![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: Himali Loktantrik Ganatantrik Nagarik Manch Manifesto |
||
|
हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चको
घोषणा-पत्र हिमाली स्वयत्त प्रदेश स्थापना सम्बन्धि घोषणा पत्र जारी छिरिङ्ग् तेन्जिङ् शेर्पा काठमाडौं, March 18, 2008-मार्च १७, पुतलीसडकस्थित रिपोर्टर्स क्लवमा "हिमाली लोकतन्त्रिक गणतन्त्रिक मन्च नेपाल" द्वारा मन्चका अध्यक्ष भु पु एमाले सांसद वाङ्ग्छे शेर्पाको सभापतित्वमा एक औपचारिक कार्यक्रमको साथ पत्रकार सम्मेलन गरि आफ्नो घोषणा पत्र जारी गरेको छ। ![]() अतिथिहरु क्रमश: 'शान्तिको अवाज' टेलिभिजन सन्चालक खेन्पो कर्मा साङ्पो, हिमाली आदीबासी लोकतन्त्रिक गणतन्त्रिक मन्च का महा-सचिव ङिमा तुन्डु शेर्पा, सोहि मन्चका प्रतिनिधी नोर्बु घले, सोहि मन्चका सदस्य फु-लमु शेर्पा तथा पासाङ्ग् शेर्पा तथा रिपोर्टर्स् क्ल्वका अध्यक्ष ऋशि धमला रहनु भएको सो कार्यक्रममा मन्चका सचिव आङ काजी शेर्पा (किसान) द्वारा घोषणा पत्र पढेर सुनाएको थियो। घोषणा पत्र यस्तो रहेको छ: ![]() Photos contributed by Chhiring Tenzing Sherpa नेपालको हिन्दु एकात्मक र राजतन्त्रात्मक केन्द्रीकृत सामन्ती राज्यसत्ता समाप्त गर्न र देशमा विद्यमान जाति, भाषा, धर्म, वर्ग, लिङ्ग र क्षेत्रमा व्याप्त सबैखाले भेदभाव अन्त्य गर्न ने.क.पा. माओवादीको र ७ राजनैतिक दलहरूको नेतृत्वमा भएको २०६२/६३ ऐतिहासिक जन-आन्दोलनमा हिमाली आदिवासीहरूले पनि वलिदानीपुर्ण संघर्ष गरेकोले, नेपालको अन्तरिम संविधान २०६३ ले नेपाल धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्न संवैधानिक व्यवस्था भइसकेता पनि राजनैतिक दलहरूको संविधानसभाको चुनावी घोषणा-पत्रमा संघीयताको सैद्धान्तिक परिभाषा मात्रै प्रस्तुत गरी राज्य पुनःसंरचनाको स्पष्ट खाका प्रस्ताव नगरेको तथा ने.क.पा. माओवादीले हिमाली स्वायत्त प्रदेशबिनाको ११ राज्यको मात्र अवधारणा प्रस्तुत गरेकोले, विश्व मानव अधिकार घोषणा-पत्र, आर्थिक, सामाजिक-सांस्कृतिक अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा-पत्र र आदिवासीहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघको घोषणा-पत्रमा निहित आत्मनिर्णयको अधिकारको नेपाल सरकारद्वारा अनुमोदन गरिएको एवं जल, जमिन र जङ्गल लगायतका प्राकृतिक श्रोतहरूमाथिको आदिवासीहरूको अग्राधिकार तथा उनीहरूको भाषा, संस्कृति, धर्म, परम्परा आदिको संरक्षण र सर्म्बर्द्धन तथा प्रयोगको अधिकारलाई मान्यता प्रदान गरिएको अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी १६९ लाई अन्तरिम व्यवस्थापिका संसदद्वारा र्सवसम्मत अनुमोदन गरिसकेकोले, हिमाली आदिवासीहरूको सवल र स्वतन्त्र राजनीतिक प्रतिनिधित्वका साथै सामाजिक, आर्थिक समृद्धि र विकासको लागि नेपालको पुर्व ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मको उत्तरी भूभागमा बुद्ध धर्म मान्ने भोटे भाषामा आधारित हिमाली भाषा बोल्ने, समान संस्कृति र आर्थिक जीवन भएका हिमाली आदिवासीहरूको मुक्तिको लागि आत्मनिर्णयको अधिकार प्रयोग गर्दै हिमाली स्वायत्त प्रदेश स्थापना गर्न वाञ्छनीय भएकोले हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चद्वारा यो २१ बुदे घोषणा-पत्र जारी गरिएको छ- १. नेपालको पुर्व ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका १९ वटा जिल्लाहरूमा हिमाली आदिवासीहरू बसोवास गरेका क्षेत्रहरू हिमाली स्वायत्त प्रदेश हुनेछ र धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एक