Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See your Local city time and Kathmandu, Nepal time
 
English Edition

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News


Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु News Archive
Audio Archive
Video Archive

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल
मधेशलाई भौगोलिक रुपमा विभाजन गर्न सकिने आशय नभएको सरकारी दाबी

काठमाडौं,  June 29, 2008- नेपाल सरकारले आफूहरुले संयुक्त मधेशी लोकतान्त्रिक मोर्चासँग गरेको सम्झौतामा 'एक मधेश एक प्रदेश' को माग उल्लेख नगरेको जनाएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेशीवादी दलका माग पुरा गर्ने आश्वासन दिएको भोलि पल्ट गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले यस्तो धारणा राखेका हुन्‌ ।

मधेशवादी दलहरुले संविधान सभाको वैठक अवरुद्ध गरेको विषयमा छलफल गर्न असार १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सात दलको वैठकमा गृहमन्त्री सिटौलाले सो कुरा बताएका हुन् । वैठकमा सहभागी नेताहरुले संयुक्त मधेशी लोकतान्त्रिक मोर्चासँग सम्झौता हुँदाको सरकारी धारणा माग गरे पछि गृहमन्त्री सिटौलाले दुई नम्बर बुँदामा मधेशलाई भौगोलिक रुपमा विभाजन गर्न सकिने आशय नभएको स्पष्ट पारेका थिए ।

वैठकमा सहभागी नेकपा एमाले नेता भीम रावलका अनुसार मधेश भित्र विभिन्न अधिकार सम्पन्न प्रदेशहरु रहनु पर्ने सम्झौताको मर्म भएको गृहमन्त्री सिटौलाले वैठकमा जानकारी गराएका थिए ।

मधेशवादी दलहरुले संविधान संशोधन पाँचौ विद्येयकमा राख्नै पर्ने भनिएको सम्झौताका पाँच नम्बर बुँदाको अर्थ 'नेपाली सेनालाई समावेशी बनाउने क्रममा विभिन्न समुदायबाट व्यक्तिगत योग्यताको आधारमा प्रवेश दिन सकिने' रहेको पनि गृहमन्त्री सिटौलाले बताएका थिए ।

सरकारको तर्फबाट गृहमन्त्री सिटौलाले सम्झौतामा भएका बुँदालाई परिभाषित गरॆ पछि यस विषयमा मधेशीवादी दलहरुको परिभाषा बुझ्नु पर्ने भएकाले वैठक स्थगित गरिएको नेकपा माओवादी नेता देवप्रसाद गुरुङले बताए ।

-Santa Bagam in Kathmandu



































  <>
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®