Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मतदाताहरु कोशीको बाढीबाट भोकभोकै, नेताहरु लड्‍डू बाँड्‍दै


Forum's Tea Party. Photo: Sitaram

काठमाडौं,  August 28, 2008- 'कसैलाई के को धन्दा घर ज्वाँईलाई खानैको धन्दा' भनेझैं 'सरकारमा पुगेको खुसीयाली' मा मधेशी जनअधिकार फोरमले चियापान कार्यक्रमको आयोजना गरेको छ ।

संविधान सभाको चौंथो ठूलो दल तथा माओवादी नेतृत्वको सरकारको एक प्रमुख घटक फोरमले शंखमूलस्थित पार्टी कार्यालय परिसरमा बुधवार अपरान्ह सोही कार्यक्रम आयोजना गरेको हो । सरकारमा सो पार्टीले ४ वटा मन्त्रालय पाएको छ भने प्रमुख चारै जना नेता सरकारमा गएका छन् ।

सरकारमा जाने सम्बन्धी निर्णय गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादव प्रमुख रहेको राजनीतिक समितिलाई अधिकार दिएको थियो । तर राजनीतिक समितिमा रहेका नेताहरुले अरुलाई होइन आफूहरु नै सरकारमा जाने निर्णय गरे । संयोजक उपेन्द्र यादव, सहसंयोजक जयप्रकाश गुप्ता, बरिष्ठ नेता बिजय गच्छेदार र अर्की नेतृ रेणु यादव फोरमको तर्फबाट मन्त्री मण्डलमा सामेल भएका छन् ।

मन्त्री मण्डलमा फोरमको तर्फबाट पूर्व पश्चिम सबैतिर समेटेर समावेशी चरित्रको नामावली पठाउनुपर्नेमा दुई जिल्लाका नेतालाई मात्र पठाइएको भन्दै फोरममा चरम असन्तुष्टि बढेको छ । मन्त्री बनेका संयोजक यादव र बरिष्ठ नेता गच्छेदार सुनसरीका हुन् भने सहसंयोजक गुप्ता र मन्त्री रेणु यादव सप्तरीका हुन् । समावेशी अनुहार नभएको र पुरानाहरुलाई नै मन्त्री बनाइएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको हो ।
  पार्टीको नेतृत्व गर्दै सरकारमा गएका संयोजक यादव र बरिष्ठ नेता गच्छेदारको चुनाव क्षेत्रमा यतिबेला कोशीको बाढीका कारण हजारौं मानिस विस्थापित छन् । उनीहरुले राहत पाइरहेका छैनन् । तर आफ्ना मतदाताहरु कोशीको बाढीबाट विस्थापित बनेर भोकभोकै भएका बेला फोरमका नेताहरु भने बुधबार बेलुकी मन्त्री भएकोमा सयौं व्यक्तिलाई बोलाएर चियापानको खुसीयालीमा रमाइरहेका देखिन्थे।

-Vivek Baral in Kathmandu
  Read our related news:
»
कोशी सम्झौताअनुसार मर्मतको जिम्मेवारी भारतले लिनु पर्ने

» भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी गैरजिम्मेवारीका कारण जनता विपत्तिमा परेको आरोप
» बाँध टुट्‍दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो (3 photos)
» असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®