|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काङ्ग्रेसका सभापति कोइरालाको क्रान्तिको विगुल
फुक्ने तयारी काठमाण्डौं, October 23, 2008- पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले विराटनगर पुगेर पुनः क्रान्तिको विगुल फुक्ने उद्घोष गर्ने चेतावनी दिएका छन् । कार्तिक ७ गते गृह जिल्ला विराटनगरमा संचारकर्मीसग कुरा गर्दै कोइरालाले विराटनगर मजदुर आन्दोलनको सुरुवात गर्ने नगर भएकाले यसबाट प्रेरणा लिन र सबैलाई उत्साह प्रदान गर्न आफु विराटनगर आएको उल्लेख गरेका छन् । नेपाली काङ्ग्रेसले पर्सी शनिबार गर्न लागेको वृहत आमसभालाई सम्बोधन गर्न त्यहाँ पुगेका उनले पाटी भित्र बढ्दै गएको नेता प्रवृतीलाई हटाउदै कार्यकर्तालाई 'फिल्ड वर्कर' को रुपमा लैजानका लागि क्रान्तिको विगुल फुक्नु आवश्यक रहेको धारणा राखे । विराटनगरको आमसभाबाट सुरु हुने काङ्ग्रेसको जागरण अभियान सर्लाही, जनकपुर र विरगंज हुदै देशव्यापी बनाउने इच्छा रहेको बताउदै कोइरालाले भने- 'यो अभियानले राष्ट्रमा तरङ्ग सृजना गर्नेछु । आफुले विराटनगरमा गर्न लागेको सम्बोधनलाई राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिले पनि हेरिरहेकाले यो महत्पूर्ण हुने कोइरालालाई उधृत गर्दै स्थानीय पत्रकार मनोज श्रेष्ठले जनाएका छन् । सेना समायोजनका लागि बनाउन लागिएको समितिको विवादले मन्त्रीपरिषद्को बैठक हुन नसकेको विषयमा सोधिएको प्रश्नमा कोइरालले जवाफ थियॊ- 'मन्त्रीपर्षिद्को बैठक बसोस् की नबसोस् मलाई मतलब छैन' । कोइरालाले आफ्नो एउटै इच्छा विराटनगरबाट क्रान्तिको विगुल फुक्नु रहेकाले अहिले अन्य कुराको बारेमा पनि टिप्पणी नगर्ने बताए । काङ्ग्रेस मोरङको आयोजनामा मोटरसाइकल र्याली, क्षेत्रीय समितीको बैठक तथा भेला र महिला संघको आयोजनामा प्रचार र्याली भएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्यहरु कृष्ण सिटौला, शेखर कोइराला, ज्ञानेन्द्र कार्कीको अघुवाइमा प्रचारात्मक कार्यक्रमहरु भइरहेका छन् । आजै बिहान हाटखोलाबाट निस्किएको मोटरसाइकल र्यालीले विराटनगर परिक्रमा गरेको थियो भने महिलाहरुको पनि अपरान्ह र्याली निकाल्ने भएका छन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||