अविभाज्य स्वायत्त प्रदेश हुनेछ । २. राष्ट्रिय सुरक्षा, वैदेशिक नीति र मौदि्रक मामिला बाहेकका सबै अधिकारहरू हिमाली स्वायत्त प्रदेशद्वारा प्रयोग गरिनेछ । ३. हिमाली स्वायत्त प्रदेशको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुनेछ । ४. हिमाली स्वायत्त प्रदेशको राजनैतिक प्रणाली बहुदलीय प्रतिस्पर्धात्मक, पुर्ण रुपमा जातीय समानुपातिक र अल्पमतको समेत कदर गर्ने सहयोगात्मक रूपको हुनेछ । राज्यले विश्व मानव अधिकार घोषणा पत्रमा उल्लेखित तथा सबैखाले संयुक्त राष्ट्र संघीय घोषणाहरु र अन्तराष्ट्रिय सन्धी सम्झौताहरुमा आधारित मानव अधिकार, महिला अधिकार, बाल अधिकार, अपाङ्ग अधिकार, जातीय भेदभावविरूद्धको अधिकार -दलित) तथा अन्य मौलिक हक र समलिङ्गी अधिकारहरूको सम्मान गर्नेछ । ५. हिमाली स्वायत्त प्रदेशको कूल जनसंख्या करिव २० लाखमध्ये ताप्लेजुङका वालुङ र तोक्पेगोला -ढोक्प्या), संखुवासभाका सिङ्सा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङका योल्मो, रसुवाको केरोङ्ग, गोरखाका लार्के र सियार, मनाङका ङेस्याङसहित सम्पुर्ण मनाङवासी, मुस्ताङका थकाली, मार्फाली, तीनगाउ"ले र बाह्रगाउ"ले, ल्होबा र ताङ्वे, मुगुका मुगाल र कर्मारोङ्पा, हुम्लाका लामा -निम्बा, टुकच्युलुङ, युलछोध्युन, लिमी), डोल्पाका तिच्युरोङ्पा -कैकेरूङ) र डोल्पो -धोल्पो), डोल्पो, मुगु, जुम्ला र हुम्लाका खम्पा, दार्चुलाका ब्यासी/शौका, बाजुराका भोटे र ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटका शेर्पा आदि समेत हिमाली आदिवासीको कूल जनसंख्या १५ लाख र अन्य जातजातिहरूको करिव ५ लाख हुनेछ । ६. हिमाली स्वायत्त प्रदेशको दक्षिणतर् ˚को सिमाङ्कन अन्य जातीय स्वयात्त प्रदेशहरूस"ग समन्वय गरी ऐतिहासिक एवं भूवैज्ञानिक आधारमा निर्धारण गरिनेछ । ७. हिमाली स्वायत्त प्रदेशको सरकारको नेतृत्व महिला र पुरूषद्वारा पालैपालो हुनेछ र पा "चवर्षो सरकारको नेतृत्व एक पटकभन्दा बढी दोहोर्याएर गर्न नपाइने व्यवस्था हुनेछ । ८. हिमाली स्वायत्त प्रदेश स्थापना भएको दश वर्षभत्र सबै तहमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ । ९. हिमाली स्वायत्त प्रदेशमा अधिकारसम्पन्न स्थानीय सरकारहरू गठन हुनेछ । स्थानीय सरकारहरू स्थानीय विकास निर्माण, जनताका दैनिक आवश्यकता र सेवाहरू प्रवाह गर्न तथा सबै स्थानीय श्रोतको परिचालन गर्न स्वतन्त्र हुनेछ । १०. हिमाली स्वायत्त प्रदेशको आफ्नै विधि-विधान हुनेछ । जसको निर्माण हिमाली स्वायत्त प्रदेशको विधायिकाद्वारा दुई तिहाई बहुमतले पारित गरी लागु गरिनेछ । ११. हिमाली स्वायत्त प्रदेशको विधायिकाद्वारा निर्माण गरी पारित गरिएको कुनै पनि ऐन तथा कानुनहरु जनमत संग्रहद्वारा आवश्यक संशोधन वा निष्कृय बनाउने व्यवस्था गरिनेछ । १२. हिमाली स्वायत्त प्रदेशका सबै नागरिकहरूलाई राज्यबाट पाउने सबैखाले आर्थिक, सामाजिक, राजनैतिक सेवा, सुविधा र अवसरहरुमा समानताको हक हुनेछ । १३. अन्तराष्ट्रिय सीमा व्यापारको राजश्वको बा "डफा"ड संघीय सरकार र हिमाली स्वायत्त प्रदेश सरकार दुवैले आपसी समझदारीमार्फ् उपयोग गर्नेछ । १४. हिमाली स्वायत्त प्रदेशको कामकाजको भाषा सम्वोटा लिपीमा लेखिने भोटे भाषामा आधारित हिमाली भाषा हुनेछ र हिमाली स्वायत्त प्रदेशमा बोलिने अन्य मातृभाषालाई स्वायत्त प्रदेशको भाषाको मान्यता प्रदान गरिनेछ । १५. हिमाली स्वायत्त प्रदेशमा हिमाली आदिवासीको धार्मिक तथा सा "स्कृतिक चाडवाड तथा पर्वहरुमा र्सार्वजनिक विदा दिईनेछ । १६. हिमाली