|
|
![]() |
|
| Click this link to see your Local city time and Kathmandu, Nepal time | ||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | ||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
|
|
बिद्रोही प्रहरीले झुकाएरै छाडे काठमाडौं, June 24, 2008- अन्ततः बाँकेको समशेरगन्जस्थित सशस्त्र प्रहरी गणका बिद्रोही जवानहरुले सशस्त्र प्रहरीका हाकिम र गृहमन्त्रालयका अधिकारीहरुलाई झुकाएरै छाडेका छन्। गणभित्र व्यापक भ्रष्टाचार र अनियमितताका साथै तल्लो तहका जवानहरुमाथि भेदभाव हुने गरेको भन्ने उनीहरुको भनाईप्रति सशस्त्र प्रहरीको मूख्यालयबाट गएका एआइजी नारायण पाण्डेलेपनि स्वीकार गर्नुपर्यो । यो स्वीकारोक्ति र दोषीमाथि कार्वाहीको बचन दिएलगत्तै बिद्रोह साम्य भएको छ । समस्या समाधानकालागि गृह मन्त्रालयले सहसचिब मोदराज डोटेललाई र सशस्त्र प्रहरीले एआइजी नारायण पाण्डेलाई बागेश्वरी गणमा पठाएको थियो । समस्या समाधानको बचन दिएपछि गण नियन्त्रणमा लिएर बसेका बिद्रोही जवानहरु सोमबार वार्ता गर्न राजी भए । मानवअधिकारवादी र सन्चारकर्मीहरुलाई साक्षी राखेर भएको वार्तामा एआइजी पाण्डेले गणमा अनियमितता भएको आफूलेपनि पाएको बताउँदै बिद्रोही जवानहरुमा नैतिक साहस रहेको बताउँदै उनीहरुको प्रसंशापनि गरे । गृहसचिव मोदराज डोटेलले विद्रोही जवानहरुका अगाडि उभिएर भ्रष्टाचार प्रमाणित भएका अधिकृतमाथि कार्वाहीको बचन दिएका थिए । सहसचिव डोटेलले यस्तो समस्या अन्यत्रपनि हुनसक्ने बताउँदै समस्या समाधानकालागि नीतिगत सुधार गरिने बचन दिएका छन् । बिद्रोही जवानहरुलाई कार्वाही नगरिने बचनपनि उनले दिए । वार्तापछि सो गणका गणपति हरिशंकर बुढाथोकीलाई हटाएर दीलिपकुमार शर्मालाई गणपति बनाइएको छ भने बिद्रोही जवानहरु ड्युटीमा फर्केका छन् । सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक राजेन्द्रबहादुर िसंहको संयोजकत्वमा गठन गरिएको आर्थिक अनियमितताबारेको टोलीमा आन्दोलनकारी प्रहरीका तर्फबाट तीन जना प्रतिनिधि राखिएका छन् । आफूहरुको माग अनुसार सुधार र दोषीमाथि कार्वाही नभए आन्दोलन फेरि सुरु हुने चेतावनी बिद्रोही जवानहरुले दिएका छन् । सो गणमा १ हजार प्रहरी थिए । विद्रोही जवानहरुले यति ठूलो गणलाई नियन्त्रणमा लिएको यो घटनालाई विश्वकै पहिलो घटना मानिएको छ । -Vivek Baral in Kathmandu |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®