Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी सरकार माओवादी समर्थकलाई नियुक्ती गर्न ब्यस्त

काठमाण्डौं, October 28, 2008- माओवादीले प्रधानमन्त्रीको प्रेस सल्लाहकार लगायत आफूले सम्हालेको सन्‍चार मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण पदहरुमा नियुक्त गर्ने व्यक्तिहरुको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रेस सल्लाहकारमा माओवादी निकट पत्रकार ओम शर्मा नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा महेश्वर दाहाललाई ल्याउने चर्चा चलेपनि पार्टीभित्रको अन्तरसंघर्षमा उनी मोहन बैद्य समूहमा रहेका कारण शर्मालाई ल्याउन लागिएको हो । हाल गोर्खापत्र संस्थानको अध्यक्ष रहेका शर्मा पहिल्यैदेखि बरिष्ठ नेता बाबुराम भट्टराई निकट मानिन्छन् ।

यसैगरी प्रेस काउन्‍सिलको अध्यक्षमा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा नियुक्त हुने भएका छन् । दाङ्गबाट प्रकासित हुने योगबोध साप्ताहिकका ८० बर्षीय सम्पादक शर्मा यसअघि अन्तरिम व्यवस्थापिका- संसदको सदस्यसमेत थिए । लामो समय पत्रकारिता गरेका उनी पुराना कम्युनिष्ट मानिन्छन् ।

सन्‍चारमन्त्री कृष्णबहादुर महराको सन्‍चार सल्लाहकारको रुपमा नरेन्द्रजङ्ग पिटरको छनौंट हुने भएको छ भने राष्ट्रिय समाचार समितिको अध्यक्षमा जनादेश साप्ताहिकका सम्पादक कोमल बराललाई ल्याइने भएको छ । गोर्खापत्रको अध्यक्षमा पत्रकार हरिगोबिन्द लुइँटेललाई ल्याइने भएको छ ।

-Sitaram Baral in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®