गृहमन्त्री गौतमले आफ्नै पार्टीको लडाकु
फोर्सलाई कारबाही गर्ने?
काठमाडौँ, September 6, 2008-
उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले एमालेको लडाकु संगठन युथ
फोर्सलाई कानुन हातमा नलिन चेतावनी दिएका छन् ।
एमाले स्थायी समिति समेत रहेका मन्त्री गौतमले आफ्नै पार्टीको कार्यक्रममा
यस्तो चेतावनी दिएका हुन् ।
एमालेको बैतडी-काठमाडौं सम्पर्क मन्चको सातौँ जिल्ला सम्मेलनको
काठमार्डौमा उद्घाटन गर्दै मन्त्री गौतमले भने 'युथ फोर्सको नाममा हाम्रा
कामरेडहरुले पनि कानुन हातमा लिने काम नगरोस् ।' आफूसम्बद्ध पार्टीको
भातृसंगठनले कानुनी उल्लंघन गरे आफूले हरहालतमा कारवाही गर्ने दाबी गरॆ ।
गृहमन्त्रीको सफलता नै सरकार, आफ्नो पार्टी तथा प्रधानमन्त्रीको समेत सफलता
भएकाले यसको लागि आफू समर्पित भएर लाग्ने मन्त्री गौतमले विस्वास दिलाए।
कार्यक्रममा मन्त्री गौतमले अब केही दिन भित्रै मुलुकको हरेक कुना कुनामा
राज्यको उपस्थिती पुर्याउने बताए । आफू गृहमन्त्री भएपछि अपराध केही
मात्रामा घटिसकेको उनको दाबी थियो ।