|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पूर्व गृहमन्त्री गोविन्दराज जोशीको हारमा
कार्यकर्ताद्वारा आत्महत्या काठमाडौं, April 16, 2008-भनिन्छ चुनावी हारको तोड हार्ने उम्मेदवारलाई भन्दा उसलाई जिताउन मरिमेट्ने कार्यकर्तालाई हुन्छ । हारबाट नेताभन्दा कार्यकर्ता बढि मर्माहत हुन्छन् । संविधान सभा निर्वाचनको सन्दर्भमापनि यो कुरा लागु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा र देशैभरिपनि पार्टीले व्यहोरेको लज्जाजन सहन गर्न नसकेर व्यक्तिले आत्महत्याको बाटो रोजेका छन् । आत्महत्या गर्ने तनहुँ देवघाट गाविसका लक्ष्मीनाथ पोखरेल हुन् । उनी सो गाविसमा नेपाली कांग्रेसको इकाइ समितिको सचिव थिए । देवघाट क्षेत्र तनहुँको क्षेत्र नं १ मा पर्छ । त्यहाँको मतगणनामा नेपाली कांग्रेस सुरुदेखि नै पछि थियो । अन्तिम मतगणनामा नेपाली कांग्रेसको उम्मेदवार रहेका गोविन्दराज जोशी तेश्रो स्थानमा रही नेकपा माओवादी का सुरेश आलेमगरबाट पराजित भए । तनहुँलाई नेपाली कांग्रेसको किल्लाको रुपमा हेिरंदै आएको थियो । ३ क्षेत्र रहेको तनहुँमा नेपाली कांग्रे एक क्षेत्रमामात्र विजय भयो । देशैभरिबाट नेपाली कांग्रेस माओवादीको तुलनामा निकै पछि पर्यो । एक जुगमा एकचोटि आउने संविधान सभा चुनावमा कांग्रेसलाई जिताउन अहोरात्र लागेका पोखरेललाई चुनावी हारको झड्का पर्यो । देशैभरि र तनहुँको मत गणना परिणामले लक्ष्मीनाथलाई आहत बनाइरहेको थियो । पारिवारिक श्रोतका अनुसार परिणाम आउन थालेदेखि नै उनी निराश बन्न थालिसकेका थिए । उनमा निराशा र हिनताबोध यति धेरै बढ्यो कि उनी आइतबार आत्महत्याको निर्णयमा पुगे । घर परिवारका सबै सदस्यहरु सुतिसकेपछि मध्यरातमा घरको बरण्डामा भैंसी बाँध्ने दाम्लो प्रयोग गरी आत्महत्या गरेका थिए। पोखरेल २०२८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सहभागी भएका थिए । श्रीमति सहित ४ छोरा र एक छोरीका पिता उनको आत्महत्यापछि उनको शरीरलाई देवघाटस्थित कालीगण्डकी र त्रिशुली नदीका किनारमा दाहसंस्कार गरिएको थियो । उनको पार्थिव शरीरमा तनहुँ जिविसका पूर्व सभापति एबं कांग्रेसका नेता रामचन्द्र पोखरेलले पार्टीको झण्डा ओढाएका थिए । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®