|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from New York: Himalayan Foundation, New York |
|
|
स्कुल बनाउने म्याराथन धावक नेपाली Honour to Nepal's Best friend: Yagyalal Shrestha, Dr. Edward Millar, 74 and Kanchha Lama. Photos: Ram K. Nepali. न्यू योर्क, June 22, 2008-अमेरिकि माटोमा सन् २००२ देखी २००७ सम्म १५ वटा म्याराथन दौड प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीलाई अमेरिकि खेलकुद जगतमा चिनाउन सफल म्याराथन धावक यज्ञलाल श्रेष्ठ आजभोलि नेपालमा स्कुल बनाउने धुनमा लागेका छन्। धावक श्रेष्ठ अध्यक्ष रहेको हिमालयन फाउन्डेसन, न्यू योर्कले सिन्धुपाल्चोक जिल्लाको दुवाचल गाउँमा सन्चालित बाल सुन्दर हाइ स्कुललाई कम्प्युटर, माईक्रोस्कोप प्रदान गर्नुका साथै बिद्यालय मर्मतमा सहयोग र ६ अनाथ बिद्यार्थीलाई छात्रबृत्ती प्रदान गरेको छ। शनिबार न्यू योर्कमा फाउन्डेसनका अमेरिकि सहयोगी प्रोफेसर डा. एडवार्ड मिलरको सम्मान कार्यक्रममा उक्त बिद्यालय सम्बन्धी भिडियो प्रदर्शनीद्वारा जानकारी गराइयो। २४ पटक नेपाल पुगी सकेका डा. मिलर गत बर्ष उक्त स्कुलमा पुगेर फाउन्डेसनको तर्फबाट ४ वटा कम्प्युटर हस्तान्तरण गरेका थिए। Dr. Edward Millar. सम्मान कार्यक्रममा डा. मिलरले नेपाल र नेपालीबारे आफ्नो अनुभुती ब्यक्त गर्दै भने- "मलाई तपाईंहरुको नेपाल असाध्य मन पर्छ। म नेपालीहरुलाई धेरै माया गर्छु। नेपाल जान पाउनु र त्यहाका जनतासँग घुलमेल गर्न पाउनुमा मैले आफुलाई सबैभन्दा भाग्यमानी ठान्दछु। Yagyalal Shrestha delivering his vote of thanks. यता धावक श्रेष्ठले खुलाशा गरे-" सन् २००१ मा मेरो पहिलो चोटि भेट डा. मिलरसँग एक गाईड र टुरिश्टको रुपमा भएको थियो। तर मैले डा. मिलरको आँखामा गरीबहरुको लागि माया र नेपालको सुन्दरता प्रति आशक्ती पाएँ। आज फाउन्डेसन जुन रुपमा नेपालमा सहयोग गर्न सफल छ, त्यो डा. मिलर कै सहयोग, र मार्ग दर्शनको कारण हो।" धावक श्रेष्ठकाअनुसार उक्त स्कुल अन्तर्गत झन्डै दुई हजार विद्यार्थीहरु फाउन्डेसनको सहयोगबाट लाभान्बित भएका छन्। २८ बर्सिय श्रेष्ठ उही दुवाचल गाउँका हुन्। उनका आमा लक्ष्मी श्रेष्ठ र बुवा डगबहादुर श्रेष्ठ अझै पनि गाउँ मै बस्छन् भने उनका एक दाजु उक्त स्कुलमा पढाउछन्। Dr. Millar and Mrs Millar. नेपालमा गाईड र म्याराथन दौडमा भाग लिदालिदै डा. मिलर कै स्पोन्सरशिपमा सन् २००२ को अप्रिलमा अमेरिकि म्याराथनमा भाग लिन अमेरिका आए लगत्तै धावक श्रेष्ठले त्यसै बर्ष जुन महिनामा क्यालिफोर्नियाको लेक ताओदेखी साक्रामेन्टोको १०० माइल दौडमा कास्य पदक जितेका थिए जसमा ३५ देशका ५०० जना प्रतियोगी थिए। पछिल्लो पटक गत नोवेम्बर ४ मा सम्पन्न न्यू योर्क म्याराथनमा धावक श्रेष्ठले २६ माइल (अर्थात ४२ किलो मिटर दुरी) ३ घण्टा १६ मिनटमा पुरा गरेका थिए। धावक श्रेष्ठको नेपाल प्रतिको भावनालाई सबैले सिको गर्नु लायक छ। फाउन्डेसनका अन्य सदस्यहरुमा पेम्बा शेर्पा, खिङमे रुम्बा, दावा शेर्पा, प्रबिण मोक्तान, कान्छा लामा, कबिता शेर्पा, रेन्जेन शेर्पा आदि छन्। -Pratha Magar, Jersey City, NJ. Comments? 551-358-7726 Nepalese with the honoured guests. M.C. Kabita Sherpa and the guests. Photos: Ram K. Nepali. |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®