मंसीर १ गते (१६ नोबेम्बर) देखि संविधान लेखन
प्रकृया शुरु हुने
काठमाण्डौं, November 13, 2008- संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले
मंसीर १ गतेदेखि संविधान लेखन प्रकृया शुरु हुने बताएव्का छन् ।
'हामी सक्छौं' राष्ट्रीय अभियान सन्जालले कार्तिक २८ गते राजधानीमा आयोजना
गरेको महिला िहंसा विरुद्ध हुने सवै िहंसा अन्त्य गर्न परिवर्तनका
संवाहकहरुको दोश्रो राष्ट्रीय सम्मेलनको उद्घाटन गर्दे सभाध्यक्ष नेम्वाङले
यस्तो बताएका हुन् । सभाध्यक्ष नेम्वाङले दलहरुबीचको सहमतीबाट मात्र
संविधान लेखन प्रकि्रया सम्भव हुने धारणा राखे ।
महिलाका मुद्दाहरु पार्टीगत नभई राष्ट्रीय मुद्दा भएको बताउदै सभाध्यक्ष
नेम्वाङले अब बन्ने नया संवीधानमा महिलाका मुद्दाहरुलाई विशेष प्राथमीकताका
साथ समावेश गरिने आश्वासन दिए ।
उनले महिला िहंसा अन्त्य गर्नका लागि पहिला महिलाको सम्मान हुनु आवश्यक
रहेको बताउदै यसका लागि सबैको साथ आवश्यक पर्ने उल्लेख गरे ।