|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
भारतमा मतदाता नेपालमा मन्त्री? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Minister Ramchandra Jha. Photo: Siataram काठमाण्डौं, November 17, 2008- एमाले केन्द्रीय सदस्य एबं स्थानीय विकास मन्त्री रामचन्द्र यादवले आफू भारतीय नागरिक नभएको दावी गरेपनि उनी भारतीय नागरिक भएको पर्याप्त प्रमाण फेला परेको छ । नेपालको धनुषा माचिझकटैया गाविस- ७ बाट नेपाली नागरिकता लिएपनि उनी भारतको विहार राज्यको मधुवनी हर्लाखी करुण पन्चायतबासी भएको प्राप्त प्रमाणहरुले बताएका छन् । उनको पिता पुलकित झाको नाममा भारतको सोही स्थानमा १८८५ देखि नै घरजग्गा रहेको श्रोतको भनाई छ । आइतबार आयोजित कार्यक्रममा उनले त्यहाँ रहेका घरजग्गा बेच्ने क्रममा आफू रहेको बताएर उनले आफू नेपाली नागरिक भएको दावी गरेका थिए । उनले आफूले २०३६ सालमै भारत सरकारलाई आफूले त्यहाँको नागरिक नभएको जानकारी दिएको दावीपनि गरेका थिए । तर उनले २०४५ मा मात्र नेपाली नागरिकता लिएका थिए । भारतको सोही गाउँको नागरिकको हैसियतले उनले गत जुलाई १२ मा जारी आवासीय प्रमाणपत्रसमेत फेला परेको छ जसमा उनी हरलाखी थाना अन्तर्गत पर्ने करुणा गाउँको कमलावरपट्टी गाउँको भएको उल्लेख छ । उनको आवासीय प्रमाणपत्र नं १३२ हो । आइतबार आफूले २०३६ मै आफू भारतीय नागरिक नभएको जानकारी भारत सरकारलाई दिएको बताएका मन्त्री झाले किन यसैसाल आवासीय प्रमाणपत्र लिए प्रश्न उठेको छ । धनुषा- १ बाट संविधान सभामा निर्वाचित भई एमालेको तर्फबाट मन्त्री भएका झाको भारतीय मतदाता नामावलीमासमेत नाम भएको भेटिएको छ । उनीमात्र होइन उनकी श्रीमति, छोरा-छोरीहरुको नाममसेत भारतीय मतदाता नामावलीमा छ । जानकारीअनुसार झाले २०४५ सालमामात्र नेपालको नागरिकता लिएका थिए । सोही साल उनका भाई मदनचन्द्र झालेपनि नेपाली नागरिकता लिएका थिए । |
|
![]() मन्त्री झाले गत जुलाई १२ मा प्राप्त गरेको भारतीय आवासीय प्रमाणपत्र तर नेपाली नागरिकता लिएबापत कारवाही हुने डरले भाईले नेपाली नागरिकता त्यागिसकेको बताइएको छ । नेपाली नागरिकता लिएकाले नेपालमै राजनीति गर्न सजिलो हुने र फाइदापनि हुने ठानेका रामचन्द्रकालागि साँच्चिकै नेपाली नागरिकता फलिफापसमेत भएको छ किनभने उनी एमालेको तर्फबाट संविधान सभा सदस्य र मन्त्रीसमेत बनिसकेका छन् । यसैहप्ता माओवादी नेता मातृका यादवले नेपालको मन्त्री परिषद्मा भारतीय नागरिक भएको तर यससम्बन्धमा कसैलेपनि आवाज नउठाएको बताएका थिए । दौरा सुरुवाल लगाएका भारतीयहरु मन्त्री बन्दा नेपालको राष्ट्रियता खतरामा परेको उनको भनाई थियो । स्पष्ट कुरा राख्ने माओवादी नेता यादवले आफ्नो भण्डाफोर गरेपछि झाले आइतबार आफूलाई भारतीय नागरिक भएको 'प्रमाणित गर्न' र उनले माओवादी नेता मातृका यादवलाई 'पागल' घोषितसमेत गरेका थिए । ![]() भारतको मतदाता नामावलीमा मन्त्री झाको नाम तर 'पाप धुरीबाट कराउँछ' भने झैं प्राप्त प्रमाणहरुले मन्त्री झाको दावीलाई असत्य सावित गरेको छ । जानकारीअनुसार संविधान सभा चुनावलगत्तै एमालेमासमेत उनी भारतीय नागरिक भएको विषयमा छिटपुट रुपमा कुरा उठ्न थालेको थियो । तर पार्टी नेतृत्वलाई उनले यो आफू विरुद्धका अफवाहमात्र भएको भन्दै उनले गुमराहमा राखेका थिए । कागजातहरुले उनको राष्ट्रियतामाथि शंका उठ्ने प्रसस्त आधार दिएको छ । -Sitaram Baral in Kathmandu |
||
|
Read related news: » फेरी बल्झियो घाऊ: भारतीय नागरिक नेपालको मन्त्री ? (2 Photos) दौरा सुरुवाल लगाएर सभासद बनेका भारतीयहरुको खोजी गर्नुपर्ने |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||