|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
हरियो डाँडा माथि हलो जोत्ने साथी लागे अब
आन्दोलनतिर आन्दोलनका कार्यक्रमको घोषणा कार्यक्रममा सुदुर पश्चिमका हलियाहरु Nepalese Plowmen at the press meet. Photo: Sitaram काठमाडौं, August 28, 2008- सुदुर पश्चिमका हलो जोतेर जीविका चलाइरहेका हलियाहरुले आफूहरुको तत्काल पुनस्र्थापना, क्षतिपूर्तिलगायत विभिन्न १२ सूत्रीय माग राखी आन्दोलनको घोषणा गरेका छन् । हलियाहरुको संगठन 'राष्ट्रिय हलिया मुक्ति समाज महासंघ' ले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलन शुरुवातको घोषणा गरेका हो । सामन्तवाद बलियो रुपमा रहेको सुदुर पश्चिममा जमिन्दारहरुको हलो जोतेरमात्र जीविका चलाउनेहरुको संख्या करिव १ लाख भएको बताइएको छ । उनीहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । अधिकांस हलियाहरु दलित जातिका छन् । उनीहरुले आफूहरु आर्थिक र सास्कृतिक रुपले अपहेलित भएको बताउँदै आएका छन् । आफूहरुको माग पुरा नभए राजधानी काठमाडौंमा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजनादेखि नेपाल बन्द गर्ने कार्यक्रमको चेतावनीसमेत उनीहरुले दिएका छन् । महासंघका अध्यक्ष राजुराम भुरीले हलियाका नाममा रहेको ऋण खारेजी, जमिन र घरवासको व्यवस्था, छुवाछुतको अन्त्यको गरेका छन् । हलियाहरुमाथि धेरै अगाडिदेखि अन्याय भएको भन्दै उनीहरुले उच्चस्तरीय अधिकारसम्पन्न हलिया मुक्ति तथा पुनस्थापना आयोग गठनको मागपनि गरेका छन् । हलियाका लागि उचित शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्थाकोसमेत माग उनीहरुले गरेका छन्। |
|
|
पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय दलित समाज कल्याण
संघका अध्यक्ष भक्त विश्वकर्मा, नेकपा एमाले का सभासद् पूरणसिंह दयाल,
माओवादीका सभासद हरि श्रीपालीलगायतले हलियाको आन्दोलनमा ऐक्यवद्धता जनाए ।
हलियाहरु डम्बर विक, तुलसा नेपालीलगायतले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने
चेतावनी दिएका थिए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||