Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बिशेष टिप्पणी: माओवादी, अमेरिका र भारत बिच यसरी चिसो पस्यो
दिल्ली दरबार पहिले जानु पर्ने किन?

काठमाडौं,  August 24, 2008- माओवादी नेतृत्वको सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रति दक्षिणतर्फको छिमेकी मुलुक भारत र विश्व महाशक्ति अमेरिकाको नकरात्मक धारणा रहेको शनिवारदेखि स्पष्ट भएको छ ।

प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुअघि दुवै देशका राजदूतहरु विदाईका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित नभएपछि उनीहरुको असन्तुष्टि सतहमा देखिएको हो ।

प्रधानमन्त्री कुनै देशको भ्रमणकालागि प्रस्थान गर्नुअघि विदेशी राष्ट्रका राजदूतहरुपनि विदाईकालागि विमानस्थलमा उपस्थित हुने परम्परा छ । तर नेपालकालागि अमेरिकी राजदूत न्यान्सी जे. पावेल र भारतीय राजदूत राकेश सुद प्रचण्ड चीनतर्फ प्रस्थान गर्नुअघि विमानस्थलमा प्रचण्डको विदाईकालागि देखिएनन् । नेपालमा रहेका अन्य सबै देशका राजदूत भने प्रचण्डको विदाईकालागि उपस्थित थिए । सुद तथा पावेलेको अनुपस्थितिलाई परराष्ट्र मन्त्रालयलेपनि गम्भीर रुपमा लिएको छ ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारत भ्रमणको निम्तो दिएका थिए । साथै प्रचण्डको सपथ ग्रहण कार्यक्रममा भारत सरकारको तर्फबाट भाग लिन आएका नेपाल भारत संसदीय माचका अध्यक्ष शरद यादवले प्रम सिंहको औपचारिक निम्तो बोकेर आएका थिए । त्यसैले पहिलेजस्तै प्रचण्डको पहिलो विदेश भ्रमण भारतकै हुने अनुमान गरिएको थियो ।

उता प्रचण्डले शपथ लिएलगत्तै ओलम्पिकको समापन समारोहमा भाग लिन चिनिया राजदूत जेङ्ग सियालिनले निम्तो दिए । आज चीनको राजधानी बेइजिङ्गमा ओलम्पिकको समापन समारोह हुने भएकाले प्रचण्डले पहिले चीन भ्रमणको निम्तो स्वीकार गरे । तर यसको परिणाम यस्तो तीतो हुन्छ भन्ने कुरा उनलेपनि सोचेका थिएनन् ।

जानकारी अनुसार चीन भ्रमणको निम्तो स्वीकार गर्ने बित्तिकै भारतीय राजदूत राकेश सुदले भारत सरकारको तर्फबाट असन्तुष्टि जाहेर गरेका थिए । साथै उनले चीन भ्रमणमा जानुअघि एक दिनकालागि भएपनि भारतको भ्रमण गरेर आइदिन प्रचण्डलाई भनेका थिए । तर त्यस्तो एक दिनको भ्रमणको औचित्य नहुने बताउँदै प्रचण्डले चीनबाट फर्केपछि भारत भ्रमण गर्ने जानकारी दिए ।

प्रधानमन्त्री हुनासाथ पदमा टिकिरहनकालागि अनावस्यकरुपले भारतप्रति नतमस्तक हुने परम्परा त्याग्दै प्रचण्डले कोशी बाँध असमान भएको तथा २००७ सालको प्रजातन्त्रपछिको सबैभन्दा ठूलो ऐतिहासिक भूल भएको बताएका थिए । साथै यस्ता असमान सन्धीको साटो नयाँ सन्धि गरिनुपर्ने पनि बताए । कोशीको बाँधबाट पीडितहरुलाई शान्त्वना दिने क्रममा प्रचण्डले यो कुरा बताएका थिए ।
  पहिलेका सरकारहरुले पहिले भारतको भ्रमण गर्ने परम्परालाई तोडेकोमात्र होइन प्रचण्डले नेपाल सरकार र भारत सरकारबीच विगतमा भएका सन्धिहरु असमान भएको बताएपछि भारत प्रचण्डसँग क्रुद्ध हुन थालेको थियो । भारतीय संस्थापन पक्ष माओवादी सरकार चीनसँग नजिकिएको निर्क्योल निकालेको छ । भारतीय राजदूत सुदको शनिवारको अनुपस्थिति यसैको संकेत हो।

अमेरिकापनि नेपालमा माओवादी नेतृत्वमा सरकार बनेकोमा त्यत्ति सन्तुष्ट छैन । अमेरिका र चीनबीचपनि सैद्धान्तिक लडाईं छ । अमेरिकाले चीनलाई आफ्नो नयाँ प्रतिद्धन्दी मुलुकको रुपमा लिएको छ । साथै उसले नेपाल र नेपाली माओवादीहरुलाई भारतीय आँखाले हेर्दै आएको छ । भारतको असन्तुष्टिमा साथ िदंदै अमेरिकी राजदूत पावेल शनिवार प्रचण्डको विदाईमा अनुपस्थित भएको आशंका गरिएको छ ।

प्रचण्डको शपथ ग्रहण कार्यक्रममा भने दुवै देशका राजदूतहरु उपस्थित थिए । अझ भारतीय राजदूत सुदले त शपथ पछि प्रचण्डलाई बधाई िदंदै अरु राजदूतले भन्दा निकै कसिलोसँग हात मिलाएका थिए । त्यसैलाई आधार बनाउँदै कतिपयले नेपाली माओवादी र प्रधानमन्त्री प्रचण्डपनि अन्य प्रधानमन्त्री जस्तै गरी भारत परस्त भएको निष्कर्ष निकालेका थिए ।

तर शनिवारको घटनापछि भारत र नेपाली माओवादीबीचको सम्बन्ध अत्यन्त चिसो रहेको सतहमा आएको छ । यसको असर प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वमा पर्ने सम्भावना छ ।

भनिन्छ, नेपालको सत्ताको चावी भारतको हातमा हुन्छ । प्रचण्डको विदाई कार्यक्रममा भारतीय राजदूत सुद अनुपस्थित भएपछि कतिपयले अब भारत प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्न सकृय हुने अनुमानपनि गरेका छन् ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®