|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
हिमाली क्षेत्रका सभासदहरु एकै ठाउँमा, स्वायत्त
प्रदेश माग CA Members of Himali community at the reception program in Kathmandu. Photos: Tchhirinf Tenzing Sherpa काठमाडौं, May 25, 2008-काठमाण्डौ ज्येस्ठ ११ गते शेर्पा सेवा केन्द्र गोम्पा बौद्धा टुसालमा हिमाली क्षेत्रबाट सम्बिधान सभा सभासदको लागी बिभिन्न राजनैतिक दलहरुबाट प्रत्यक्ष र समानुपातिकबाट हिमाली जिल्लाहरुबाट बिजय भएर आएका सभासदहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई तथा शुभ-कामाना दिने कार्य सम्पन्न भएको छ। हिमाली आदिबासी लोकतन्त्रिक गणतन्त्रिक संयुक्त सङ्घर्ष समिति, हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्च र हिमाली आवाजद्वारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि गोम्पा बिकासका अद्ध्यक्ष खेन्पो ङावाङ्ग् वोसेर लामा हुनु हुन्थ्यो। नागरिक मन्चका अध्यक्ष वाङ्छे शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा दर्जनौ हिमाली सभासदहरुले अतिथ्य आसन ग्रहण गर्नु भएको थियो। सभासदहरुलाई कपिल घले मनाङ्, युवराज लामा योल्मो र बिश्व थकालिद्वारा खाता लगाई स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि खेन्पो ङावाङ् वोसेरबाट छ्योमिन् प्रज्वलन गरे पछि 'शान्तिको अवाज टि भी' कार्यक्रमका सन्चालक अचार्य कर्मा साङ्पो द्वारा मङलोचरणको पाठ संगै कार्यक्रम शुरु भएको थियो। मन्चका उपाध्यक्ष नोर्भु घले डोल्पोले स्वागत मन्तब्य दिंदै मन्चको कार्यक्षेत्र बारे छोटकरिमा जानकारी गराए। नेपालको पुर्व ताप्लेजुङ्देखि सुदुर पुर्वको दार्चुला जिल्लासम्म नेपालको हिमाली जिल्लाहरुमा छरिएर रहेको हिमाली भोटे जातिहरु भाषिक, साँस्क्रितिक, धार्मिक, भौगोलिक र जिवनशैलिको अधारमा समान रहेको र राज्यले यि जातीहरु प्रति बिखण्डन गर्ने उद्देस्यले बिगतमा प्रशासनिक कामकाजमा नामहरु दर्ता गर्दा लापरवाहि र षडयन्त्रपुर्वक बिभिन्न जात जातिहरुमा बिभाजन गरेको कारणले र राज्यको बिखण्डनकारी, अबैज्ञानिक ठाडो भौगोलिक क्षेत्रिय बिभाजनले झन टाढा पारिदिएको बताउनु हुँदै जनताको बिगतदेखिको मागानुसारको संघीय सरकारमा हिमाली आदिबासीहरुपनि एक जुट भएर ऐतिहांसिक पृस्ठभुमि तथ्य र आधारहरुमा हिमाली स्वायत्त प्रदेश माग गर्नु जायज भएको बताउनु भयो। सङ्घर्ष समितिको तर्फबाट कृपासुर शेर्पाले हिमाली स्वायत्तको माग सम्बन्धि स्पस्ट पार्नु भएको थियो भने अतिथिहरुद्वारा बक्तब्य दिनेहरुमा क्रमश: केशब बराल, लकि शेर्पा, डम्बर ब खडका, बाल क्रिषण ढुङ्गेल, आङ दावा शेर्पा, पासाङ् शेर्पा (NEFIN अद्ध्यक्ष) , नेका पासाङ् शेर्पा, प्रेम तामाङ् माओबादी रसुवा, वरिस्ठ शैन्यबिद डा. इन्द्रजित राई (माओबादी), लक्ष्मी गुरुङ्ग् रामेछाप, छिमी लामा मुगु ले अ-आफ्नो मन्तब्य दिनु भएको थियो। मन्तब्यकै क्रममा नेकाका जीप छिरिङ्ग् लामा शेर्पाले राज्यले हिमाली बासीको मागलाई बेवास्त गरेमा बिगतमा तराईको उदाहरण दिंदै सम्बन्धित पार्टिहरुबाट नै सामुहिक बिद्रोह गरि आफनै नयाँ राजनैतिक पार्टि खडा गर्नु पछि पर्नु हुन्दैन भनि चर्को स्वरमा बताउनु भयो। प्रमुख अतिथिको मन्तब्य पछि मन्चका सदस्य ङिमा तुन्डु शेर्पाले बोल्नु भएको थियो भने सभापति वाङ्छे शेर्पाले सहभागि सबैलाई धन्याबाद दिंदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो। कार्यक्रमको सन्चालन मन्चका सचिव आङ् काजी शेर्पा 'किसान'ले गर्नु भएको थियो। -छिरिङ्ग् तेन्जिङ् शेर्पा (Tchhiring Tenzing Sherpa) in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®