढाउने उद्देश्यले भेट्न लागेका होइनौं नारायणहिटीबाट बर्हिगमन गराउनकालागि भेट्न खोजेका हौं ।' माओवादी सांस्कृतिक राजा या कुनैपनि नामधारी राजा राख्ने पक्षमा नरहेकोपनि उनले बताए । माओवादी शीर्ष नेता डा. बाबुराम भटराईले शनिवार एक अन्तर्वार्तामा राजा शान्तिपूर्णरुपले गद्दी छाड्न तैयार भए केही आर्थिक वा सांस्कृतिक सहुलियत दिन सकिने बताएका थिए । यससम्बन्धमा पत्रकारहरुले बादलसँग जिज्ञाशा राखेका थिए । उत्तरमा बादलले भने- 'हाम्रो पार्टीका कुनै नेताले यस्तो अभिव्यक्ति दिनुभएको छ भने त्यो पार्टीको आधिकारिक धारणा होइन ।' 'धेरै राजावादीलाई गणतन्त्रवादी कित्तामा ल्याएका छौं राजालाई गद्दी छाड्न लगाउने प्रयोजनस्वरुप केही राजावादीलाई भेटेकै हौं' उनको भनाई थियो- 'अरुले राजालाई बलियो बनाउन भेट्थे हामी उनलाई हटाउन भेट्दैछौं ।' राजा ज्ञानेन्द्रले राजगद्दी छाडी माओवादी पार्टीमा आउन चाहे माओवादी पार्टीले के गर्छ भन्ने पत्रकारहरुको प्रश्नमा बादलले भने- 'लोकतान्त्रिक आचरण बनाएर आए राजालाई माओवादीले सदस्यता दिनेछ ।' माओवादीको सैन्य संगठनभित्र राम्रो पकड भएको मानिने माओवादी नेता बादलले सेना समायोजनसम्बन्धी विषय शान्ति सम्झौता बमोजिम टुङ्गो लगाउने दोहोर्याए । 'अहिलेकालागि नेपाली सेनाको लोकतान्त्रिकरण र माओवादी जनसेनाको व्यवसायीकरणलाई प्राथमिकता दिनुपर्छ' उनले भने- 'दुवै सेना एकीकरण गरी राष्ट्रिय सेना बनाउने हाम्रो योजना छ ।' दुवै सेनाका जवानहरुलाई छानेर औद्योगिक सुरक्षा बल गठन गरिने विकल्पपनि उनले अघि सारे । उनले भने- 'संविधानसभाले राष्ट्रिय सुरक्षा नीति निर्माण गरेपछि सेनालाई लोकतान्त्रिकरण गर्न मद्दत मिल्नेछ ।' माओवादी सेनाको संख्या घटाएर सबै जनतालाई फौजी तालिम अनिवार्य गर्ने पक्षमा आफ्नो पार्टी रहेको जानकारीपनि उनले दिए । संविधान सभामा माओवादीको विजयसँगै उग्र माओवादी विरोधी मानिने प्रधानसेनापति रुक्माङ्गत कटवालको भविष्यका बारेमापनि प्रश्न उठ्न थालेको छ । यससम्बन्धमा बादलले भने- 'जो कसैले पनि आफ्नो सेवा सेवा अवधि पूरा गर्न पाउनुपर्छ तर विगतमा गल्ती गरेको भए सजाय दिनुपर्छ भन्ने मान्यताका साथ संविधानसभाले यस सम्बन्धी निर्णय गर्नेछ ।' भारतमा सशस्त्र संघर्ष गरिरहेको भाकपा माओवादी सँग आफ्नो पार्टीको सम्बन्ध रहेको कुरा बताउन उनी चुकेनन् । संसारभरिका माओवादीहरुको छाता संगठन 'रिम' र दक्षिण एसियाका माओवादीहरुको क्षेत्रीय संगठन 'कम्पोसा' सँग माओवादीको सम्बन्ध जारी रहेको बताउँदै उनले भनॆ- 'वैचारिक सम्बन्धमात्र रहेको छ । प्राविधिक सहयोग आदान-प्रदान गरेका छैनौं ।' -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®