|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
हिमाल मिडियामाथि अज्ञात समूहबाट भएका आक्रमणको कडा निन्दा |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() The burnt Himal Khabar magazine in Kathmandu. Photos: Dambarkrishna Shrestha काठमाण्डौं, November 17, 2008- पछिल्लो केही सातादेखि हिमालमिडियामाथि अज्ञात समूहबाट भएका श्रृङ्खलाबद्ध आक्रमणको एडिटर्स अलायन्सले कडा निन्दा गरेको र यसलाई 'प्रेस स्वतन्त्रतामाथि गम्भीर आक्रमण' भनेको छ । १ मङ्सिर आइतवार राति २० जना जति नकाबधारीहरुको एउटा समूहले काठमाडौंका ग्राहकहरुलाई वितरण गर्न ठीक्क पारिएको हिमाल खबरपत्रिका को १ मङ्सिर अङ्कका प्रतिहरु जलाइदिएको छ । केही सङ्ख्यामा कम्ब्याट पोशाकमासमेत आएका आक्रमणकारीहरुले पत्रिकाका चाङहरु लुटेर पेट्रोल खन्याई आगो लगाएका थिए । उनीहरुले वितरण कर्मचारीहरुलाई ज्यान मार्नेसम्मको धम्की दिँदै उनीहरुको मोबाइल फोन पनि लुटेका थिए । अलायन्सले वक्तव्यमा भनेको छ 'हामीले यो घटनालाई प्रेस स्वतन्त्रताविरुद्ध गम्भीर आक्रमणको रुपमा लिएका छौं र यस्तो कार्य स्वतन्त्र सन्चारमाध्यमलाई धम्क्याउने र हतोत्साही तुल्याउने नियोजित कृत्य हो ।' यो महिना दिनभित्रमा हिमालमिडियामाथि भएको दोस्रो आक्रमण हो । यसअघि ९ कात्तिकमा मोटरसाइकलमा आएका दुई जनाले कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशुतोष तिवारी र उनका चालकलाई लक्ष्य गरेर उनीहरु चढेको गाडीमा ढुङ्गा प्रहार गरेका थिए । एडिटर्स अलायन्स प्रेस स्वतन्त्रताको रक्षा र यसमाथि हुने सबै किसिमका आक्रमणहरुको विरोध गर्न नेपालका प्रमुख समाचारपत्र तथा सन्चारमाध्यमका वरिष्ठ सम्पादकहरुको समूहद्वारा स्थापित संस्था हो । |
|
![]() The burnt Himal Khabar magazine in Kathmandu. Photos: Dambarkrishna Shrestha यसका सदस्यहरुमा कान्तिपुर दैनिकका सुधीर शर्मा, काठमाण्डु पोष्ट का अखिलेश उपाध्याय, न्यूजप्रुण्ट र नागरिक दैनिकका युवराज घिमिरे, दैनिकी का नारायण वाग्ले, रिपब्लिका का अमीत ढकाल, नेपाल समाचारपत्र का पुष्करलाल श्रेष्ठ, द हिमालयन टाइम्स् का अजयभद्र खनाल, अन्नपूर्ण पोष्ट का जीवेन्द्र िसंखडा, नेपाली टाइम्स का कुन्द दीक्षित तथा दिशानिर्देश टेलिभिजन कार्यक्रमका विजयकुमार पाण्डे छन्। नेपाल पत्रकार महासंघ हिमालमिडिया शाखाको प्रेस विज्ञप्ति हिमाल खबर पत्रिकाका प्रकाशक/सम्पादक कनकमणि दीक्षितको प्रेस विज्ञप्ति -Santa Bagam in Kathmandu |
||
![]() प्रेस विज्ञप्ति काठमाडौं माइतीघरस्थित कस्टुमर सोलुसन कार्यालयमा वितरणका लागि राखिएको हिमाल खबरपत्रिकाका पाँच हजारप्रति आइतबार राती अज्ञात व्यक्तिहरुले कब्जामा लिई जलाएको घटनाप्रति नेपाल अमेरिका पत्रकार संघको गंभीर ध्यानाकर्षण भएको छ । आइतबार राती मुखमा रुमाल बाँधेर मोटरसाइकलमा आएका आठ दश जनाको समुहले ग्राहकलाई वितरणका लागि राखिएको हिमाल पत्रिका कब्जामा लिई जलाएको कुरा हिमाल खबरले जनाएको छ । पत्रिका कब्जामा लिइएका पाँच हजारप्रतिमध्ये १५ सयप्रति पत्रिका जलेर नष्ट भएका छन् । नकावधारी लुटेराहरुले प्रेसमाथि गरेको यस किसिमको ठाडो आक्रमणको नेपाल अमेरिका पत्रकार संघ घोर निन्दा गर्दै नेपाल सरकारले सम्बन्धित नकावधारीहरुको पहिचान गरी कारवाही गर्न जोडदार माग गर्दछ । त्यसैगरी नेपाल पत्रकार महासंघका सभासद् तथा नुवाकोट जागरण साप्ताहिकका सम्पादक/प्रकाशक शिव देवकोटालाई सोमबार दिउंसो नेपाली काँग्रेसको जनजागरण अभियान अन्तर्गतको नुवाकोटको कार्यक्रममा सहभागी भैरहेको अवस्थामा केही व्यक्तिहरुले हातपात गरी घाइते बनाएको घटनाप्रति समेत अमेरिका नेपाल पत्रकार संघ घटनाका दोषीलाई कारवाहीको माग र घाइते पत्रकारलाई सीघ्र उपचारको माग गर्दछ । विगत केही समयदेखि नै नेपालका विभिन्न क्षेत्रमा रहेका संचारकर्मीहरुमाथि गरिएका भौतिक आक्रमणको समेत अमेरिका नेपाल पत्रकार संघ विरोध गर्दै कुनै पनि प्रकारको प्रेस विरोधी कि्रयाकलाप रोक्न नेपाल सरकार लगायत सबै राजनीतिक दलहरु सचेत रहन र प्रेस विरोधी तत्वहरुलाई कडाभन्दा कडा कारवाही गर्दै कानुनी कारवाहीको कठघरामा उभ्याउन नेपाल सरकारसँग नेपाल अमेरिका पत्रकार संघ आग्रह गर्दछ। अध्यक्ष गिरीश पोखरेल नेपाल अमेरिका पत्रकार संघ वािसंटन डीसी मिति नोभेम्बर १७ २००८ |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||