Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पूर्व राजा ज्ञानेन्द्र नागार्जुन मात्र होइन देशै छोड्दै छन्‌?


Former king Gyanendra. Photo: Santa

काठमाडौँ, September 4, 2008- गणतन्त्र आएपछि नारायणहिटी दरवारबाट नागार्जुन दरवारतर्फ सरेका पूर्व राजा ज्ञानेन्द्र त्यहाँबाटपनि सर्ने योजनामा रहेका छन् ।

दरवार निकट कतिपय श्रोतहरुले भने पूर्व राजा नेपालमै नबस्ने अनुमान गर्न थालेका छन् । गद्दी छाडेपछि भने उनले आफू नेपालमै रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

माओवादी नेतृत्वमा सरकार बनेपछि पूर्व राजा ज्ञानेन्द्र नागार्जुनबाटपनि बसाईं सर्ने योजनामा पुगेका हुन् । स्वयंभू छाउनीस्थित आफ्ना स्वर्गीय काका हिमालयले उनलाई दिएको निवास वा महाराजगन्‍जस्थित आफ्नै निवासमध्ये कहाँ सर्ने हुन् त्यो भने प्रष्ट भैसकेको छैन ।

पूर्व शाही परिवार निकटका श्रोतहरुले भने पूर्व राजा छाउनीमा रहेको हिमालयन हाइटमै बस्न जाने अनुमान गरेका छन् । राजा महेन्द्रका भाई हिमालयवीर बिक्रम शाहले ज्ञानेन्द्रलाई हिमालयन हाइट दिएका थिए । स्मरणीय छ, हिमालय निसन्तान थिए । महेन्द्रका अर्का भाई बसुन्धराको सम्पत्ति भने धीरेन्द्रलाई दिइएको थियो ।

पूर्व राजा ज्ञानेन्द्रले नागार्जुनपछि छाडेको स्थितिमा कहाँ सर्लान् भन्ने चर्चा चलिरहेका बेला कतिपयले भने उनी नेपालमा नबस्न सक्ने अनुमानपनि गरेका छन् ।

'नेपालमै बस्ने सोचाई भएको भए त्यो अनुसारको तैयारी हुन्थ्यो होला' दरवार निकट श्रोतले भन्यो- 'तर त्यो अनुसारको तैयारी देखिन्न सबै काम काम चलाउ हिसावले भैरहेका छन् ।'

बताइए अनुसार यसअघि शाही परिवारलाई बर्षभरिकालागि आवस्यक पर्ने खाद्यान्न लगायतका सामाग्री ल्याउने तैयारी एक बर्षअघि नै तैयार गरिन्थ्यो । यसकालागि ठेकेदारहरुपनि तैयार गरिएका हुन्थे । 'तर यो बर्ष केही गरिएको छैन' श्रोतले भन्यो- 'नेपालमै नबस्ने सोचाई विकसित भएकाले यो तैयारी नगरिएको हुनसक्छ ।'
  पूर्व राजा ज्ञानेन्द्रका एकमात्र छोरा पारश छोरा-छोरी पढाउने बहानामा सिङ्गापुरतर्फ लागिसकेका छन् । सिंगापुरमै बसोबासको व्यवस्थाकालागि घर समेत खोजिदै गरेको छ तर फेला परेको छैन । श्रोतको दावी छ- 'छोरा विदेशमा बस्ने निर्णयमा पुगिसके पितापनि कुनैपनि बेला सबैलाई आश्चर्यमा पार्दै विदेसिन सक्छन् ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®