|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
शाहीकालका गृहमन्त्रीलाई पत्रकार महासंघको
ज्ञापनपत्र, पत्रकारहरु नै आगो काठमाण्डौं, November 13, 2008- शाही शासनकाबेला गृहमन्त्री रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई नेपाल पत्रकार महासंघको एक टोलीले छिटो संविधान निर्माणकालागि ज्ञापनपत्र बुझाएपछि महासंघभित्रै विवाद सिर्जना भएको छ । महासंघका कोषाध्यक्ष रमेश बिष्टले निरंकुश शासनकालमा गृहमन्त्री रहेकालाई ज्ञापनपत्र बुझाउने कुनै कार्यक्रम नभएपनि ज्ञापनपत्र बुझाएको भन्दै आपत्ती जनाएका छन् । बिष्टले विज्ञप्तिमार्फत् भनेका छन्- 'नेपाल पत्रकार महासंघले संविधान लेखन प्रकृया अविलम्ब प्रारम्भ गर्न र नयाँ बन्ने संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अकुण्ठितरुपमा संस्थागत गर्न दबाब दिने उद्देश्यले प्रमुख राजनीतिक दल, संविधान सभाका अध्यक्ष र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने अभियानअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई ज्ञापन पत्र बुझाइएको प्रति मेरो गम्भिर असहमति रहेको छ ।' महासंघले बुधबार राप्रपा नेपालका अध्यक्ष थापालाई ज्ञापनपत्र बुझाएको थियो । कोषाध्यक्ष विष्टले भने 'निरंकुश शाही शासनकालमा गृहमन्त्री रहेका थापा नेपालको इतिहासमा सवैभन्दा बढी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधीका रुपमा देखापरेका' व्यक्तिलाई ज्ञापन पत्र बुझाइएकोमा आपत्ति प्रकट गरेका हुन् । थापा अध्यक्ष रहेको पार्टीको वैचारिक पक्ष अहिलेपनि निरंकुशतावादी रहेको बताउँदै त्यस्तो पार्टीको प्रमुखलाई ज्ञापनपत्र बुझाउन जाने घटनाले स्वतन्त्रताप्रेमी र स्वाभिमानी पत्रकारहको शिर निहुरिएको उल्लेख गरेका छन् । 'शाहीकालमा थापाकै निर्देशनमा सन्चार गृहहरुमा सशस्त्र सेना पठाउने, समाचारमा सेन्सरशीप लगाउने, पत्रकारलाई पक्राउ गर्ने र सैनिक बंकरमा पत्रकारलाई थुन्ने, व्यक्तिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको गणतान्त्रिक संविधान लेखनका लागि ज्ञापनपत्र दिनु लाजमर्दो कुरा हो' उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'थापालाई पत्रकार महासंघको नाममा ज्ञापनपत्र बुझाउन जाने घटनाले स्वतन्त्रताप्रेमी र स्वाभिमानी पत्रकारहरुको शिर निहुरिएको छ ।' संविधानसभा अध्यक्षलाई ज्ञापनपत्र बुझाएर सुरु भएको महासंघको अभियान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर एकप्रकारले सम्पन्न भईसकेपछि एका एक थापालाई महासंघका पदाधिकारीले ज्ञापनपत्र बुझाउनु आपत्तिजनक रहेको उनको कथन छ । महासंघले माओवादी, एमाले, कांग्रेस, जनमोर्चालगायत सबैजसो राजनीतिक दलका प्रमुखहरुलाई ज्ञापनपत्र दिइसकेको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||