|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सरकारद्वारा राँगोको सट्टा नरिवल, फेरी राँगै उपहार काठमाडौँ, September 20, 2008- नेपालका कुनैपनि मठ मन्दिरमा नेपाल सरकारको तर्फबाट पशुवलि नदिने नेपाल सरकारको निर्णय सरकार स्वयंकालागि महंगो सावित भएको छ। इन्द्रजात्राको अवसरमा कुमारीको रथ तान्ने कार्यक्रम समाप्तीको अवसरमा बलिकालागि सरकारको तर्फबाट दिइने राँगो निदंइदा काठमाडौंका नेवारहरुले शनिवार इन्द्रचोक वरिपरिका क्षेत्र अबरुद्ध पारे । सरकारले गत महिना पशुवलिकालागि कुनै रकम नछुट्याइने निर्णय गरेको थियो । यसैअनुसार शुक्रबार राति समाप्त हुने कुमारीको रथ तान्ने कार्यक्रमको समाप्तीका अवसरमा काटिने राँगोकालागि सरकारले रकम उपलब्ध नगराउने निर्णयसहितको पत्र गुठी संस्थानले पठाएको थियो । यसरी काटिएको राँगो पुजारी र रथ तान्नेहरुले भोजका रुपमा खाने गरेका छन् । तर सरकारले राँगोको सट्टा नरिवल पठाएको थियो । तर परम्परागत रुपमा सरकारले उपलब्ध गराउँदै आएको राँगो यसपटक नआउने थाहा पाएपछि रथ तान्ने स्थानीय वासिन्दाहरु आक्रोसित भए । यो जानकारी पाउनासाथ उनीहरुले शुक्रबार मध्यरातमा इन्द्रचोक क्षेत्रमा रथ त्यत्तिकै छाडेर असन्तुष्टि प्रकट गरेका थिए । उनीहरुको असन्तुष्टिका कारण सिर्जना हुने परिस्थितिले शान्ति सुरक्षामासमेत असर पर्ने देखिएपछि गृहमन्त्रालयले सोही निर्णय रद्ध गरिएको पत्र पठाएको थियो । गृहमन्त्रालयले पठाएको पत्र काठमाडौं प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनालले मध्यरातमा पढेर सुनाउन खोजेपनि असन्तुष्ट समूहले सो पत्र खोसेर च्यातेको थियो । असन्तुष्ट समूहले शनिवार दिनभरि इन्द्रचोक क्षेत्रमा नारावाजी गर्दै सरकारको सोही निर्णय खारेजीको माग गरेको थियो । अन्ततः सरकारपनि झुक्न बाध्य भएको छ । पूर्ववत नै बलिकालागि राँगो दिने निर्णयपछि इन्द्रचोक क्षेत्रको तनाव साम्य भएको छ । सरकारले गर्ने कतिपय निर्णय समय सान्दर्भिक भएपनि त्यसले धार्मिक र सामाजिक सम्प्रदायको सम्वेदनशीलतापनि ख्याल गर्नुपर्ने कुरा यो घटनाले देखाएको छ । मुलुक अहिलेपनि संक्रमणकालीन अवस्थामै रहेकाले यस्ता निर्णयबाट धार्मिक-सामाजिक सदभाव खल्बलिन गएमा त्यसबाट राष्ट्रले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । हालकालागि भने राजधानीमा हुन लागेको एउटा संभावित दुर्घटनाबाट मुलुक जोगिएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||