स्वायत्त प्रदेशका अन्य जातजाति तथा भाषिक समुदायलाई आ-आफ्नै क्षेत्रमा स्वायत्तता तथा स्वशासन दिइनेछ । १७. नेपालको राष्ट्रिय गानलाई हिमाली स्वायत्त प्रदेशभित्रका मातृभाषाहरूमा अनुवाद गरी गाईनेछ र प्रदेशको आफ्नो छुट्टै प्रादेशिक गान हुनेछ । १८. हिमाली स्वायत्त प्रदेशको विधायिकादेखि स्थानीय तहसम्म सबै धार्मिक सम्प्रदायका प्रतिनिधित्व रहनेछ र स्वायत्त प्रदेश सरकारमा धार्मिक मामिलासम्बन्धी धार्मिक मन्त्रालयको व्यवस्था हुनेछ । १९. हिमाली स्वायत्त प्रदेशमा गुम्बा शिक्षालाई सरकारी कामकाजको लागि शैक्षिक मान्यता दिइनेछ र गुम्बा शिक्षा प्रणालीलाई समयसापेक्ष आधुनिकीकरण गर्दै लगिनेछ। २०. हिमाली स्वायत्त प्रदेशका अन्य जनसमुदायको सबै धर्म, भाषा, संस्कृति र परम्पराको विकास र समृद्धिको दायित्व स्वायत्त प्रदेश सरकारले लिनेछ । प्रदेशको सबै निकायमा ती समुदायको पहिचान र जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था हुनेछ । २१. प्रदेशको श्रोत र साधनको बा "डफा"ड जनसंख्या र भूगोल समानुपातिक हुनेगरी प्रदेशको स्थानीय सरकारमार्फ् जनतामा प्रवाह गरिनेछ । प्रदेशको सरकारले उपलब्ध श्रोत र साधनको आधारमा कम श्रोत र साधन भएको स्थानीय सरकारलाई विशेष सहयोग उपलब्ध गराउनेछ । हिमाली स्वायत्त प्रदेश प्राप्त गर्न हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चद्वारा संचालन गरिने कार्यक्रमहरू- १. हिमाली स्वायत्त प्रदेश प्राप्तिको लागि हिमाली स्वायत्त प्रदेशको स्थापनाको आवश्यकता र आधारबारे व्यापक प्रचार-प्रसार गर्ने । २. हिमाली स्वायत्त प्रदेश प्राप्तिको लागि हिमाली स्वायत्त प्रदेशको स्थापनाको आवश्यकता र आधारबारे सबै राजनीतिक दलहरुको ऐक्यवद्धता हासिल गर्ने तथा ती दलहरु र सरकारमार्फ् संविधान सभामा उठाउने एवं भावी संविधानको संरचनामा स्पष्ट रूपले हिमाली स्वायत्त प्रदेशको व्यवस्था गर्न लगाउन सशक्त दवाव दिने । ३. संविधानसभा निर्वाचनको क्रममा विभिन्न राजनीतिक दलहरुद्वारा जारी गरिएको घोषणा तथा प्रतिवद्धता-पत्रमा "हिमाली स्वायत्त प्रदेश" स्थापनाको प्रस्ताव नआएको पर्रि्रेक्ष्यमा हिमाली स्वायत्त प्रदेशको स्थापनार्थ हिमाली आदिवासीको राष्ट्रिय राजनीतिक सम्मेलनको माध्यम हुदै "हिमाली स्वायत्त प्रदेश विधायिका" तथा "हिमाली स्वायत्त प्रदेश सरकार" गठन गरी स्वायत्तताको उपभोग शुरु गर्ने । ४. हिमाली आदिवासीहरूको राष्ट्रिय राजनीतिक सम्मेलन आगामी २०६५ जेष्ठ १८, १९ र २० गते काठमाडौंमा आयोजना हुनेछ । अन्तमा, हिमाली स्वायत्त प्रदेशलाई मान्यता प्रदान गर्नको लागि नेपालका सम्पुर्ण राजनैतिक पार्टी स्वदेश तथा विदेशमा रहनुभएका हिमाली आदिवासीहरू, अन्य जातीय स्वायत्त प्रदेशका जनसमुदायहरू, संचारकर्मीहरू लगायत अन्तराष्ट्रिय समुदायहरूलाई ऐक्यवद्धता जाहेर गर्न र आवश्यक सहयोग र परामर्शको लागि समेत हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च हार्दिक अपिल गर्दछ । थुची छे !! सम्पुर्ण हिमाली आदिवासीको चाहना, हिमाली स्वायत्त प्रदेशको स्थापना ! हिमाली आदिवासीको आत्मनिर्णयको अधिकार, हिमाली स्वायत्त प्रदेशको मूल आधार ! हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च पोष्ट बक्स नं. २६९५, काठमाडौं, नेपाल, इमेलः himaliautonomy@gmail.com वेव साईट:- www.himaliautonomousstate.org फोन:- ९८४१-३७२९७३, ९८५१०-४८१८४, ९८५१०-६७९९७, ९८५१०-०८४७५, ९८४१-४४३४५६, ९८५१०-७२७४५, ९८४१-५७१८७१, ९८४१-३९५२९४ |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®